लक्ष्मी सापकोटा
बिहिवार, मंसिर २१, २०७४

सरकारी स्वामित्वमा सञ्चालित मुलुकको पेट्रोलियम व्यापारमा एकाधिकारप्राप्त कम्पनी नेपाल आयल निगमको चुक्ता पुँजी बढाइने भएको छ । वार्षिक झन्डै डेढ खर्ब रुपैयाँ बराबरको इन्धन कारोबार गर्ने निगमको पुँजी अत्यन्त कम भएपछि त्यसलाई बढाउन लागिएको हो । चुक्ता पुँजी बढाएर २० अर्ब पुर्याउन लागिएको निगमले जानकारी दिएको छ ।

958
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

नेपाल उद्योग परिसंघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकमा आर्थिक विकासको नयाँ युग सुरु हुने विश्वास गरेको छ । संविधान कार्यान्वयनका लागि भएको निर्वाचनले मुलुकमा दुई दशकदेखिको राजनैतिक संक्रमणकालको अन्त्य भएको परिसंघको ठहर छ । यसै वर्ष भएका तीन निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकालको अन्त्य भइ नेपालमा स्थायी सरकारको निर्माण हुने परिसंघको भनाइ छ ।

919
कुबेर चालिसे
शुक्रवार, मंसिर २२, २०७४

अन्ततः संघीय संरचनामा जाने कसरतमा संविधानसभामा सुरु भएको बहसको पटाक्षेप गर्दै नेपाल संघीयतामा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले करिब ७ दशकदेखिको राजनीतिक संक्रमणको अन्त्य पनि गरेको छ । यसबाट लामो समयदेखि ’पर्ख र हेर’ को मनोभावमा रहेका निजी क्षेत्र अब राजनीतिक स्थायित्वले समृद्धिको यात्राको बाटो कोरेको बताउँछन् ।

2353
लक्ष्मी सापकोटा
शुक्रवार, मंसिर २२, २०७४

उपभोक्तालाई सहज सेवा दिने उद्देश्यले स्थापना गरिएका सार्वजनिक संस्थान सरकारकै कारणले धरासायी हुने अवस्थामा पुगेका छन् । सरकारले गरेका निर्णयले नै संस्थान डुब्ने अवस्थामा पुगेका हुन् । साल्ट ट्रेदिंग कर्पाेरेसन लिमिटेड र नेपाल खाद्य संस्थानलाई सरकारले उपभोक्तालाई राहत दिन चाडपर्वमा सहुलियत पसल सञ्चालन गर्न निर्देशन दिए पनि सो वापतको शोधभर्ना रकम निकासा नगर्दा ती संस्थान धराशायी भई डुब्ने अवस्थामा पुगेका हुन् । आर्थिक वर्ष २०७१-७२ मा मन्त्रिपरिषद्को निर्णयबाट महंगो मूल्यमा १० हजार टन चिनी खरिद गरेर सस्तोमा बेच्दा कर्पाेरेसनलाई घाटा भएको ४ करोड ८५ लाख ५० हजार रुपैयाँ रकम निकासा भएको छैन ।

1126
कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

कालिकोटको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमूल्य धातु काइनाइट अवैध रूपमा उत्खनन भइरहेको छ । विपिन एण्ड अभि खनिज उद्योग प्रालि तथा अन्य दुई ठेकेदारले भर्ताको बुकिमालिका सामुदायिक वनमा रहेको खानीबाट ठूलो परिमाणमा अवैध रूपमा काइनाइट उत्खनन गरी भारत निकासी गरिरहेका छन् । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमतिबिना नै अवैध रूपमा राजस्व छलेर निकासी भइरहेको पाइएको छ । राजस्व छलेर रातारात अवैध निकासी गरिहेको कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंले बताए ।

1391
रासस
बुधवार, मंसिर २०, २०७४

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ ।

1187
लक्ष्मी सापकोटा
मंगलबार, मंसिर १९, २०७४

नेपाल आयल निगमको घाटा बढेर एक अर्ब रुपैयाँ पुगेको छ । लगातार नाफा कमाउँदै आएको निगम पछिल्लो समय मूल्य समायोजन नगर्दा घाटामा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि संघ र केन्द्रको चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन गर्न नपाउँदा निगमको घाटा बढ्दै गएको हो ।

912
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बेरुजु चुलिँदै जाँदा सरकारको आर्थिक छवि पनि कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । महालेखा परीक्षकको कार्यालयको नयाँ भवन शिलान्यास गर्दै सोमबार राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनता, भ्रष्टाचार र गैरजवाफदेहीपना बढ्दा त्यसले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको सुशासनको शाख गिरिरहेको धारणा राखिन् ।

976
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पत्रकारिता अनुसन्धानमूलक तथा विश्लेषणात्मक हुन नसकेको भन्दै यसका लागि आर्थिक पत्रकार तथा मिडिया हाउसहरू गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको २० औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहमा उपाध्यक्ष वाग्लेले मूलधारका पत्रिकाले अझै पनि आर्थिक समाचारलाई पर्याप्त स्थान नदिएको गुनासो गरे ।

861
निरु अर्याल
आइतवार, मंसिर १७, २०७४

प्राकृतिक स्रोतसम्बन्धी विवाद निरुपण र राजस्व बाँडफाँडका लागि परिकल्पना गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्वाचनपछि मात्र गठन हुने भएको छ । संसद बिघटन भइसकेको र नयाँ संसद बन्ने क्रममा रहेका कारण सरकार गठनपछि मात्र आयोग गठनको प्रक्रिया अघि बढ्ने भएको छ । समयमै आयोग गठन नहुँदा राजस्व बाँडफाँड र संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने जस्ता महत्वपूर्ण काम हुन सकेका छैनन् ।

1613
लक्ष्मी सापकोटा
शुक्रवार, मंसिर १५, २०७४

तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँसम्म पुगेको छ । व्यवसायीले भारतबाटै भाउ बढेर आएकाले महँगो भएको दावी गरिरहे पनि मूल्यवृद्धि अस्वभाविक भएको भन्दै सरकारले बिहीबार बजार अनुगमन गरेको छ ।

1047
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

विश्व व्यापार संगठन (डब्लूटीओ) को ११औं मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा हुने भएको छ । डब्लूटीओको सदस्य भएका देशको सहभागितामा प्रत्येक दुई-दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलन तीन दिनसम्म अर्जेन्टिनामा हुन लागेको हो । सदस्य राष्ट्र नेपालले विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेन्डाबारे छलफल गर्न मंगलबार राजधानीमा पूर्व तयारी गोष्ठीको आयोजना गरेको छ ।

812
भगवान खनाल
बुधवार, मंसिर १३, २०७४

चालू आर्थिक वर्षको पहिलो चौमाससम्म स्थानीय तहको पुँजीगत खर्च शून्यप्रायः छ । केन्द्र सरकारले स्थानीय सरकारलाई दोस्रो चौमासिक बजेट हस्तान्तरण गरिसके पनि पुँजीगत खर्च भने नभएको पाइएको छ । स्थानीय सरकारले आफ्नो बजेटबाट ठूला पूर्वाधारका काम गर्न सकेका छैनन् ।

2927
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

नेपाल धितोपत्र बोर्डले वस्तु बजार नियमावली लागू गरेको छ । नियमावली लागू भएपछि सञ्चालनमा रहेका वस्तु बजारले नयाँ अनुमति लिएर मात्र काम गर्न पाउने भएका छन् ।

703
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

सरकारले मध्यकालिन खर्च संरचना नै तयार नगरी चालू योजना र बजेट कार्यान्वयन गरिरहेको छ । सरकारी खर्च व्यवस्थापनको अग्रिम योजनाका रूपमा लिइने मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क (एमटीईएफ)बिनै योजना र बजेट कार्यान्वयनमा लागेको सरकारलाई लक्ष्य भेट्न थप मुस्किल पर्ने देखिन्छ ।

1476