लक्ष्मी सापकोटा
बुधवार, चैत्र १९, २०७६

नेपाल आयल निगमले विशेष स्थानमा घुम्ती सेवामार्फत ग्यास वितरण सुरु गरेको छ । ग्यास नपाएको गुनासो आएपछि निगम आफैंले असहाय, अपांगता भएका, वृद्धाश्रमलगायत काठमाडौंका क्वारेन्टाइन भएका स्थानमा घुम्ती सेवाबाट मंगलबारदेखि ग्यास वितरण सुरु गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले उपभोक्ताबाट ग्यास नपाएको गुनासो आए पनि विशेष स्थानमा घुम्तीसेवामार्फत ग्यास वितरण गरिएको बताए ।

418
कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६

कोरोना (कोभिड–१९) नियन्त्रण तथा रोकथाममा लागि चलिरहेको लकडाउनका क्रममा कृषि क्षेत्रमा परको प्रभाव मूल्यांकन गरी छुट्टै राहत प्याकेज ल्याइने भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको क्षति भविष्यमा यसको असरसमेतलाई मध्यनजर गरेर छुट्टै राहत प्याकेजको तयारी गरेको हो ।

792
किरण आचार्य
मंगलबार, चैत्र १८, २०७६

लकडाउनसँगै खलबलिएको दुधको मूल्य श्रंखलामा सुधार आउन थालेको छ । दुग्ध सहकारी, उद्योगी र सरकारको समन्वयपछि दुग्ध संकलन, प्रशोधन र वितरण प्रणालीमा सुधार भएको हो ।

976
मनोरञ्जन शर्मा
मंगलबार, चैत्र १८, २०७६

कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल तथा भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट आयात हुने सामग्रीहरू नियमित रूपमा भारतबाट आइरहेका छन् । विगतमा भन्दा कम परिमाणमा आए पनि आयात भने सहज रूपमा भइरहेको छ । पश्चिम नेपालको मुख्य भन्सार नाका भैरहवाबाट अहिलेको अवस्थामा पनि सामान आयात भइरहेको छ ।

305
कारोबार संवाददाता
मंगलबार, चैत्र १८, २०७६

उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले लकडाउन गरेकोप्रति स्वागत गर्दै मञ्चले महामारीको जोखिमबाट नागरिकको जीवन बचाउन र लकडाउनको यस अवस्थामा उपभोक्ताको हित संरक्षण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी संवदेनशीलताका साथ वहन गर्न सरकारसहित सरोकारवालपक्षसँग आग्रह गरेको हो ।

277
निरु अर्याल
मंगलबार, चैत्र १८, २०७६

विश्वव्यापी कोरोनाको महामारी बढ्दा अत्यावश्यक सेवाको भुक्तानी नरोक्न सरकारले सबै निकायलाई निर्देशन दिएको छ । सरकारी निकायको आय ब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको हो । उपमहालेखा नियन्त्रक निरज केसीले लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन मसान्तसम्म ठेक्का रद्ध भएका कम्पनीको म्याद एक महिना थपेको छ । यसअघि अर्थमन्त्री आफैले फागुनभित्र ठेक्का सम्पन्न नगर्ने आयोजनाको बजेट रोक्का गर्ने निर्णय गरेका थिए । छ ।

433
निरु अर्याल
सोमवार, चैत्र १७, २०७६

सरकारले कोरोनाको त्रासदीबाट बचाउन लकडाउनको समय एक साता थप गर्दैै गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरुलाई लक्षितगरी राहात प्याकेजको घोषणा गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले बिपन्न, असहाय तथा असांगठित क्षेत्रका मजदुर तथा गरीब परिवारलाई परिचय पत्रका आधारमा स्थानीय सरकारबाटै खाद्यान्न वितरण गर्ने निर्णय पनि गरेको छ ।

829
गोपाल पोखरेल
आइतवार, चैत्र १६, २०७६

उदयपुरस्थित रौतामाई गाउँपालिकाले १० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गरी गाउँपालिकाले कोष खडा गरेको हो ।

306
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

कोरोनाबाट प्रभावित साना किसान र कृषि श्रमिकहरु सबैभन्दा बढी पीडित भएको भन्दै किसान संगठनहरुले राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । सरकारले विद्युत् महसुल छुट, बैंक ऋणमा हेरफेर, श्रमिकलाई राहत प्याकेजलगायतका प्याकेजहरु ल्याइरहेको सन्दर्भमा किसान राहततर्फ ध्यानकर्षण गराएका हुन् ।

342
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी छ । शनिबार पनि विभिन्न व्यक्ति तथा संस्थाले कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ ।

395
देवराज गुरुङ
आइतवार, चैत्र १६, २०७६

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा पुँजीगततर्फ ४३.६२ प्रतिशत खर्च गरेको छ । नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०७६-०७७ को चालुतर्फ भने ४०.३१ प्रतिशत खर्च भएको छ । छैटौ नगरसभाले आर्थिक वर्ष २०७६-०७७ का लागि ५३ करोड ७७ लाख २७ हजार ३ सय ३४ रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट पारित गरेको थियो । यद्यपी यो अवधिमा प्रदेश तथा संघका विभिन्न मन्त्रालयबाट सर्शत अनुदानमार्फत थप बजेट प्राप्त भएको उल्लेख छ ।

295
विप्लव काफ्ले
शुक्रवार, चैत्र १४, २०७६

गाईभैंसी पाल्ने किसानलाई दूध बिक्री नभएर चिन्ता पर्न थालेको छ । दिनहुँ डेरीबाट किनेर खाने उपभोक्तालाई दूध नपाउँदा पीरलो छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘लकडाउन’ गरिएपछि दूधको कारोबारसमेत ठप्प भएको छ । किसान–उपभोक्तालाई उत्तिकै पीरलो छ । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दूध फाल्ने की राख्ने चिन्ता भएको बताउँछन् । “न डेरीमा जान्छ, न डीडीसीले लान्छ”, उनले भने, “घरमै राखौँ, भण्डारण गर्न सकिँदैन ।” उनका अनुसार २ दिन यता दुग्ध विकास संस्थान (डीडीसी) र डेरीले दूध लिनै छाडेका छन् ।

560
किरण आचार्य
शुक्रवार, चैत्र १४, २०७६

कृषि उपज आपूर्तिमा देखिएको अन्यौलता हटाउन गृह र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका निकायलाई सर्कुलर जारी गरेका छन् । लकडाउनको अवस्थामा पनि खाद्यान्न, तरकारी, दूध, फलफूलदेखि दानाजन्य उत्पादनको ओसारपसारमा सहजीकरण गर्न मन्त्रालयले छुट्टा छुट्टै सर्कुलर जारी गर्दै सहजीकरण गरेका हुन् ।

465
निरु अर्याल
शुक्रवार, चैत्र १४, २०७६

कोरोना भाइरसले अर्थतन्त्र शिथिल भइरहेका बेला सरकारले अनौपचारिक क्षेत्रका मजदुर र साना मझौला व्यवसायीलाई लक्षित गर्दै राहत प्याकेज नल्याएको भन्दै सरोकारवालाहरूले चीनता व्यक्त गरेका छन् । छिमेकी मुलुक भारतले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई राहत दिन आर्थिक प्याकेज ल्याइसके पनि नेपालले त्यसतर्फ कुनै चासो नदिएको भन्दै अर्थविद्हरूले चीनता व्यक्त गरेका हुन् ।

571
मनिषा चम्लागाईँ
शुक्रवार, चैत्र १४, २०७६

चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ । नेपालमा प्रत्येक वर्ष फस्ट फ्लस चिया २५ देखि ३० लाख केजीसम्म उत्पादन हुन्छ । हरेक वर्ष फस्ट फ्लस चिया तराईमा फागुन र पहाडी जिल्लामा चैतदेखि टिप्न सुरु गरिन्छ । यस वर्ष कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तराईका जिल्लामा केही दिन अघिदेखि चिया टिप्ने कार्य ठप्प छ । केही बगानले भने फस्ट फ्लस टिप्न नपाई कोरोना भाइसको जोखिम खेप्नुप¥यो । तराईका उद्यमीले फस्ट फ्लस ४० प्रतिशत चिया टिपिसकेका थिए भने, पहाडका उद्यमी चिया टिप्ने तरखरमा थिए । कोरोना भाइरसका कारण अहिले तराई तथा पहाडका ठूला साथै साना किसानका बगान बन्द छन् ।

1083