कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकसँग कर नउठाइ देशको विकास गर्न नसकिने बताएका छन् । आन्तरिक राजस्व कार्यालय धुलिखेलको शुक्रबार कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले करको आधारमा देशको विकास गर्ने बताएका हुन् । “सरकारले कर नउठाइ विकास गर्नै सक्दैन”, उनले भने, “सरकारले कर उठायो भनेर कराउनुको कुनै अर्थ छैन ।” उनले उठाएको करबाट सही काम भयो की भएन भनेर खबरदारी गर्न भने जरुरी रहेको बताए ।

101
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

व्यावसायिक रूपमै गाजर खेतीमा लागेका धनकुटाको भीरगाउँका किसानले आकर्षक आम्दानी गरिरहेका छन् । उत्पादन राम्रो भए पनि व्यापारीकै भाउमा बिक्रि गर्नु पर्ने बाध्यताले अन्य किसानजस्तै गाजर उत्पादक पनि मारमा परेका छन् । चार रोपनी क्षेत्रफलमा खेती गरिरहेका धनकुटाको भीरगाउँका नवीन कार्की गाजर बेचेरै वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छन् । नवीन जस्तै भीरगाउँको बस्नेतटोल, चोक्रोक र किन्ताङका एक सय भन्दा बढी किसान व्यावसायिक गाजर खेतीमा संलग्न छन् ।

252
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको हो । ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले ७५ लाख ६ हजार ६०० राजस्व संकलन गरेको जनाएको छ ।

206
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ । शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७० हजार ७ सय कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

258
प्रगति ढकाल
सोमवार, भदौ २, २०७६

बागमती, विष्णुमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रैकरिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ । बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ ।

251
लक्ष्मी सापकोटा
सोमवार, भदौ २, २०७६

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थानमा ग्यासको भण्डारणगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो । यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेकोे छ ।

233
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

नेपालबाट निर्यात गरिने चिया परीक्षणमा झन्झट हुने गरेको छ । नेपाली ‘ट्रेडमार्क’ मा भारत जाने चियामा सिमानादेखि नै झन्झट सुरु हुने गरेको व्यवसायीहरूको भनाइ छ । भारतले नेपालको तयारी चियाको गुणस्तर परीक्षणका क्रममा झन्झट दिइरहेको भन्दै व्यवसायीहरूले यसका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन् ।

327
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्न अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएसम्म भारतका पूर्वाधार प्रयोग गर्ने विषयमा त्रिदेशीय छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुइ देशबीच विद्युत् व्यापार गर्न त्रिदेशीय छलफल गर्न लागिएको जानकारी दिएका हुन् । बंगलादेश सरकार नेपालमा उत्पादित विजुली खरिद गर्न तयार भइसकेको छ । तर, नेपाल र बंगलादेशबीच सिधै विद्युत् व्यापार गर्न प्रसारणलाइन निर्माण भइसकेको छैन ।

352
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाँती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नु नै दुवै देशको हितमा रहेको बताए ।

211
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्सलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदास अलनाकवीसँगको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर र वातावरण भएको भन्दै पूर्वाधारमा लगानी गर्न आग्रह गरेका हुन् ।

184
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न बुधबार एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयाजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो । साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धिसम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला सम्मिलित कार्यदल गठन गरेको हो ।

107
लक्ष्मण ढुंगाना
शुक्रवार, श्रावण ३१, २०७६

आन्तरिक राजस्व कार्यालय बाँकेमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या निकै बढेको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीले साउन १ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य व्यवस्था लागू भएसँगै कार्यालयमा सेवाग्राहीको भीड लागेका हो । कार्यालयका अनुसार बिहीबारसम्म करिव ११ हजार जनाले व्यक्तिगत प्यान लिएका छन । एकमहिना नपुग्दै प्यान लिन आउनेको यो संख्या हालसम्मकै सवैभन्दा बढी भएको कार्यालयले जनाएको छ ।

416
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

इलाममा किवी खेती फस्टाएको भए पनि गुणस्तरीय उत्पादन नहुँदा बजारमा समस्या देखिएको छ । एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवीको गुणस्तरीय उत्पादनमा किसानले ध्यान नदिँदा बजारको समस्या परेको हो । यहाँ उत्पादित फल सानो हुने भएकाले पनि समस्या हुने गरेको बताइएको छ ।

373
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

समयमै विरुवा काँटछाँट र मलजलको व्यवस्था भएपछि यस वर्ष मुगुमा स्याउ उत्पादन राम्रो भएको छ । गर्त वर्ष समयमै हिउँ र पानी नपर्दा तथा फल लाग्ने समयमा असिनापानी पर्दा उत्पादन घटेको थियो । तर यो वर्ष गतवर्षको तुलनामा राम्रो उत्पादन भएको छायानाथ रारा नगरपालिका–५ का किसान बाँच्या महताराले बताए ।

384
सागर परियार
शुक्रवार, श्रावण ३१, २०७६

जुम्लामा प्यान लिनेको संख्या बढेको छ । सरकारले चालू आर्थिक वर्षबाट सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि प्यान लिनेको संख्या बढेको हो । तर प्यान लिनेमा निजी क्षेत्रका कार्यरतहरुको संख्या कम कम देखिएको छ । जुम्लामा साउन २९ गतेसम्म झन्डै ३ हजारले स्थायी लेखा लम्बर लिएका छन् । यसमा निजी क्षेत्रको सहभागिता करिब ५ प्रतिशत मात्र रहेको करदाता सेवा कार्यालय जुम्लाले जनाएको छ ।

272