सागर परियार
मंगलबार, असार ९, २०७७
691

स्थानीयतहमा बजेट ल्याउने चटारो
जुम्लाका स्थानीयतह आगामी आर्थिक वर्षको बजेट ल्याउने चटारोमा छन् । एक नगरपालिका सहित सात गाउँपालिका कोरोनाले सृजित परिस्थिती अनूकुल नीति कार्यक्रम तथा बजेट ल्याउने कसरतमा जुटेका हुन् । असार १० गते अनिवार्य बजेट ल्याउनु पर्ने प्रावधान अनुसार स्थानीय तह विगत एक साता देखि बजेट ल्याउने तयारीमा जुटेको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए । उनका अनुसार तातोपानी गाउँपालिकाको बजेट ल्याउने अन्तिम तयारी भईरहेको छ ।

कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७७-०७८ को नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी भईरहेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताए । महामारीको चपेटमा परेको बेला स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट विनियोजन गरी रोजगारी सिर्जनामा केन्द्रित हुने लक्ष्य राखिएको उनको भनाई छ ।
कोभिड–१९का विरुद्ध लड्नु गुणस्तरीय स्वास्थ्य सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यका साथ नगरले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताईन् ।
विगतको भन्दा महोत्वकाँक्षी बजेट नीति ल्याउनु भन्दा थोरै कार्यान्वयनमुखी ल्याउनु पर्ने दबाबमाना स्थानीय सरकार छ । त्यसैले रोग भोकबाट लडन सक्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुको विकल्प छैन् ।
सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले भने,“स्वास्थ्य जीवनको महत्त्वपूर्ण विषय भएकाले बजेटमा पहिलो प्राथमिकतामा राखिने छ । त्यसपछि कृषि र रोजगार नछुटाई बजेटमा समाबेश गरिने भएको छ । उता पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढुथापा भन्छन,“ठुलो मात्रामा बजेट ल्याउने तर कार्यान्वयन नगरी फिर्ता पठाउने प्रबृत्तिको अन्त्य गर्ने खालको बजेट ल्याउने तयारी छ ।”
कार्यान्वयनमुखी बजेट ल्याउन सुझाब
स्थानीय सरकारले कोरोना संकटका बीच पनि बस्तीबस्तीमा पुगेर योजना तर्जुमा गरेको छ । कोरोना संकटले बजेट निर्माणका सात चरणलाई पुर्ण पालाना गर्न नसकेपछि बस्ती तथा वडास्तरबाट योजना तर्जुमा र सुझाब संकलन गरिएको तातोपानी २ नंम्बर वडाध्यक्ष कृष्ण बुढाले बताए । वडास्तरमा योजना तर्जुमाका क्रममाा स्थानीयले थोरै तर कार्यान्वयनमुखी बजेट ल्याउन सुझाब दिएका छन् । यूवा नवराज बुढाले भने,“आगामी आवको सबै बजेट पर्यटनक केन्द्रित हुनुपर्छ ।
व्यवसायी कृषि, बाटोघाटो सुधार, खानेपानी व्यवस्थापन, लगायतका पूर्वाधार बनाउनुनै पर्यटन क्षेत्रलाई बढवा दिनु हो ।”तातोपानी क्षेत्रमा रहेका पर्यटकिय सम्भावनाहरुलाई आबश्यक लगानी गर्नुपर्ने सुझाब दिए । साथै समाजसेवी धन बहादुर बुढाले भने,“स्थानीय तहले साना तिना योजना बनाउने कनिका छराई बजेट दिने हो भने विकास भन्दा उपाभोक्ता समिति मोटाउने काम हुन्छ । त्यसैले थोरै बजेट कार्यान्वयन मुखी ल्याउनु पर्ने सुझाब दिए । यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानका अनुसार पूर्वाधार विकास भन्दा कृषि, स्वास्थ्य, रोजगारमा बढी प्रथामिकता दिएर बजेट ल्याउने दाबी गरे ।