कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
630

१ वर्षको अवधिमा काठ आयात २० प्रतिशतले घटेको छ । आर्थिक सर्वेक्षण सर्वेक्षण २०७६-०७७ ले १ वर्षको अवधिमा काठ आयात २० प्रतिशतले घटेको देखाएको छ । आर्थिक वर्ष २०७४-७५ तुलनामा आर्थिक वर्ष २०७५-०७६ मा काठको आयात २० प्रतिशतले घटेको छ । आर्थिक वर्षा २०७४-०७५ मा काठको आयात ९ लाख ७५ हजार क्यूफिट रहेकोमा आर्थिक वर्ष २०७५-०७६ मा काठको आयात ७ लाख ८६ हजार क्यूफिट रहेको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा १ करोड ९४ लाख क्यूविक फिट काठ संकलन भएकामा आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म १ करोड २ लाख ५९ हजार ३ सय ९९ क्यूविक फिट काठ संकलन गरिएको छ ।

संरक्षित क्षेत्रको आम्दानी बढ्यो
संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक र राजस्व परिचालन विगत दशकमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा संरक्षित क्षेत्रबाट संकलन भएको राजस्व आर्थिक वर्ष २०७४-०७५ को तुलनामा ४.८ प्रतिशतले वृद्धि भई ७३ करोड ९९ लाख पुगेको थियो । चालू आर्थिक वर्षको फागुन महिनासम्म यसको राजस्व ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।