लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र १४, २०७६

नेपाल आयल निगमले बजारमा ग्यास अभाव हटाउनका लागि आधार ग्यास भरेर पठाउन बोटलिङ प्लान्टलाई निर्देशन दिएको छ । भारतबाट ग्यास आपूर्ति भइरहे पनि बजारमा अभाव हट्न नसकेपछि आपूर्ति व्यवस्था सहज पार्नका लागि निगमले आधार भरेर पठाउन निर्देशन दिएको हो । ग्यास उद्योगले बिहीबारदेखि ७.१ किलो ग्यास भर्र्नेछन् ।

414
कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६

दातृ निकायका उच्च अधिकारीलाई साक्षी राखेर दक्षिण एसियाका अर्थमन्त्रीहरुले कारोनाले अर्थतन्त्रमा पारेको असरबारे भिडियो कन्फ्रेरेन्स गरेका छन् । उनीहरुले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरसँग सामुहिक लड्ने प्रतिवद्धता समेत जनाएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभरको अर्थतन्त्रलाई धक्का दिइरहेका बेला दक्षिण एसियाली सयहोग संगठन (सार्क) मा आवद्ध मुलुकहरु पछिल्लो समयमा एक देखिएका छन् ।

461
किरण आचार्य
बिहिवार, चैत्र १३, २०७६

बिनाअनुमति ढुवानीका साधनहरू रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । “रोग नियन्त्रणका लागि सरकारले लिएको कदमको हाम्रो साथ र सहयोग छ, अत्यावश्यकीय वस्तु आपूर्तिमा हामी प्रतिवद्ध छौं,” नेपाल तरकारी तथा फलफुल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, “कुन समयमा वा दिनभर नै थोक तथा खुद्रा पसल खोल्ने हो भन्ने अन्यौल छ, बिनापास गुड्न नपाएको र पास बनाउन समन्वयको अभाव हुँदा अन्योलमा छौं ।” उपभोक्ताले पनि तीन–चार दिन पुग्ने स्टक गरेकाले बिहीबारसम्म खासै अभावको अवस्था नआउने थप सहजीकरण नभएमा भने तरकारी तथा फलफुल आपूर्तिमा समस्या आउने उनले बताए ।

540
लक्ष्मी सापकोटा
बिहिवार, चैत्र १३, २०७६

नेपाल आयल निगमले एलपी ग्यास उद्योगमै ५० प्रतिशत ग्यास भन्डारण गर्न निर्देशन दिएको छ । निगमसँग विशेष अवस्थाका लागि डिजेल, पेट्रोल, हवाई इन्धन भन्डारणको ७१ हजार किलोलिटर क्षमता भए पनि ग्यास भन्डारण नभएकाले आपतकालीन अवस्थाका लागि उद्योगीलाई उद्योगमै भन्डारण गर्न निर्देशन हो । अहिले उद्योगसँग बुलेटमा ६ हजार टन ग्यास भन्डारण गर्ने क्षमता रहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्यास उद्योगलाई ५० प्रतिशत ग्यास भन्डारण गर्न निर्देशन दिएको जानकारी दिए । भारतबाट आपूर्ति न्यून भएको अवस्थामा सुरक्षा निकाय र अस्पतालका लागि आवश्यक ग्यास भण्डार गर्न यस्तो निर्देशन दिएको उनको भनाइ छ ।

809
मनिषा चम्लागाईँ
बुधवार, चैत्र १२, २०७६

झापाको बाह्रदशी गाउँपालिकाको राजगढमा उत्पादित स्ट्रबेरीले राम्रो बजार पाएको छ । दैनिक एकदेखि डेढ टन स्ट्रबेरी उत्पादनसँगै खपत हुने गरेको समर्पण एग्रो प्रालिले जनाएको छ । “बजारको मागअनुसार स्ट्रबेरी टिप्ने गरेका छौँ” प्रालिका व्यवस्थापक विवेक शुक्लाले भने ,“त्यही भएर उत्पादनको दर एउटै छैन ।” हालसम्म सरदर ९०१ टन स्ट्रबेरी उत्पादन भएको शुक्लाले जानकारी दिए । स्ट्रबेरी टिप्न र बजारसम्म पु¥याउन हम्मेहम्मे पर्ने गरेको कर्मचारीले बताए ।

792
कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६

आर्थिक वर्षको सुरुवातदेखि नै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै जाने योजना बनाएको बागमती प्रदेश सरकारको ८ महिनाको खर्च करिव १७ प्रतिशतमै सीमित बनेको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ को फागुन मसान्तसम्म प्रदेश सरकारले १६ दशमलव ९४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । सरकारलाई अबको चार महिनामा ८३.०६ प्रतिशत खर्च गर्नुपर्ने चुनौती देखिएको छ ।

360
कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा पुँजीगततर्फ ४३.६२ प्रतिशत खर्च गरेको छ । नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०७६-०७७ को चालुतर्फ भने ४०.३१ प्रतिशत खर्च भएको छ । छैटौ नगरसभाले आर्थिक वर्ष २०७६-०७७ का लागि ५३ करोड ७७ लाख २७ हजार ३ सय ३४ रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट पारित गरेको थियो । यद्यपी यो अवधिमा प्रदेश तथा संघका विभिन्न मन्त्रालयबाट सर्शत अनुदानमार्फत थप बजेट प्राप्त भएको उल्लेख छ ।

330
कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६

सरकारले पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुको मौज्दात प्रयाप्त रहेकाले बजारमा अभाव नहुने बताएको छ । सीमा नाका बन्द गरेपनि पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेकाले अभाव नभएको सरकारले बताएको हो । चामल, चिनी, पेट्रोलियम पदार्थको माज्दात प्रयाप्त भएकाले बजारमा अभाव नहुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । अहिले सरकारसँग २५ हजार ७ सय ३३ मेट्रिक टन चामल रहेको छ ।

365
लक्ष्मी सापकोटा
बुधवार, चैत्र १२, २०७६

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले एक साताका लागि मुलुकभर लकडाउन गरे पनि अत्यावश्यक वस्तुको उत्पादन र वितरण भने नियमित हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना जारी गरेर औषधि, स्वास्थ्यसामग्री, खाद्यवस्तु, खानेपानी, दूधको उत्पादन र वितरण नियमित गर्न उद्योगी व्यवसायीलाई आह्वान गरेकोे हो ।

714
कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६

म्याग्दीमा चालू आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो चौमासिकसम्मको अवधिमा संघ र प्रदेशको विकास निर्माणतर्फ २५ प्रतिशत बजेट खर्च भएको छ । विकास आयोजनाहरु दोस्रो चौमासिकमा सम्झौता हुनु, निर्माण व्यवसायी र उपभोक्ता समितिको ढिलासुस्तिका कारण आर्थिक वर्षको आठ महिनामा एक चौथाई बजेट खर्च भएको हो ।

344
कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६

भैरहवा- प्रदेश ५ सरकारले १० करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ।

414
भुवन पौडेल
मंगलबार, चैत्र ११, २०७६

अन्तर्राष्ट्रिय रूपमा कमेडिटी बजारका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न खोज्दा डलर हालसम्मकै बलियो भएको छ । तेलको मूल्य घट्नु तथा कमोडिटी कार्मेटका लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि डलर खरिद गर्दा हालसम्मकै बलियो भएको हो ।

538
नीरज पिठाकोटे
सोमवार, चैत्र १०, २०७६

जिल्लास्तरीय अनुगमन समितिले वीरगञ्ज महानगरपालिका भित्र खुला स्थानमा बिक्री वितरण गरेको माछामासु जफत गरेको छ । जिल्लास्तरीय अनुगमन टोलीले यसअघि माछा मासु व्यवसायीलाई व्यवस्थित गर्न १५ दिनको समयावधि दिएकोमा सो अवधिमा पनि मासु व्यवसायीहरुले व्यवस्थित नगरेपछि आइतबार अनुगमन टोलीले बजारमा अनुगमन गरेको हो ।

387
लक्ष्मी सापकोटा
सोमवार, चैत्र १०, २०७६

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्तमात्रामा रहेकाले बजारमा अभाव नहुने बताएको छ । चीनमा देखिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलिन थालेपछि त्यसको त्रासमा बजारमा अभाव हुनसक्ने भन्दै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको भन्डारण गर्न थालेका हुन् । सरकारी संस्थान र निजी व्यवसायीसँग पर्याप्तमात्रामा अत्यावश्यक वस्तु पर्याप्त रहेकाले मन्त्रालयले बजारमा अभाव नहुने बताएको छ ।

465
कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६

सरकारले न्यूनतम एक साताका लागि भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना फैलिन नदिन सीमा नाका बन्द गर्नुपर्ने चर्को दबाबबीच मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

430