महादेव अवस्थी
मंगलबार, कार्तिक १३, २०७५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका बासिन्दा जडीबुटी खेतीमा आकर्षित भएका छन् । उनीहरूले मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटीबाट राम्रो आम्दानी गरिरहेका छन् । प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर ४० हजार, क्यामामाईलको तेल प्रतिलिटर ५५ हजार, कडिपत्ताको प्रतिलिटर ३ हजार रूपैयाँसम्म बिक्री हुने गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीकी बाटुदेवी साउद जडीबुटि प्रशोधन केन्द्रमा अपरेटरको काम गर्छिन ।

767
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

स्थानीय तहहरूले कृषि क्षेत्रमा फरक–फरक नीति बनाउँदा किसानलाई समस्यामा पारेको ठहर गर्दै अब एकै किसिमको नीति निर्माणको पहल सुरु भएको छ । राष्ट्रिय कृषक समूह महासंघको अगुवाइमा पाँचथरका सबै स्थानीय तहका लागि एकरूपता ल्याउने गरी कृषि नीति बनाउने पहल थालिएको हो ।

779
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

स्वदेशमा काम नपाएको भन्दै विदेशीने युवाको जमात बढीरहेका बेला सल्यानका एक युवा भैंसीपालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन । घर नजिकैको सहकारी र आफन्तबाट ५ लाख रूपैयाँ ऋण लिएर व्यावसायिकरूपमा भैंसीपालन सुरु गरेका सल्यान शारदा नगरपालिका–५ रातामाटाका फत्तेजंग घर्तीले मासिक ३२ हजार रूपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

612
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

आगामी बिहीबारदेखि राजधानीमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । नजिकिँदै गरेको तिहार र छठलगायतका पर्वलाई लक्षित गरी आयोजना हुने प्रदर्शनी ललितपुरको जावलाखेल खेल मैदानमा तीन दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।

672
कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५

पछिल्लो समय मोरङमा अन्नबाली छाडेर माछापालनतर्फ लाग्ने कृषकको संख्या बढ्दै गएको छ । रोप्ने बेलामा पानी नपर्ने,भित्र्याउने बेलामा असिना र पानीले नष्ट गर्ने, बिक्री गर्ने बेलामा मूल्य नहुनेलगायतका समस्या झेल्दै आएका कृषकहरू माछापालनतर्फ लागेका हुन् । धान, गहुँ, मकैलगायतका बाली छाडेर कृषकहरू धमाधम माछा पालनतर्फ लागेका छन् ।

767
लक्ष्मण ढुंगाना
सोमवार, कार्तिक १२, २०७५

नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामा सवा ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५-७६ को असोज मसान्तसम्म कुल ३ अर्ब २६ करोड १ लाख ६२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको हो । कार्यालयले संकलन गरेको यो राजस्व लक्ष्यको २० प्रतिशत बढी हो । यस अवधिमा भन्सारले २ अर्ब ७१ करोड २६ लाख २५ हजार संकलन गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ ।

750
लक्ष्मण ढुंगाना
आइतवार, कार्तिक ११, २०७५

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माणमा ढिलाइ भएको छ । भारतीय केन्द्रीय सरकारको सहयोगमा बन्ने उक्त आयोजना निर्माण थालेको एक दशक भइसके पनि दुवै देशका सरकार गम्भीर नभएका कारण ढिलाइ भएको हो ।

877
निरु अर्याल
आइतवार, कार्तिक ११, २०७५

सरकारले करिब ३० हजार करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको सूचीबाट हटाउने तयारी गरेको छ । लामो समयदेखि कर कार्यालयको सम्पर्कमा नरहेका र कारोबार नै बन्द गरेर बसेर विवरण नबुझाउने (नन्फाइलर) करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने भएको हो ।

1625
भगवान खनाल
आइतवार, कार्तिक ११, २०७५

सरकारी निकायको अकर्मण्यताले खर्बौं सम्पत्ति बेरुजु भए पनि लगत(अभिलेख) कस्नै नल्याउने गरिएको पत्ता लागेको छ । सरकारी बेरुजु बर्सेनि बढोत्तरी भएको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख भएपनि नेपाल सरकारका विभिन्न मन्त्रालय र त्यसमातहतका निकायले सरकारी बाँकी सरह असुल गर्नुपर्ने बेरुजुको लगत कस्न नल्याउने गरेको पत्ता लागेको हो ।

633
किरण आचार्य
आइतवार, कार्तिक ११, २०७५

नेपालको भोकमरी सूचकांक विश्व मानचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा कायम रहेको पाइको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।

918
रासस
शुक्रवार, कार्तिक ९, २०७५

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।

992
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

भूकम्पबाट क्षतिग्रस्त बनेपादेखि बर्दिबाससम्मको वीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले नेपाललाई एक अर्ब आठ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

854
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोडका युवा व्यवसायी हिमालय र नारायण प्रसाईंले दसैंमा फरक व्यावसायिक जुक्ति निकाले । उनीहरूले बिर्तामोडमा एकै पटक दुईवटा व्यवसाय सुरु गरे । असोज २७ गते उनीहरूले किड्स जोन खोले । जहाँ विद्युत् प्रयोग नभएका सामग्रीबाट बालबालिकाले दिनभर मनोरञ्जन लिन सक्छन् ।

985
लक्ष्मी सापकोटा
शुक्रवार, कार्तिक ९, २०७५

नेपाल आयल निगमलाई पछिल्लो डेढ महिनामा दुई अर्ब रुपैयाँ घाटा भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो एक महिनामा निगमको घाटा १ अर्ब २९ करोड रुपैयाँ थियो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यमा ७९ करोड रुपैयाँ बढेर आएकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड पुगेको हो । निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ घाटा छ ।

794
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहने भवन निर्माण प्रक्रिया अन्योलमा परेको छ । भवन निर्माणका लागि प्रक्रिया पु-याएर छनोट भएको निर्माण कम्पनीसँग ठेक्का सम्झौता नहुँदा केन्द्रीय भवन निर्माण अन्योलनमा परेको हो । बैंकको केन्द्रीय भवन निर्माणका लागि प्राविधिक र आर्थिक प्रस्तावमा चिनियाँ कम्पनी एसआरबीसी र पप्पु जेभीलाई ठेक्का परे पनि सम्झौतामा विलम्ब भएको हो ।

844