रासस
बिहिवार, कार्तिक ८, २०७५

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए ।

719
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

ओखलढुंगामा बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महिना अवधिमा ८ सय करदाता बढेका छन् । आन्तरिक राजश्व कर कार्यालय लहानले दिएको जानकारीअनुसार उक्त संख्यामा करदाता थपिएका हुन् ।

1239
निरु अर्याल
बुधवार, कार्तिक ७, २०७५

तल्लो तहका सरकारलाई आफूखुसी सामाजिक सुरक्षा भत्ता वितरणमा अंकुश लगाउँदै सरकारले सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । संसद्ले पारित गरेको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई सरकारले राजपत्रमा प्रकाशित गरेर यो व्यवस्थालाई बाध्यकारी बनाएको हो ।

1754
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो ।

957
प्रकाश पाक्साँवा
मंगलबार, कार्तिक ६, २०७५

दुई दशक अघिसम्म घरखर्चदेखि विभिन्न व्यवसाय सञ्चालन गर्न साहुकै हात थाप्नु पथ्र्याे । चर्काे ब्याजको भारले थिचिँदै जीवन निर्वाह गर्नु तेह्रथुमको पश्चिमी क्षेत्रका बासिन्दाका लागि कुनै नौलो कुरा थिए ।

775
भगवान खनाल
मंगलबार, कार्तिक ६, २०७५

संविधानतः विकेन्द्रीत शासन व्यवस्था कार्यान्वयनमा आए पनि संघीय सरकारले केही कार्यक्रमको ताला चाबी (साँचो) भने आफूसँगै राखेको छ । यसको उदाहरण तराई–मधेश समृद्धि कार्यक्रम(टिएमपिपि) कार्यक्रम हो ।

1735
कारोबार संवाददाता
आइतवार, कार्तिक ४, २०७५

खर्च विवरण नबुझाएका बाँकेका चार स्थानीय तहको बजेट निकासा रोक्का भएको छ । गत आर्थिक वर्ष सकिएको दुई महिना बिति सक्दा समेत जिल्लाका चार स्थानीय तहले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा गाउँपालिकाको बजेट रोक्का गरिएको छ ।

2097
कारोबार संवाददाता
बिहिवार, कार्तिक १, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकालको बचाउ गर्दै अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

1051
कारोबार संवाददाता
बिहिवार, कार्तिक १, २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले प्रभावकारी कामगर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए ।

1512
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो ।

1354
दीननाथ बराल
सोमवार, आश्विन २९, २०७५

हिमालपारीको जिल्ला मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्गा पोखरामा बिक्री वितरण सुरु भएको छ । दसैं पर्वलाई लक्षित गरी व्यापारीले केही दिनअघि नै भेडा–च्याङ्ग्रा भित्र्याए पनि शनिबारदेखि बिक्री वितरण गर्न थालेका हुन् । पोखराको याम्दीमा भेडा–च्याङ्ग्रा किन्नेहरूको भीड लागेको छ ।

1236
गोपाल संग्रौला
सोमवार, आश्विन २९, २०७५

भूकम्प, बाढीपहिरो र खडेरी जस्ता प्राकृतिक प्रकोपको वैज्ञानिक व्यवस्थापन नगरी नेपालको आर्थिक विकास हुन नसक्ने विज्ञले बताएका छन् । नेपाललाई समृद्धिको बाटोमा लैजान प्राकृतिक प्रकोपजन्य क्षेत्रको दीर्घकालीन व्यवस्थापन गर्न विज्ञले सुझाव दिएका हुन् । नेपालले विकास निर्माणका लागि खर्च गर्नुपर्ने पुँजी स–साना प्राकृतिक प्रकोपमा खर्च गर्नु परेका कारण द्रुत विकास हुन नसकेको उनीहरूको भनाइ छ ।

889
निरु अर्याल
सोमवार, आश्विन २९, २०७५

पाँचतारे होटल, डिपार्टमेन्टल स्टोर तथा अटोमोबाइल डिलरहरूको कारोबार अब सिधै सरकारी सर्भरमा देखिने भएको छ । कर प्रशासनलाई सुधार गर्ने र विद्युतीय कारोबारलाई प्राथमिकतामा राख्दै सरकारले यस्तो व्यवस्था लागू गरेको हो । आन्तरिक राजस्व विभागले पहिलो चरणमा अटोमोबाइल कम्पनी, पाँचतारे होटल, डिपार्टमेन्टल स्टोरको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणाली (सीबीएम)सँग जोडेको जनाएको छ ।

2810
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तराष्ट्रिय व्यापारयुद्धले नेपालजस्ता कम विकसित मुलुकहरूको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । इण्डोनोसियाको बालीमा शनिबारदेखि सुरु भएको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी मन्त्री डा. खतिवडाले विश्वमा हाल देखा परेको व्यापारयुद्धको अवस्थाले नेपालजस्ता साना मुलुकहरूको समष्टिगत आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

919
रासस
आइतवार, आश्विन २८, २०७५

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो ।

875