मीनकुमार नवोदित
शुक्रवार, जेठ २५, २०७५

अर्थशास्त्री र पर्यटन विज्ञहरुले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर बजेट बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सरकार बजेट निर्माणमा व्यस्त भएका बेला अर्थशास्त्रीहरूले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

893
लक्ष्मी सापकोटा
शुक्रवार, जेठ २५, २०७५

सरकारले नेपाल आयल निगमका कार्यकारी प्रमुखको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने तयारी गरेको छ । जग्गा खरिद प्रक्रियामा भ्रष्टाचारको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीबार राजीनामा दिएपछि नयाँ नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने तयारी सरकारले गरेको हो ।

1415
मीनकुमार नवोदित
शुक्रवार, जेठ २५, २०७५

जुट उद्योगीहरूले काउन्टर भ्यालु ड्युटी (सीभीडी)बापत भारत सरकारलाई बुझाएको अन्डर प्रोट्रेस (धरौटी) रकम फिर्ता हुनुपर्ने माग गरेका छन् ।

1298
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर २८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

724
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरूको सूची तयार भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरूको सूचि तयार पारेको हो ।

2686
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

टाङको हलेसी तुवाचुङ नगरपालिकाले वडागत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७५/७६ का लागि नगरपालिकाले पुँजीगत १० करोडमध्ये ११ वडाका लागि पाँच करोड ८५ लाख ९९ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो ।

815
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी गर्नेबाट कारबाहीस्वरुप २८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

953
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

आन्तरिक राजस्व कार्यालय भैरहवा चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । साउनदेखि वैशाखसम्म राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

1128
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दासमेत आन्तरिक राजस्व कार्यालय धनगढीले बक्यौता रकम उठाउन सकेको छैन । २ लाखभन्दा बढी मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क भएका १ सय १७ जना व्यवसायीले बक्यौता रकम नबुझाएको आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहराले बताए ।

817
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

प्रदेश नम्बर ५ को सरकार आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारीमा जुटेको छ । आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भएकाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माणमा व्यस्त भएको हो ।

1762
लक्ष्मी सापकोटा
बुधवार, जेठ २३, २०७५

नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ । विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो ।

4029
निरु अर्याल
बुधवार, जेठ २३, २०७५

सरकारले थप ३७ प्रकारका उद्योगलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयकअनुसार देशभर सञ्चालनमा रहेका १२ प्रकारका उद्योग व्यवसाय र महानगरपालिका तथा उपमहानगरपालिकाभित्र सञ्चालित थप २४ वटा उद्योग व्यवसायलाई भ्याटको दायरामा ल्याएको हो ।

4547
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

अछामको रामारोशन गाउँपालिकामा वर्षे आलु उत्पादनमा वृद्धि भएको छ । योसँगै किसानहरूचाहिँ आलु बिक्री नहुने हो कि भनेर चिन्तित भएका छन् । विगतका वर्षभन्दा यो वर्ष आलु उत्पादन निकै बढी भएकाले बजार नपाउने चिन्ता हुन थालेको सुतारकी कृषक नविना भण्डारीले बताइन् ।

734
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीले २०५८ सालमा गरेको आक्रमणमा सबै कागजात ध्वस्त भएपछि नापनक्साविहीन भएको अछाममा पुनः नापी कार्य सम्पन्न भएको छ । ११ वर्ष लगाएर गरिएको नापीपछि विशेष नापी कार्यालय अछामले लालपुर्जा वितरणसमेत गरेको छ । साविक ७५ गाविस रहेको अछाममा मेल्लेख–३ ठाँटीबाहेक सबै ठाउँमा लालपुर्जा वितरण गरिएको हो ।

823
प्रकाश पाक्साँवा
सोमवार, जेठ २१, २०७५

जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको अलैंचीको बिरुवामा ब्यापक भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । किसानलाई जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको निरोगी अलैंचीको बिरुवामा फर्जी संख्या थप गरेको भन्ने उजुरी परेपछि बिरुवा लाने किसानलाई भेटेरै अख्तियारका कर्मचारीले सोधपुछ गरेका छन् ।

1451