कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
741

व्यवसायीको विरोधपछि सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ।
आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। त्यसपछि लकडाउनको अवधिमा कर तिर्न उर्दी जारी गरेकोमा अर्थमन्त्री डा. युवराज खतिवडाको ब्यापक विरोध सुरु भएको थियो। व्यवसायीको विरोधपछि विभागले अर्को सुचना जारी गर्दै कर तिर्ने समय बढाएको हो।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ। आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।
यसैबिच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।