कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५
617

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महङ्गी नियन्त्रणमा सरकार सदासिन बनेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शुन्य र विशेष समयमा कांग्रेसका सांसदहरुले बजेटमा करका दर बढाइएपछि व्यापारीहरुले जथाभावीरुपमा उपभोग्य वस्तुको भाउ बढाएपनि नियन्त्रणका लागि कुनै कदम नचालेको भन्दै सरकारको आलोचना गरे । उनीहरुले सर्वहाराको नेतृत्व गरेको भन्ने सरकारले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धिमा आँखा चिम्लिन मिल्छ ? भनेर प्रश्न गर्दै मूल्य वृद्धिमा सरकार के हेरेर बसेको छ भनी सोधे ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवार र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदारहरुलाई सरकारले एक एक गरेर कार्बाही गर्नुपर्ने बताए ।
बैठकमा सांसदहरुले निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कार्बाही गर्न खुट्टा कमाए सरकारको औचित्यमाथि नै प्रश्न उब्जिने पनि बताए ।