कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
670

संखुवासभा-खाँदबारी नगरपालिकाको सातौं नगरसभाद्वारा पारित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनि गरेका हुन् । नगरप्रमुख खतिवडाले खाँदबारी नगरपालिकाका ११ वटै वडाबाट आएका योजनाका साथै नगर र प्रदेशस्तरीय तथा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित योजनाहरुको सूची प्रस्तुत गरेका थिए ।

खतिवडाले २०७७-०७८ का लागि नगरपालिकातर्फ ६१ करोड ८३ लाख ७० हजार ४ सय अनुमानित आय व्ययको बजेट प्रस्तुत गरेका छन् भने नगरपालिकाको आर्थिक श्रोतबाट ४ करोड रुपैयाँ, राजस्व बाँडफाटतर्फ ८ करोड २२ लाख ६७ हजार ४ सय, संघीय वित्तीय समानिकरण सशर्तबाट १७ करोड ७ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदानतर्फ २७ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यस्तै संघीय समपुरक २ करोड ४६ लाख, प्रदेश वित्तीय समानिकरणतर्फ ७२ लाख ६ हजार, प्रदेश सशर्त राजस्व अनुमानतर्फ ७७ लाख ९७ हजार, प्रदेश समपुरक अनुदानतर्फ १ करोड र सडक बोर्ड नेपालतर्फ ४० लाख रुपैयाँ आय आर्जन हुनेगरी अनुमानित बजेट प्रस्तुत गरिएको नगरप्रमुख खतिवडाले जानकारी दिए ।
आर्थिक २०७७-०७८ मा बिनियोजित कुल ६१ करोड ८३ लाख ७० हजार ४ सय बजेटमध्ये नगरपालिकातर्फको प्रशासनिक खर्चका लागि ११ करोड २९ लाख ९७ हजार, भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड ४० लाख, आर्थिक विकासतर्फ १ करोड ५० लाख, सामाजिक विकासतर्फ २ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४० लाख, सुशासन तथा संस्थागत विकासतर्फ २५ लाख विनियोजन गरिएको छ । त्यसमध्ये संघीय सरकारबाट सशर्त अनुदानतर्फ २७ करोड १८ लाख बजेट तथा कार्यक्रम समेत प्राप्त भइसकेको नगरप्रमुख खतिवडाले जानकारी दिए ।
संखुवासभा जिल्लाको पहिलो नगरपालिका खाँदबारी नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा सडकको स्तरोन्नति, खानेपानी, विद्युतीकरण र वातावरणीय सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
संखुवासभाका १० स्थानीय तहमध्ये अधिकांशले यस वर्षको नीति तथा कार्यक्रममा सडक, खानेपानी, विद्युतीकरणलाई प्राथमिकतामा राखेका छन् ।