लक्ष्मी सापकोटा
मंगलबार, मंसिर १९, २०७४

नेपाल आयल निगमको घाटा बढेर एक अर्ब रुपैयाँ पुगेको छ । लगातार नाफा कमाउँदै आएको निगम पछिल्लो समय मूल्य समायोजन नगर्दा घाटामा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि संघ र केन्द्रको चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन गर्न नपाउँदा निगमको घाटा बढ्दै गएको हो ।

710
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बेरुजु चुलिँदै जाँदा सरकारको आर्थिक छवि पनि कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । महालेखा परीक्षकको कार्यालयको नयाँ भवन शिलान्यास गर्दै सोमबार राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनता, भ्रष्टाचार र गैरजवाफदेहीपना बढ्दा त्यसले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको सुशासनको शाख गिरिरहेको धारणा राखिन् ।

753
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पत्रकारिता अनुसन्धानमूलक तथा विश्लेषणात्मक हुन नसकेको भन्दै यसका लागि आर्थिक पत्रकार तथा मिडिया हाउसहरू गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको २० औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहमा उपाध्यक्ष वाग्लेले मूलधारका पत्रिकाले अझै पनि आर्थिक समाचारलाई पर्याप्त स्थान नदिएको गुनासो गरे ।

687
निरु अर्याल
आइतवार, मंसिर १७, २०७४

प्राकृतिक स्रोतसम्बन्धी विवाद निरुपण र राजस्व बाँडफाँडका लागि परिकल्पना गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्वाचनपछि मात्र गठन हुने भएको छ । संसद बिघटन भइसकेको र नयाँ संसद बन्ने क्रममा रहेका कारण सरकार गठनपछि मात्र आयोग गठनको प्रक्रिया अघि बढ्ने भएको छ । समयमै आयोग गठन नहुँदा राजस्व बाँडफाँड र संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने जस्ता महत्वपूर्ण काम हुन सकेका छैनन् ।

1310
लक्ष्मी सापकोटा
शुक्रवार, मंसिर १५, २०७४

तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँसम्म पुगेको छ । व्यवसायीले भारतबाटै भाउ बढेर आएकाले महँगो भएको दावी गरिरहे पनि मूल्यवृद्धि अस्वभाविक भएको भन्दै सरकारले बिहीबार बजार अनुगमन गरेको छ ।

712
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

विश्व व्यापार संगठन (डब्लूटीओ) को ११औं मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा हुने भएको छ । डब्लूटीओको सदस्य भएका देशको सहभागितामा प्रत्येक दुई-दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलन तीन दिनसम्म अर्जेन्टिनामा हुन लागेको हो । सदस्य राष्ट्र नेपालले विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेन्डाबारे छलफल गर्न मंगलबार राजधानीमा पूर्व तयारी गोष्ठीको आयोजना गरेको छ ।

644
भगवान खनाल
बुधवार, मंसिर १३, २०७४

चालू आर्थिक वर्षको पहिलो चौमाससम्म स्थानीय तहको पुँजीगत खर्च शून्यप्रायः छ । केन्द्र सरकारले स्थानीय सरकारलाई दोस्रो चौमासिक बजेट हस्तान्तरण गरिसके पनि पुँजीगत खर्च भने नभएको पाइएको छ । स्थानीय सरकारले आफ्नो बजेटबाट ठूला पूर्वाधारका काम गर्न सकेका छैनन् ।

2147
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

नेपाल धितोपत्र बोर्डले वस्तु बजार नियमावली लागू गरेको छ । नियमावली लागू भएपछि सञ्चालनमा रहेका वस्तु बजारले नयाँ अनुमति लिएर मात्र काम गर्न पाउने भएका छन् ।

545
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

सरकारले मध्यकालिन खर्च संरचना नै तयार नगरी चालू योजना र बजेट कार्यान्वयन गरिरहेको छ । सरकारी खर्च व्यवस्थापनको अग्रिम योजनाका रूपमा लिइने मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क (एमटीईएफ)बिनै योजना र बजेट कार्यान्वयनमा लागेको सरकारलाई लक्ष्य भेट्न थप मुस्किल पर्ने देखिन्छ ।

1154
लक्ष्मी सापकोटा
सोमवार, मंसिर ११, २०७४

मुलुकमा पछिल्लो तीन महिनामा ५ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ५ अर्ब २१ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।

1660
निरु अर्याल
सोमवार, मंसिर ११, २०७४

सरकारले राजस्व न्यायाधिकरणमा जाँदा जम्मा गर्नुपर्ने धरौटी पुनरावलोकन गर्ने भएको छ । कर प्रशासनमा देखिएका समस्याको निराकरण गर्ने र करलाई प्रभावकारी बनाउने भन्दै सरकारले धरौटीको पुनरावलोकन गर्न लागेको हो । हाल प्रशासनिक पुनरावलोकनमा चित्त नबुझी न्यायाधिकरणमा जाँदा विवादित करको ५० प्रतिशत धरौटी वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । प्रशासनिक पुनरावलोकन तथा न्यायाधिकरणमा निवेदन दिँदा धरौटी राख्नुपर्ने व्यवस्थाले संवैधानिक हक खोसिएको भन्दै निजी क्षेत्रले यसलाई घटाउनुपर्ने माग गर्दै आएको छ ।

716
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

सरकारले साढे चार करोड रुपैयाँको लागतमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । भारत सरकारको ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

1226
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

निजी क्षेत्रले करसम्बन्धी जटिलतालाई तत्काल सम्बोधन हुने गरी कानुनमा सुधार गर्न सुझाव दिएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नीतिगत, कर प्रशासनको ढाँचा, उद्योग तथा लगानी प्रवद्र्धन, आयकर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, यातायात र राजस्वसम्बन्धी न्यायिक प्रणालीमा सुधार ल्याउन सरकारलाई सुझाव दिएको हो ।

837
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

मंसिरको पहिलो सातासम्म पनि सरकारले धानको मूल्य तोक्न नसक्दा बाँके र बर्दियाका धान उत्पादक किसान सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् । नेपाल खाद्य संस्थान र जिल्लामा रहेको मूल्य निर्धारण समितिले धानको समर्थन मूल्य तोक्न ढिलाई गरेकोले दुवै जिल्लाका किसानले ५ सय रुपैयाँ सस्तोमा धान बिक्री गरिरहेका छन् ।

784
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

सरकारले कर प्रशासनलाई सरलीकृत गर्न तथा एकीकृत कर प्रणाली लागू गर्ने तयारी गरेको छ । एकीकृत कर प्रणालीको मस्यौदा तयार भइसकेको र यस वर्षको अन्त्यदेखि लागू गरिने राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

2098