कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

मुलुकका कुल २३ वटा भन्सार कार्यालयबाट कुल १० खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ ।यस्तै, ६९ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको छ । सबैभन्दा धेरैआयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ ।

212
रासस
बुधवार, जेठ १, २०७६

सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो ।

121
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ । केही दिनअघि निक्षेप तान्न उपहार योजना सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था गरेको हो ।

219
मनोरञ्जन शर्मा
बुधवार, जेठ १, २०७६

उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ । भारतमा उत्पादन हुने र विदेशबाट भारत ल्याइएका विभिन्न ब्रान्डका मदिरा अवैध तरकाले नेपाल भित्रिने गरेको पाइएको हो । भैरहवाको बेलहिया नाका हुँदै भरिया मार्फत् यस्तो मदिरा नेपाल भित्रिने गरेको हो ।

354
मनिषा चम्लागाईँ
बुधवार, जेठ १, २०७६

पूर्वका चिया उद्योगमा डेढ महिना लामो आन्दोलन हुँदा पनि झापाको भद्रपुर नगरपालिका– १ पृथ्वीनगरमा रहेको सहकारी चिया प्रशोधन कारखानामा काम गर्ने चिया मजदुरलाई भने छोएन ।

352
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार साझेदारी, कूटनीतिक र विशेष राहदानीवाहकलाई भिसा उन्मुक्तिसहितका विषयमा समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा सहमति भएको हो ।

186
भीम गौतम
बुधवार, जेठ १, २०७६

सरकारले ऐन निर्माणमा ढिलाइ र बाँडफाँडबारे स्पष्ट व्यवस्था गर्न नसक्दा संघीयता लागू भएपछि प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतवापत पाउनुपर्ने रोयल्टी अझै पाउन सकेका छैनन् ।

313
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिनो तथा बास्नादार धान खेती विस्तार गरेको छ । अत्यधिक माग रहेको मसिनो तथा बास्नादार धानको आयातलाई प्रतिस्थापना गर्ने लक्ष्यका साथ मन्त्रालयले तीन सय हेक्टरमा सो धान खेती विस्तार गरेको हो । १ करोड ८ लाख रूपैयाँको लगानीमा मन्त्रालयले मसिनो तथा बास्नादार धान खेती गर्ने किसानलाई बीऊ, मल र कृषि औजारमा अनुदान दिँदै छ । मन्त्रालयले किसानलाई बीउमा ७५, हर्रो मल (ढैँचा), जिंक सल्फेट र मोनो हाइड्रेटमा शतप्रतिशत तथा आकस्मिक वाली संरक्षण र स्प्रे ट्यांकीमा समेत अनुदान दिइरहेको छ ।

130
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट सबै नेपालीको अनुहार उज्यालो हुनेगरी आउने बताएका छन् ।

268
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

विराटनगर महानगरपालिका लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । वैशाख मसान्तसम्म ५६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको महानगरपालिकाले आधा मात्र राजस्व संकलन गरेको छ । महानगरले चालू आवको १० महिनामा २६ करोड ३ लाख ८५ हजार मात्र संकलन गरेको हो ।

120
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

प्राङ्गारिक प्रदेश घोषणा गर्ने अभियान थालेको कर्णाली प्रदेशमा रासायनिक मलको आपूर्तिमा रोक लगाउन संघीय सरकारले पहल गर्ने भएको छ । प्राङ्गारिक बनाउने घोषणासँगै रासायनिक वस्तुको प्रवेशलाई विस्तारै घटाउदै लैजान योजनावद्ध रूपमा अगाडि बढ्ने योजना रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

253
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट व्यवस्थित र समयमै कार्यान्वयन गर्न प्रदेशका सबै मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूलाई मुख्यमन्त्री कार्यालयमै बोलाई द्रुतगतिमा बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहेका बेला प्रदेश सरकारको पुँजीगत खर्च १६ प्रतिशत मात्रै भएको छ । वैशाख मसान्तसम्म १६ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएपछि मुख्यमन्त्री भट्टले सचिव र महाशाखा प्रमुखलाई डाकेर पुँजीगत बजेट खर्चको दर बढाउन निर्देशन दिएका हुन् ।

110
अमरराज आचार्य
बुधवार, जेठ १, २०७६

घोराही उपमहानगरपालिका–१० जलौराका मनकलाल चौधरीले नेट हाउसमा काँक्रा फलाएका छन् । १५ कट्ठा जग्गामा नेट घर निर्माण गरेर उनी काँक्रासँगै भेडे खुर्सानी र गोलभेंडासमेत फलाउन सफल भएका छन् । उनले अहिले काँक्रा र भेडे खुसानी बिक्री गरिरहेका छन् भने गोलभेंडा पनि बिक्रीका लागि तयार हुँदै छ ।

101
रासस
मंगलबार, बैशाख ३१, २०७६

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताएका छन् ।

287
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

कालिकोटको खाँडाचक्र नगरपालिका–११ बरातु गाउँ अग्र्यानिक कृषि गाउँका रूपमा परिचित भएको छ । तरकारी खेतीमा रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा बढीरहेका बेला बरातु गाउँले रासायनिक मलको प्रयोग शून्य गरेर अग्र्यानिक कृषि खेती तथा विषादीमुक्त कृषि खेतीमा आत्मनिर्भर बनेको हो ।

316