कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

धनुषाको एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडले उखुको भुक्तानी नदिँदा किसान समस्यामा परेका छन् । किसानले उधारोमा बेचेको उखुको रकम हालसम्म नपाउँदा नजिकिँदै गरेको दसैं–तिहार पर्व मनाउन समस्या हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

1699
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्तासमक्ष संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव गरेको छ । महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक कोअपरेशनले आयोजना गरेको दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रममा लगानीको प्रस्ताव गरेका हुन् ।

1398
प्रगति ढकाल
मंगलबार, आश्विन २, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी ग्लोबल टेण्डर आह्वानको तयारी गरिरहेका बेला आयोजनाको विरोध सुरु हुन थालेको छ । पर्यटन मन्त्रालयले २ हजार ५ सय ५६ हेक्टर जग्गामा रुख काट्ने आदेशका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेसँगै पर्यावरणविद्हरूले ठूलो वातावरणीय विनास गरेर विमानस्थल निर्माण गर्न लागिएको भन्दै विरोध गरेका हुन् ।

3072
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादित सिलटिमुर विदेशी वजारमा जान थालेको छ । इलामका लेकाली भेगमा उत्पादित सिलटिमुर युरोपेली मुलुकमा जान थालेको हो । औषधि र अचारमा प्रयोग हुने सिलटिमुर स्वाद र वासनाका लागि पनि लोकप्रिय मानिन्छ । हालसालैदेखि सिलटिमुर युरोपका विभिन्न मुलुकमा परीक्षणका रूपमा जान थालेको छ ।

1801
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

1101
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

जिल्ला समन्वय समिति धनुषाको दोस्रो जिल्ला सभाबाट आव ०७५÷७६ का लागि वार्षिक कार्यक्रम तथा बजेट र सोको अवस्था सार्वजनिक गरेको छ ।

741
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

पुँजीबजारमा सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीले प्रभावकारी भूमिका निर्वाह नगरेको उनीहरूको भनाइ छ ।

1488
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

सप्तरीबाट वैदेशिक रोजगारीमा जाँदा विभिन्न एजेन्टबाट ठगिएकाहरूले चालू आर्थिक वर्ष २०७५-७६ को डेढ महिनामा ५८ लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गत वर्ष पीडितहरूले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुपैयाँ क्षतिपूर्ति पाएका थिए । सुरक्षित आप्रवासन परियोजनाले राजविराज गरेको समीक्षा तथा आगामी कार्ययोजना विषयक छलफलमा सो जानकारी दिइएको हो ।

873
किरण आचार्य
सोमवार, आश्विन १, २०७५

कृषि र किसानको समृद्धिका लागि सहयोगी हुने भनेर गठन गरेको राष्ट्रिय किसान आयोग ‘हचुवाको भर’मा चलेको पाइएको छ । दुई वर्षअघि गठन गरिएको आयोग कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राथमिकतामा नपरेको र आयोगले पनि आफ्नो ठोस कार्ययोजना विना काम गरेकाले यसको प्रभावकारिता माथि प्रश्न उठेको हो ।

2279
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम बजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन् । कर्मचारी सञ्चय कोषको ५७ औं वार्षिकोत्सव कार्यक्रममा खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानुन बनाउन लागिरहेको बताए ।

1571
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

चिया रोप्न सुरु गरिएको डेढ शताब्दीपछि पहिलो पटक चियाको सर्वेक्षण गरिएको छ । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक विभाग र चिया तथा कफी विकास बोर्डले नेपाली चियाको पहिलोपटक तथ्यांक संकलन गरेको हो । संकलन गरिएको तथ्यांक इलाममा सार्वजनिकसमेत गरिएको छ ।

1051
निरु अर्याल
आइतवार, भदौ ३१, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएका बताएका छन् । कारोबार राष्ट्रिय दैनिकले आयोजना गरेको ‘कारोबार इकोनोमिक कन्क्लेभ २०१८’ को उद्घाटनपछि शुक्रबार प्रधानमन्त्री ओलीले दोहोरो अंकसहितको अािर्थक विकास र समृद्धि नेपालले चाहेको र नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको बताएका हुन् ।

2355
कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएका कारण भारतबाट आएको इन्धन उतै तस्करी हुने क्रम बढेपछि रुपन्देही प्रशासनले कडाइ गरेको छ । भारततर्फ इन्धन निर्यात हुने क्रम बढ्दै गएर नेपालका सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन सुरु गर्दै कारबाहीसमेत गरेको छ ।

1344
निरु अर्याल
शुक्रवार, भदौ २९, २०७५

आर्थिक क्षेत्रका गतिविधिको एकीन तथ्यांक उपलब्ध गराउने लक्ष्यसहित पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजाले मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ व्यावसायिक प्रतिष्ठान रहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार ती प्रतिष्ठानमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्ति कार्यरत रहेको देखिएको छ ।

2022
कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न सूचक संस्थाहरूको प्रमुख भूमिका रहने सरोकारवालाले बताएका छन् ।

1377