लक्ष्मी सापकोटा
बुधवार, बैशाख २५, २०७६

स्वदेशी वस्तुको निर्यात बढाउन चीनको समुद्री बन्दरगाहबाट नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने भएको छ । यसअघि भारतसँग मात्र समुद्री बन्दरगाह प्रयोग गरी व्यापार गर्ने व्यवस्था भएकोमा अब अर्काे छिमेकी मुलुक चीनसँग पनि समुद्री बन्दरगाहमार्फत व्यापार सहजीकरण गर्न सकिने भएको हो ।

789
मीनकुमार नवोदित
मंगलबार, बैशाख २४, २०७६

आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चापदार्थ प्रयोग गर्ने उत्पादन र निर्यातमूलक उद्योगलाई विशेष सुविधा दिने गरी बजेट ल्याउन पूर्वका उद्योगीले सरकारलाई सुझाव दिएका छन् ।

853
विजय देवकोटा
मंगलबार, बैशाख २४, २०७६

सार्वजनिक वित्त व्यवस्थापनका पक्षहरूलाई बेवास्ता गर्दै बजेट ल्याउने र कार्यान्वयनमा विफल हुने परिपाटी अन्त्य गर्न पहिलोपटक सरकार वित्त अनुशासन पालना गर्ने बाटोमा अग्रसर देखिएको छ । आगामी आर्थिक वर्ष (२०७६÷७७) का लागि बजेट तयारीमा जुटेको अर्थ मन्त्रालयले मध्यमकालीन खर्च संरचना (आव २०७५-७६–२०७७-८८) कै अनुमानलाई तादाम्यता मिलाउनेगरी बजेटको आकार तयार पारेको हो ।

1210
मनिषा चम्लागाईँ
सोमवार, बैशाख २३, २०७६

विगतका वर्षमा ‘काली बङला जहाजी’को पत्ता भारतबाट ल्याएर नेपालमा पान बिक्री गरिन्थ्यो । पान पारखीका लागि काली बङ्ला जहाजीको पत्ता लोकप्रिय भए पनि नेपालमा भने यसको उत्पादन हुने गरेको थिएन । यसलाई बङ्ला पत्ता पनि भन्ने गरिन्छ ।

1054
हरिश चन्द
सोमवार, बैशाख २३, २०७६

सुदूर पहाडमा स्थानीय रैथाने जातका भैंसी लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिँदै गएपछि यहाँका स्थानीयले भैंसी पाल्न छोडेका हुन् । पहिले–पहिले एउटै घरमा ५÷६ वटा भैंसी पाल्ने गरे पनि अहिले एउटै पनि भैंसी पाल्न छाडेका छन् । भैंसीबाट सोचेअनुरूप उत्पादन लिन नसकिने र उत्पादन लिन पनि लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा हिजोआज भैंसी पाल्ने किसानको संख्या न्यून छ । उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भैंसी बिक्री गर्ने गरेका छन् ।

838
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

पूर्व अर्थमन्त्रीहरूले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धेरै विषय समेटिए पनि यसको कार्यान्वयन पक्षमा ध्यान नदिइएको टिप्पणी गरेका छन् । धेरै योजना तथा कार्यक्रमहरू ल्याइए पनि कार्यान्वयनका लागि बजेट व्यवस्थापनको सम्भावनालाई ध्यान नदिएको, ठोस आधारहरू नरहेको तथा वास्तविकताभन्दा पनि प्रचारबाजीमा जोड दिएको उनीहरूको भनाइ छ । उनीहरूले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बनाइए पनि त्यसमा दीर्घकालीन खालका र सम्भाव्यता अध्ययनसमेत नभएका आयोजनालाई पनि समावेश गरेको भन्दै आलोचना गरे ।

581
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापारघाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वाभाविक भएको तर्क गरेका छन् । फिजीको नादीमा एसियाली विकास वैंकको ५२ औं बोर्ड्स अफ गभर्नरको वार्षिक बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरूको तेह्रौ बैठकको अध्यक्षता गरेका उनले नेपालले इतिहासमै लगातार तेस्रो वर्षसम्ममा औषत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको सुनाउँदै लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापार घाटा र बाहय क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको धारणा राखेका हुन् । आगामी दिनमा उच्च आर्थिक वृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पु¥याउने पनि उनले बताए ।

778
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

इलामका सरकारी चिया बगानमा यसपटक सिजनको पहिलो उत्पादन हुने चियापत्ती (फस्ट फ्लस) नटिपिँदा नष्ट भएको छ । सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरको आन्दोलनका कारण पहिलो टिपाइ नटिपिँदै नष्ट भएको हो ।

602
सरस्वती ढकाल
आइतवार, बैशाख २२, २०७६

सरकारले एक साताभित्र उद्योगलाई दिने छुट सुविधा उपलब्ध गराउन एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने भएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १ देखि एकल बिन्दु सेवा केन्द्र स्थापना गरिने बताएकी छन् ।

1105
भीम गौतम
आइतवार, बैशाख २२, २०७६

सरकारले आगामी आर्थिक वर्ष (२०७६-७७) का लागि पूर्वपश्चिम विद्युतीय रेलमार्गको निर्माण सुरु गर्नेदेखि सुनखानीको अध्ययन गर्नेसम्मका महत्वाकांक्षी योजना अघि सारेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्ता योजना अघि सारिएको हो ।

965
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

सरकारले बग्रेल्ती नयाँ योजनाहरू सार्वजनिक गर्नुको साटो अधुरा रहेका पूरानै योजना तथा कार्यक्रमहरूलाई सम्पन्न गर्नतर्फ लाग्ने संकेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रमहरूमा केही नयाँ र महत्वाकांक्षी एवं नेपालमा कार्यान्वयन नभएका कार्यक्रमहरूका अलावा अधिकांश लक्ष्यहरूपूरानै छन्, जो झण्डै दुईदशकदेखि बर्सेनिपूरा गर्ने भनिएको छ, तर कार्यान्वयन हुन सकेको छैन ।

755
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् ।

508
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

अर्थविद् डा. डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको दाबी गरेका छन् ।

634
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गर्दै दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताएका छन् ।

623
कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६

नेपालले सन् २०३० सम्म दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि गर्नु पर्ने थप लगानीको लागि सार्वजनिक तथा निजि दुवै क्षेत्रको लगानी जोडदा पनि कुलगार्हस्थ उत्पादनको करिव १३ प्रतिशत जति लगानी नपुग हुने अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

798