लक्ष्मी सापकोटा
शुक्रवार, आश्विन २६, २०७५

संसद्को सार्वजनिक लेखा समितिले चिनीको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई पुनः निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले उपसमितिले अध्ययन गरेको प्रतिवेदनका आधारमा सरकारलाई उक्त मूल्य कडाइका साथ लागू गर्न निर्देशन दिएको हो ।

1627
भुवन पौडेल
शुक्रवार, आश्विन २६, २०७५

बैंकहरूले आर्थिक वर्षको पहिलो त्रैमासमै आक्रामक रूपमा कर्जा प्रवाह गरेपछि विगतको जस्तै तरलता अभावको समस्या दोहोरिने संकेत गरेको छ । कर्जा प्रवाहपछि निक्षेप खोज्ने प्रचलनले यो वर्ष पनि कर्जा लगानीयोग्य रकम (तरलता) अभाव हुने देखिएको हो ।

1632
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

विश्व बैंकवाट नेपाललाई वित्तीय तथा उर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि अमेरिकी डलर २०० मिलियन सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्झौतामा आज हस्ताक्षर सम्पन्न भयो ।

1225
रासस
बिहिवार, आश्विन २५, २०७५

दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।

1347
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि झापाका उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् । उपभोक्ता ठगिने क्रम बढे पनि नियमकारी निकाय भने मौन छ । नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफू खुशी मूल्यवृद्धि गरिरहेका छन् ।

1128
विपेन्द्र कार्की
बिहिवार, आश्विन २५, २०७५

दसैं हिन्दुहरूका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ‘दसैं’ नै मानिन्छ । वर्षैभरी व्यापार हुने कुल परिमाणको झन्डै ४० प्रतिशत यही सिजनमा कारोबार हुने भएकाले व्यापार व्यवसायका लागि पनि यो सिजनलाई दसैं नै मानिएको हो ।

1558
हिमेश विक
बुधवार, आश्विन २४, २०७५

सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा करिब १० करोड राजस्वसंकलन गरेको छ । प्रदेश सरकारले साउन र भदौमा गरी ९ करोड ७७ लाख ६५ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन गरेको हो । यो प्रदेशमा उठाउनुपर्ने कुल करको ७ दशमलव ५४ प्रतिशत मात्र हो । प्रदेश सरकारले घरजग्गा दर्ता र सवारी साधनबाट बढी कर संकलन गरेको छ ।

1135
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

माछापालनको उर्वरभूमि मानिएको बारामा यसवर्ष २ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको माछा बिक्री भएको छ । बारामा १० हजार ३५ हेक्टरमा माछापालन गरिएको छ । बिक्री भएको मध्ये थप ३० प्रतिशत माछा भारतको आन्ध्र प्रदेशबाट आयात भएको अनुमान गरिएको छ ।

1088
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

पछिल्लो समयमा भारतीय रुपैयाँको अभाव भएसँगै अवैध खरिद बिक्री पनि अत्यधिक बढेको छ । अहिले नेपालगन्जका विभिन्न पसल, मनी एक्सचेन्ज काउन्टर र व्यक्तिले पनि भारुको अवैध खरिद बिक्री खुला रूपमा गरिरहेका छन् भने सीमापारी रुपैडिहामा पनि सयौंले भारुको सस्तोमा खरिद र महँगोमा बिक्री गरिरहेका छन् ।

1117
लक्ष्मी सापकोटा
मंगलबार, आश्विन २३, २०७५

नजिकिँदै गरेको दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भिœयाउन सुरु भएको छ । दसैंका लागि छिमेकी मुलुक चीनबाट ल्याइएका भेडाच्याङ्ग्रा मंगलबार कलंकीस्थित खसीबजारमा भित्रिने भएका हुन् । घटस्थापनाको दिनदेखि खसीबोका भित्रिने भए पनि च्याङ्ग्रा भने मंगलबार नै उपत्यकामा आइपुग्ने व्यवसायीले बताएका छन् ।

2024
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

विश्व बैंकले चालू आर्थिक वर्षमा ५.९ प्रतिशतमात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशत रहने अनुमान गरे पनि विश्व बैंकले सरकारको प्रक्षेपणभन्दा २ प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।

5839
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

दोलखामा गत आर्थिक वर्ष २०७४-७५ सबैभन्दा बढी बजेट खर्च गर्नेमा विगु गाउँपालिका र कम खर्च गरी बचाउने (डम्प) गर्नेमा मेलुङ गाउँपालिका परेको छ । सरकार सञ्चालनकै हैसियतको शक्ति प्राप्त गरेका दोलखाका स्थानीय तहको ३४ करोड रुपैयाँ बजेट खर्च हुन नसकेको हो ।

1412
सागर परियार
सोमवार, आश्विन २२, २०७५

जुम्लाका किसानहरूले व्यावसायिक कृषिका लागि सरकारले दिने अनुदान नै बाधक बनेको बताएका छन् । विशेषगरी कर्णालीमा सरकारले कृषि खेतीका लागि अनुदान दिने गरेको छ । स्याउ, सिमी, तरकारीलगायत अन्य व्यवसायका लागि सरकारले दिने अनुदान हात्तीको देखाउने दाँत जस्तै भएकाले समस्या भएको उनीहरूको भनाइ छ ।

2101
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

सरकारले उखु किसान र चिनीको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

1000
रेशमराज रोकाया
सोमवार, आश्विन २२, २०७५

दसैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दालाई समस्या भएको छ । पाँच किलोग्राम चामलका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दिनभर लाइन बस्नुपर्ने अवस्था आएको छ । नेपाल खाद्य संस्थानमा चामलको अभाव हुँदा विहान ५ बजेदेखि लाइनमा बस्नु परेको गुनासो स्थानीयको छ ।

1154