कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
444

दाङ-संघीय सरकारले बजेट ल्याएसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारहरु पनि नीति कार्यक्रमसँगै बजेट विनियोजनको तयारीमा जुटन थालेका छन् । संघीय जेठ १५ गते ल्याएको बजेटमा जिल्लाका स्थानीय तहका लागि यो बजेट विनियोजन गरेको हो । संघीय सरकारपछि प्रदेश सरकारले बजेट ल्याउने छन् । जिल्लाका स्थानीय तहरुले नीति कार्यक्रम तथा बजेट निर्माणको तयारी समेत थालेको जनाएका छन् । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले नीति तथा कार्यक्रम भने ल्याइ सकेका छैनन् । स्थानीय तहहरु कोरोना भाइरसको संक्रमणबाट बच्न रोजगारका लागि विदेशिका नागरिकको व्यवस्थापनमा लागि परेको छ ।
जिल्लामा संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ४ अर्ब ३८ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका १० वटा स्थानीय तहमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानमार्फत आउने भएको छ । घोराही उप–महानगरपालिकामा ९७ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ । जसमा समानिकरण अनुदान ३२ करोड ७२ लाख, सशर्त अनुदान ६२ करोड ९७ लाख, विशेष अनुदान १ करोड १० लाख र समपुरक ७२ लाख प्रदान गरिएको छ ।

तुलसीपुर उप–महानगरपालिकामा ८९ करोड ७८ हजार विनियोजन गरिएको छ । समानिकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान ५५ करोड ३४ लाख, विशेष अनुदान २ करोड ५० लाख समपुरक अनुदान १ करोड ४९ लाख विनियोजन गरिएको छ । लमही नगरपालिकामा ४६ करोड ६२ लाख बजेट निनियोजन गरिएको छ । समानिकरण अनुदान १४ करोड ३० लाख, शसर्त अनुदान ३० करोड ७२ लाख विशेष अनुदान १ करोड ६० लाख विनियोजन गरिएको छ । गढवा गाउँपालिकामा ३३ करोड ६७ लाख विनियोजन गरिएको छ । समानिकरण अनुदान १२ करोड ४५ लाख, सशर्त अनुदान २० करोड ७२ लाख, विशेष अनुदान ५० लाख विनियोजन गरिएको छ ।
त्यसैगरी दंगीशरण गाउँपालिकामा २३ करोड विनियोजन गरिएको छ । समानिकरण अनुदान ९ करोड ४७ लाख, सशर्त अनुदान १३ करोड ५३ लाख विनियोज गरिएको छ । बंगलाचुली गाउँपालिकामा ३० करोड ४५ लाख निनियोजन गरिएको छ । समानीकरण अनुदान ९ करोड ५७ लाख, सशर्त अनुदान २० करोड ८८ लाख विनियोजन गरेको छ । बबइ गाउँपालिका २८ करोड ४९ लाख विनियोजन गरिएको छ । समानिकरण अनुदान १० करोड २५ लाख, सशर्त अनुदान १५ करोड ४६ लाख, विशेष अनुदान १ करोड ५० लाख समपुरक अनुदान १ करोड २८ लाख विनियोजन गरिएको छ ।
राजपुर गाउँपालिकामा २७ करोड १५ लाख विनियोजन गरिएको छ । समानिकरण अनुदान ९ करोड ८२ लाख, सशर्त अनुदान १६ करोड २३ लाख, विशेष अनुदान १ करोड १० लाख विनियोजन गरिएको छ । राप्ती गाउँपालिकामा ३३ करोड १२ लाख विनियोजन गरिएको छ । समानिकरण अनुदान १३ करोड ३ लाख, सशर्त अनुदान १९ करोड ५९ लाख र समपुरक अनुदान ५० लाख विनियोजन गरिएको छ । शान्तिनगर गाउँपालिकामा २८ करोड ९८ लाख विनियोजन गरिएको छ । समानिकरण अनुदान ९ करोड ९७ लाख, सशर्त अनुदान १६ करोड ९१ लाख, बिशेष अनुदान १ करोड १ करोड ३० लाख र समपुरक अनुदान ८० लाख विनियोजन गरिएको छ ।