निरु अर्याल
सोमवार, कार्तिक २०, २०७४

वित्तीय एकरूपता कायम गर्न अब स्थानीय तहमा पनि ‘कोडिङ सिस्टम’ लागू हुने भएको छ । केन्द्रीय तहमा कोडिङ सिस्टममार्फत सरकारको आम्दानी खर्च र दायित्व व्यवस्थापन गर्दै आएको महालेखा नियन्त्रकको कार्यालयले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय तहमा पनि कोडिङ सिस्टम लागू गर्न लागेको हो । यो व्यवस्थाले सबै तहमा वित्तीय एकता कायम गर्न सहयोग पुग्ने महालेखा नियन्त्रकको कार्यालयको भनाइ छ

426
भगवान खनाल
शुक्रवार, कार्तिक १७, २०७४

स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लगाउने पाउने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको साउन १ गतेबाट स्थानीय सरकारले एकीकृत सम्पत्ति कर लगाउन पाउने व्यवस्था गरेको हो । अब मालपोत(भूमि)कर पनि एकीकृत सम्पत्ति करमा समावेश भएको छ । एकीकृत सम्पत्ति कर स्थानीय सरकारको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो ।

1115
कुबेर चालिसे
बिहिवार, कार्तिक १६, २०७४

दक्षिण एसियामा नेपाल तेस्रो सहज व्यावसायिक वातावरण भएको देश बनेको छ । व्यवसाय गर्ने वातावरणमा सुधार गर्दे गएपछि यस क्षेत्रमा भुटान तथा भारतपछि नेपाल तेस्रो व्यवसायमैत्री मुलुक भएको विश्व बैंकको प्रतिवेदनले देखाएको हो । सन् २०१८ का लागि बैकद्वारा मंगलबार प्रकाशित ‘डुङइ बिजनेस’ प्रतिवेदनअनुसार अघिल्लो वर्षभन्दा २ स्थान सुधार गरेर नेपाल १०५ औं स्थानमा उक्लिएको छ ।

617
निरु अर्याल
बिहिवार, कार्तिक १६, २०७४

प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन–इस्क्याप)ले गरेको अध्ययनअनुसार ४६ वर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको हो । युएन–इस्क्यापको उपक्षेत्रीय प्रतिवेदनले पछिल्लो ४६ वर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक प्रकोपका कारण २० लाख मानिसको ज्यान गएको देखाएको छ भने एसिया–प्रशान्त क्षेत्रका २६ सहर प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा रहेका छन् ।

398
निरु अर्याल
बिहिवार, कार्तिक १६, २०७४

सरकारले स्थानीय तहलाई दोस्रो चौमासिक बजेट मंसिर १ गते निकासा नगर्ने भएको छ । पहिलो चौमासिकमा निकासा गरेको रकमको अधिकांश हिस्सा खर्च हुन बाँकी रहेकाले मंसिर १ गते दोस्रो चौमासिक निकासा नगर्ने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि क्यालेण्डर बनाएर स्थानीय तहलाई प्रत्येक चौमासिक रकम एकमुष्ट रूपमा पठाउने बताएको थियो ।

407
कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४

कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल टे«डिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ । राजनीतिले थिलथिलो बनेर बन्द भएको सरकारी स्वामित्वको संस्थानलाई चीनबाट इन्धन आयात गर्न दिन अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

862
निरु अर्याल
मंगलबार, कार्तिक १४, २०७४

संघीयता व्यवस्थापन गर्न मात्रै १६ खर्ब रुपैयाँभन्दा बढी खर्चनु पर्ने देखिएको छ । तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न गरेको सरकारले स्थानीय तहसँगै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछिको व्यवस्थापनका लागि १६ खर्बभन्दा बढी लागत रहने प्रक्षेपण गरेको हो । अर्थ मन्त्रालयले ७ सय ५२ स्थानीय तहको व्यवस्थापनका लागि मात्रै ८ खर्ब २० अर्ब रुपैयाँ बजेट लाग्ने बताएको छ ।

1466
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा सोही महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सिर्जना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मूल्यमा उच्च वृद्धि भएका कारण भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

425
निरु अर्याल
सोमवार, कार्तिक १३, २०७४

सरकारले लक्ष्यअनुसार खर्च गर्न नसकेर ढुकुटीमै रकम थुप्रिरहेका बेला गैरबजेटरी माग भने निकै बढेको छ । कात्तिक पहिलो सातासम्म २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको गैरबजेटरी माग आएको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा समावेश भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा समस्या भएको भन्दै बिभिन्न मन्त्रालयहरूले अर्थ मन्त्रालयसँग यति ठूलो परिमाणमा रकम माग गरेका हुन् ।

447
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

राष्ट्र बैंकले मूल्य वृद्धिमा दबाब देखिन थालेको स्वीकारे पनि अर्थतन्त्रमा आशावादी हुने तर्कसमेत दिएको छ । राष्ट्र बैंकका अनुसार बाढीका कारण कृषि उत्पादनमा क्षति पुगेको भए पनि धानवालीमा भएको क्षति न्यूनीकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकाले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुग्ने अपेक्षा छ ।

508
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

नेपालमा उत्पादित अदुवा निकासीमा भारतले गर्दै आएको अवरोध हटेको छ । वाणिज्य मन्त्रालयको पहलमा हालै भारतीय भन्सारका पदाधिकारीबीच भएको छलफलबाट नेपाली अदुवा निकासीमा भएकोे अवरोध हटाएको हो ।

701
निरु अर्याल
शुक्रवार, कार्तिक १०, २०७४

सरकारले निर्वाचनका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको छ । निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरेअनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा दिएको हो ।

498
कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

नेपालले वीरगन्ज भन्सारबाट १५ वस्तुको आयातको लागमिात्र चालु आवको ३ महिनामा ३४ अर्ब रूपैया तिरेको छ । राजस्वको प्रमुख स्रोतको रूपमा रहेका सवारीसाधन, इन्धन, साना सवारी साधन, तयारी कपडा तथा सिमेण्ट उत्पादन गर्ने कच्चा पदार्थ (क्लिंकर) आयातबाट चालू आवको तीन महिना अवधिमा ३४ अर्ब ९ करोड ७२ लाख रूपैंया बाहिरिएको वीरगन्ज भन्सारले जनाएको छ ।

650
निरु अर्याल
बिहिवार, कार्तिक ९, २०७४

समयमै बजेट ल्याएको र स्थानीय तहमा बजेट पठाएको भन्दै सरकारले यो वर्ष लक्ष्यअनुसार विकास बजेट खर्च हुने दाबी गरे पनि तीन महिनाको खर्चको तथ्यांक हेर्दा विकास खर्चमा पुरानै रोग बल्झिनै देखिएको छ । सरकारी आयव्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिना र कात्तिकको पहिलो सातासम्म जम्मा १६ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ ।

904
गोपाल संग्रौला
मंगलबार, कार्तिक ७, २०७४

रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । एचआरडी कोरियाले नेपाल कार्यालयमा पठाएको बिमा रकमसेत फिर्ता लिन नेपाली कामदार आएका छैनन् । उनीहरूलाई लगातार ताकेता गर्दासमेत ३ सयभन्दा बढी नेपालीले अझै पनि आपूmले पाउनु्पर्ने बिमा रकम दाबी नगरेको कार्यालयले जनाएको छ ।

926