किरण कर्ण
सोमवार, असार ३०, २०७६

बुधबार देखि परेको अविरल वर्षाका कारण आएको बाढीले गर्दा प्रदेश २ मा जनधनको व्यापक क्षति भएको छ । बाढीका कारण सयौँ घर डुबानमा परेको छ भने सर्वसाधारणको जनजीवनसमेत कष्टकर बनेको छ । बाढीका कारण सबैभन्दा बढी माछापालन व्यवसायमा क्षति भएको छ । प्रदेश नम्बर २ मा हुने कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत भन्दा बढी पोखरीमा बाढीले क्षति पुगेको छ ।

280
अनिश शर्मा गैरे
आइतवार, असार २९, २०७६

गुल्मीका दुई गाउँपालिका मासुमा आत्मनिर्भर बनेका छन् । सत्यवती र धुर्काेट गाउँपालिका मासुमा आत्मनिर्भर बनेका हुन् । सत्यवती गाउँपालिका दूधमा पनि आत्मनिर्भर बनेको छ ।

270
लक्ष्मण ढुंगाना
आइतवार, असार २९, २०७६

सरकारले आयात प्रतिस्थापन गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याएको छ । तर, ती अनुदानमा आकर्षित हुन नसक्दा बाँके र बर्दियाका कृषक अनुदान नै लिन आएका छैनन् । विभिन्न जिल्लामा कृषकले अनुदान नपाएको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षमा यहाँका कृषक अनुदान लिन नआएरै कृषि अनुदानको करिव १ करोड रुपैयाँ फ्रिज हुने भएको हो । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत दुवै जिल्लामा विभिन्न कार्यक्रमका लागि आएको १ करोड १० लाख रुपैयाँ फ्रिज हुने भएको हो ।

212
लक्ष्मी सापकोटा
आइतवार, असार २९, २०७६

सरकारले बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरेको छ । शुक्रबारदेखि आएको वर्षाका कारण विभिन्न जिल्ला प्रभावित भएपछि खाद्यान्नको अभाव हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरिएको हो । खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन प्रभावित जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको हो । प्रभावित क्षेत्रबाट माग आएपछि गृह मन्त्रालयमार्फत खाद्यान्न पठाउने तयारी गरिएको हो । यसैगरी, विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न वितरणको व्यवस्था खाद्य संस्थानमार्फत गर्ने निर्णय गरेको छ ।

313
भगवान खनाल
आइतवार, असार २९, २०७६

विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितहरूको शीघ्र उद्धार गरी राहत प्रदान गर्न स्थानीय तहले अब कुनै पनि शीर्षकको बजेट खर्चनसक्ने भएका छन् । संघीय सरकारले स्थानीय तह तहलाई जुनसुकै शीर्षकको बनेट विपद् व्यवस्थापनमा खर्चन आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले विपद् व्यवस्थापन कोषमा स्रोत साधनको अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गरी पठाउन आग्रह गरेका छन् ।

216
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

सत्ता र प्रतिपक्षका सांसदहरूको कडा विरोधकाबीच सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले सत्तापक्षका सांसदमाथि ह्वीप जारी गरेपछि प्रदेश सरकारको बजेट सुदूरपश्चिम प्रदेशसभाबाट सर्वसम्मतिमा पारित भएको हो ।

221
मनिषा चम्लागाईँ
बिहिवार, असार २६, २०७६

झापाभर धान सुपर जोन कार्यक्रम विस्तार हुने भएको छ । झापाको कचनकवल गाउँपालिकामा सञ्चालित धान सुपर जोन कार्यक्रम जिल्लाभर विस्तार हुने भएको हो । झापाका १५ वटै स्थानीय तहमा आगामी आर्थिक वर्षदेखि धान सुपर जोन कार्यक्रम सञ्चालन हुन लागेको हो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका सबै तहमा सुपर जोन कार्यान्वयनका लागि बजेट विनियोजन गरिसकेको छ । तथ्यांकलार्ई हेर्ने हो भने मुलुकमै सबैभन्दा बढी धान उत्पादन झापामा हुने गर्दछ ।

367
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

मापदण्डविपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

428
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषद्को १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

391
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी (सिएमसी) को सहयोगमा डाइभर्सन तयार भएपछि मंगलबार रातिदेखि मालसामान ढुवानी सुरु गरिएको हो ।

326
प्रकाश लम्साल
बिहिवार, असार २६, २०७६

सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट मा ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउन तथा अनलाइनमार्फत् निगरानी गर्ने नीति ल्याएपछि व्यवसायीहरू आन्दोलित भएका छन् । सरकारले ल्याएको नीति अव्यावहारिक भएको भन्दै व्यावसायीहरूले साउन १ गतेदेखि देशभर सवारीसाधन ग्यारेजमै थन्क्याउने चेतावनी दिएका छन् । आफूहरूले पटकपटक गरेको आग्रहमा समेत सरकारले बेवास्ता गरेपछि कठोर आन्दोलन गर्नुपरेको व्यवसायीको भनाइ छ ।

2494
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

अघिल्ला वर्षहरुमा असार पहिलो सातामै रोपाईं सक्ने गरेका मेलम्ची नगरपालिका ९ ज्यामिरेका शिवराम विष्टले अझै आफ्नो खेत हिल्याउन पाएका छैनन् । असार आधाबाट आफ्नो सकेर अरुको पर्ममा लाग्ने विष्टले पानी र मल अभावकै कारण रोपाई सुरु गर्न नपाएका हुन् ।

349
मनिषा चम्लागाईँ
बुधवार, असार २५, २०७६

जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको यो अवधिमा ७ करोड ६९ लाख ६८ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेका छन् । चालू आर्थिक वर्षमा झापा प्रहरीले ४ करोड १० लाख ५७ हजार ४६८ रुपैयाँ र ट्राफिक प्रहरीले ३ करोड ५९ लाख ११ हजार राजस्व संकलन गरेका हुन् ।

339
लक्ष्मण ढुंगाना
बुधवार, असार २५, २०७६

बाँकेको कोहलपुर नगरपालिका–८, का देवेन्द्र अधिकारी टिस्युकल्चर प्रविधिवाट विभिन्न बिरुवा उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । २०७० सालदेखि खजुरा–४ मा ३ लाख लगानी गरेर केराखेती थालेका उनले हाल नेपाल कृषि विकास फार्म मार्फत टिस्युकल्चर ल्याबवाट उत्पादन गरिएका बिरुवा आयात गरेर ग्रिनहाउसमा राखी हुर्काएर देशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएका छन् । केराको बेर्नाको माग अत्याधिक भएको सम्भावना देखेपछि ०७१ सालमा ६५ लाख रूपैयाँको लागतमा संरचना निर्माण गरी ग्रीन हाउस सञ्चालनमा ल्याएको उनले बताए ।

420
विपेन्द्र कार्की
बुधवार, असार २५, २०७६

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौं राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् ।

921