सरस्वती ढकाल
मंगलबार, पुष ४, २०७४

नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) साना तथा मझौला उद्योगमा केन्द्रित भएको छ । तुलनात्मक रूपमा ठूला उद्योगमाभन्दा कम जोखिम हुने भएकाले लगानीकर्ताहरू साना तथा मझौला उद्योगतर्फ केन्द्रित भएका हुन् । १० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी लगानीमा आउने उद्योगलाई सरकारले ठूला उद्योगको सूचीमा राखेको छ ।

2185
गोपाल संग्रौला
सोमवार, पुष ३, २०७४

सरकारले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरेको ‘वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन’ परियोजना प्रभावकारी भएपछि यसलाई निरन्तरता दिने भएको छ ।सरकारले २०७० सालदेखि चालू आर्थिक वर्षसम्म सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएपछि तेस्रो चरणको परियोजना पनि सञ्चालन गर्ने भएको हो । हाल दोस्रो चरणको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित गर्न हाल सञ्चालनमा रहेको परियोजनाका लागि ८० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

1018
निरु अर्याल
शुक्रवार, मंसिर २९, २०७४

२०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएर मुलुक संघीयतामा प्रवेश गर्यो तैपनि विकास र समृद्धिका बारे जनताले कुनै खालका आशा गर्न सकेका थिएनन् । राजनीतिक दलहरू ७ दशकदेखिको राजनीतिक स्थायित्वमा केन्द्रित देखिएका भए पनि आर्थिक मुद्दातिर कसैको ध्यान पुगेको थिएन । तर, अहिले समय फेरिएको छ । संविधान जारी भएको २ वर्षसम्म आउँदा मुलुकमा आर्थिक राजनीतिक क्षेत्रमा थु्रप्रै खालका आशाका किरणहरू देखिएका छ्न् ।

1280
किरण आचार्य
शुक्रवार, मंसिर २९, २०७४

स्थानीय, प्रदेश र संघीय चुनाव सम्पन्न भएसँगै पहिलो पटक कृषकको अधिकार किटेरै लेखिएको नेपालको संविधानको कार्यान्वयन पनि भएको छ । संविधान कार्यान्वयनसँगै अब कृषकको संवैधानिक अधिकार पनि स्वतः लागू भएको हो । यससँगै कृषकको अधिकार केन्द्र, संघ र स्थानीय तीनै तहमा हुने दिशातिर मलुक अघि बढेको छ भने आफ्ना अधिकार प्राप्त गर्न आफैं सक्रिय हुनुपर्ने दायित्व पनि नेपाली कृषकमा हस्तान्तरण भएको छ ।

2197
किरण आचार्य
आइतवार, पुष २, २०७४

तिहार सकिएको दुई महिना बितिसकेको छ । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । तिहारलगत्तैदेखि चुनावी कार्यक्रम सुरु भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको छ ।

2382
कुबेर चालिसे
शुक्रवार, मंसिर २९, २०७४

इतिहासको करिब ७ दशक लामो राजनीतिक संक्रमणकाल पूरा गरेर नेपाल संघीयतामा प्रवेश गरेको छ । संघीयताको लामो समयदेखि पक्षपोषण गरिरहेका राजनीतिक दलहरू मात्र होइन, सर्वसाधारण तथा निजी क्षेत्र पनि नेपालमा अब समृद्धिको यात्रा सुरु हुनेमा आशावादी छन् ।

4614
किरण आचार्य
शुक्रवार, मंसिर २९, २०७४

संघीयता कार्यान्वयनसँग मुलुक आर्थिक विकासमा फड्को मार्ने अपेक्षा विपरित स्थानीय तहहरूले भने कृषि क्षेत्रको विकासलाई वेवास्ता गर्दै आएको पाइएको छ । बिहीबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनले विना मापदण्ड कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बजेट तथा कार्यक्रम हस्तान्तरण गरेकाले स्थानीय तहले सो बजेटको दुरूपयोग गरेको देखाएको हो ।

1486
भगवान खनाल
शुक्रवार, मंसिर २९, २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहतका कार्यालयमा पेस्की बेरुजुको हिस्सा अधिक पाइएको छ । यस मन्त्रालय मातहतका विभिन्न कार्यक्रम र साविकका जिल्ला विकास समितिका पेस्की बेरुजु अधिक देखिएको हो । पेस्की लिनेदिनेमा अतिख्यारवालाको चासो देखिए पनि फस्र्यौटमा निष्क्रिय हुँदा पेस्की बेरुजु अधिक देखिएको मन्त्रालयले जनाएको छ ।

1268
रासस
बिहिवार, मंसिर २८, २०७४

संघीय संरचनाका तीनै तहका सरकारले गर्ने आर्थिक गतिविधिलाई पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिकसम्बन्धी कानुन निर्माणमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ । संविधानमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजश्व उठाउन सक्ने व्यवस्थाअनुसार त्यस्ता कानुन निर्माणमा अर्थ मन्त्रालयले सघाएको हो ।

3945
रासस
बुधवार, मंसिर २७, २०७४

संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ । निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो रकम खर्च गरेको र उक्त रकम बैंकिङ च्यानलमा नआइसकेका कारण पनि तरलतामा चाप परेको हो ।

911
यादव हुमागाई
मंगलबार, मंसिर २६, २०७४

सरकारले सहकारीको बजेट तथा कार्यक्रम स्थानीय तहलाई पठाएपछि सहकारीको नियमित अनुगमन प्रभावित भएको छ । सहकारी विभाग र डिभिजन सहकारी कार्यालयले बजेट नभएको भन्दै अनुगमन गर्न छाडेका छन् भने स्थानीय तहमा अझै सहकारी हस्तान्तरण हुन सकेका छैनन् ।

2149
कारोबार संवाददाता
मंगलबार, मंसिर २६, २०७४

नेपाल खाद्य संस्थानले बाँके र बर्दियाबाट यो वर्ष ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । बाँकेमा २० हजार र बर्दियामा ३० हजार क्विन्टल गरी ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित धान खरिद गर्न सुरु गरिएको नेपाल खाद्य संस्थानको नेपालगन्जस्थित संघीय कार्यालयले जनाएको छ ।

2662
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

पछिल्लो समय थलिएको घरजग्गा कारोबार तंग्रिन थालेको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार पछिल्लो एक वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्या ९ प्रतिशतले बढेको छ । घरजग्गा कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि ३९.८ प्रतिशतले उक्लिएको छ ।

1297
लक्ष्मी सापकोटा
सोमवार, मंसिर २५, २०७४

चिसो मौसम सुरु भएसँगै खाना पकाउने एलपी ग्यासको खपत बढ्दै गएको छ । अन्य समयको तुलनामा चिसा मौसममा ग्यासको माग धेरै हुने गरेकाले खपत बढ्दै गएको हो । बजारमा ग्यासको खपत बढेसँगै आयात पनि बढ्दै गएको नेपाल आयल निगमको भनाई छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले चिसो मौसममा ग्यासको खपत १० देखि १५ प्रतिशतले बढ्दै जाने गरेको बताए । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म ग्यासको प्रयोग बढ्दै गएकाले पनि बर्सेनि ग्यासको खपत बढ्दै गएको उनले जानकारी दिए ।

1161
कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्यमा वृद्धि गरेको छ । सबै प्रकारको इन्धनमा मूल्य बढाइएको निगमले जनाएको छ ।निगमको शुक्रबार बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

1310