कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

तीन दशकअघि पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदोखेती अहिले लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।

3262
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

बजारमा माग बढेसँगै उदयपुरका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । डुम्रे, आँपटार, पोखरी, लाफागाउँ, बलम्ता, ताम्लिछालगायतका रौतामाई र उदयपुरगढी गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक जुनेलो र फापर खेतीमा लागेका हुन् ।

4420
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङकी ३७ वर्षीया मन कुमारीलाई ढाका बुन्न भ्याइनभ्याइ भएको छ । उनी बिहानदेखि साँझ अबेलासम्म ढाकाको तानमै तल्लिन हुने गरेकी छन् ।

826
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

कालिकोटको नरहरीनाथ गाउँपालिकाका अधिंकाश महिलाले भारी बोकेरै जीविकोपार्जन गर्ने गरेका छन् । वैकल्पिक पेसा नभएपछि यहाँका अधिकांश महिला भारी बोकेरै जीवन गुजार्न बाध्य भएका हुन् ।

810
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

म्याग्दीका एक कृषकले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । बेनी नगरपालिका–१ आनन्दबगरका अगुवा कृषक रुद्रबहादुर थापाले ‘हाइटेक’ प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका हुन् ।

2627
सरस्वती ढकाल
सोमवार, पुष २४, २०७४

मुलुकमा विकास निर्माणका काम सुरु हुन लागेका वेला निर्माण सामग्रीको मूल्य अचानक वृद्धि भएपछि यसबाट समग्र अर्थतन्त्र नै प्रभावित हुने देखिएको छ । निर्माण सामग्रीको बढ्दो मूल्यले विकास निर्माणको लागत वृद्धि भइ यसबाट सरकार, निर्माण व्यवसायीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित हुने भएका छन् । चालू आर्थिक वर्षमा विकास निर्माण क्षेत्रका लागि विनियोजित बजेट नै अपुग हुने देखिएको छ भने भूकम्प प्रभावितका लागि सरकारी अनुदानले घर बनाउन झनै अप्ठेरो पर्ने देखिएको छ ।

1575
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

झापाको दमक नगरपालिकाले चिनियाँँ लगानीमा बन्न लागेको नेपाल–चीन मैत्री औद्योगिक पार्कमा लगानीकर्तालाई १० वर्षसम्म कुनै पनि प्रकारको स्थानीय कर नलिने भएको छ । दमक नगरपालिकाको पहिलो नगरसभाले दमकको औद्योगिक पार्क निर्माणको चरणदेखि १० वर्षसम्म कुनै कर नलिने निर्णय गरेको मेयर रोमनाथ ओलीले जानकारी दिए । नगरपालिकाले चिनियाँँ सरकारी टोलीसँगकोे छलफलपछि यस्तो निर्णय गरेको हो । दमकमा चिनियाँँले अर्बौं रुपैयाँ लगानी गर्न तयार रहेको अवस्थामा आफूहरूले औद्योगिक क्षेत्र निर्माणमा साझेदारीको रूपमा यस्तो निर्णय गरेको मेयर ओलीले बताए । नगरपालिकाको यस्तो निर्णयबाट चिनियाँ टोलीलेसमेत खुसी व्यक्त गरेको समेत बताए ।

1658
लक्ष्मी सापकोटा
सोमवार, पुष २४, २०७४

सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउँदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाइला पाइलामा ठगीने गरेका छन् । व्यवसायीले हरेक क्षेत्रमा उपभोक्ता ठगीरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलपम्प, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी फुलफूल, अटोमोबाइल, यातायात, लत्ताकपडा, ड्राइभिङलगायतका अधिकांश क्षेत्रमा उपभोक्ता ठगीइरहेको पाइएको छ । नियमनकारी निकायबीच समन्वय नहुँदा ठगी गर्ने व्यवसायीलाई प्रोत्साहन मिलेको र बजार उपभोक्तामुखी भन्दा पनि व्यवसायीमुखी बन्दै गएको अधिकारकर्मीको आरोप छ ।

1159
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

सहकारी संघसंस्थाको विकास र सहकारी मार्फत उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित गोष्ठीमा सहकारीकर्मीहरूले आफूले उत्पादन गरेको उत्पादनले बजार पाउन नसकेको गुनासो गरेका छन् । सहकारी क्षेत्रको नेटवर्क ठूलो भएपछि यसमार्फत उत्पादित वस्तुको बजारीकरणबाट संघहरूको भूमिका प्रभावकारी नभएको उनीहरूको गुनासो थियो ।

883
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षमा मुलुक दक्षिण एसियाको समृद्ध मुलुक बन्ने बताएका छन् । शनिबार राजधानीमा पत्रकार चेतन धमलाद्वारा लिखित पुस्तक ‘पौरख’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री कार्कीले इमान्दार भएर काम गर्ने हो भने मुलुकको समृद्धि चाँडै हुने बताए ।

1123
जगन्नाथ दुलाल
आइतवार, पुष २३, २०७४

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ ।

5160
लक्ष्मी सापकोटा
आइतवार, पुष २३, २०७४

नेपाल आयल निगमले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको छ । इन्धनको कारोबार गर्दै आए निगमले चुक्ता पुँजी बढाउनका लागि सेयर निष्कासन गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पु¥याउने लक्ष्यअनुरूप निगमले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । सरकारी, रणनीति साझेदार र सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागेको निगमको भनाइ छ ।

3019
कारोबार संवाददाता
शुक्रवार, पुष २१, २०७४

सिमेन्ट र छड उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै रुपन्देहीका हाडवेयर व्यवसायी आन्दोलित भएका छन् । रुपन्देहीका छड र सिमेन्ट उद्योगले एक सातादेखि बिनाकारण र बिनाआधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गरेको भन्दै हाडवेयर व्यवसायी आन्दोलित भएका हुन् ।

6994
भगवान खनाल
बिहिवार, पुष २०, २०७४

चालू आर्थिक वर्षको छैटौं महिनासम्म पुँजीगत खर्च १२.३१ प्रतिशतमा सीमित छ । हरेक वर्ष पुँजीगत बजेट खर्च गर्न नसकेको आरोप सरकारमाथि लागि रहन्छ र यस वर्ष पनि सरकार यो आरोपबाट अछुतो छैन । सरकारले आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिन पहिल्यै बजेट ल्याए पनि खर्च गर्न नसकेको भन्दै आलोचनासमेत भइरहेको छ । तर, विगतका वर्षहरूमा जस्तो सरकारले खर्च नै गर्न नसकेर यस वर्ष विकास बजेट कम निकासा भएको भने होइन ।

3384
निरु अर्याल
बिहिवार, पुष २०, २०७४

आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनको अल्टिमेटमसहितको सूचना ठूला करदाता कार्यालयले जारी गरेको हो । कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनीसमेत दिएको छ ।

3658