सरस्वती ढकाल
बुधवार, जेठ १४, २०७७
562

- उद्योग विभागमार्फत  आउने लगानी १६५ प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको आठ महिनामा १ खर्ब ८५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । लगानी बोर्डमार्फत आउने विदेशी लगानी १ खर्ब ५५ अर्ब रुपैयाँ र उद्योग विभागबाट २९ अर्ब ६७ करोड रुपैयाँ स्वीकृत भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू वर्षको आर्थिक सर्वेक्षणले फागुनसम्म विदेशी लगानी  सन्तोषजनक रहे पनि त्यसयता कोरोना महामारीका कारण वृद्धिदर घट्ने अनुमान गरेको छ । 
सर्वेक्षणमा औद्योगिक वातावरण निर्माणका लागि गरिएका नीतिगत कानुनी तथा संरचनात्मक सुधारका साथै प्रक्रियागत सरलीकरणका कारण विदेशी लगानी बढेको उल्लेख छ । यसै समयमा सरकारले विदेशी लगानीलाई थप सहजीकरण गर्न र आवश्यक सुविधा एउटै ठाउँबाट उपलव्ध गराउन एकलविन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । एकलविन्दु सेवा केन्द्रबाट विदेशी लगानकर्ताले आवश्यक जानकारी तथा सेवा सुविधाका विषयमा जानकारी लिन सक्छन् भने कर लगायतका विवाद  कम गर्न यो केन्द्र सञ्चालनको मुख्य उद्देश्य हो । आर्थिक वर्ष २०७६-७७  फागुनसम्म उद्योगमा कुल २१ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ लगानी रहेको छ । उद्योग विभाग मार्फत आउने विदेशी लगानी चालु वर्षको आठ महिनामा गतवर्षको सोही अवधिको तुनलामा १६५ प्रतिशतले बृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगमा गरी ६ लाख १४ हजार ८ सय २७ जनाले रोजगारी पाएका छन् ।
औद्योगिक क्षेत्रलाई प्रोत्साहन संरक्षण तथा नियमन गरी राष्टिय आयमा उद्योग क्षेत्रको योगदानमा टेवा पु¥याउन औद्योगिक व्यवसाय ऐन २०७६ कार्यान्वयनमा आएको छ । कुल गार्हस्थ्य उत्पादनमा औद्यागिक उत्पादनको योगदान चालू वर्षमा ५.१ प्रतिशत हुने अनुमान सर्वेक्षणले गरेको छ । आर्थिक वर्ष ०७५-७६ मा २१८ उद्योगमा ११ अर्ब १८ करोड लागनी प्रतिवद्धता आएको र त्यसबाट ७ हजार ९ सय ५३ जनाले रोजगारी पाएका थिए । सुरुदेखि आर्थिक वर्ष २०७६-७७ को फागुन ४ हजार ९ सय ९९ उद्योगमा ३ खर्ब २४ अर्ब बरावरको लगानी प्रतिवद्धता आएको छ । दर्ता भएका विदेशी लगानीका उद्योगमा साना उद्योग ८३ प्रतिशत, मझौला ११ र ठूला उद्योग ६ प्रतिशत छन् । त्यसैगरी आर्थिक वर्ष २०७६-७७  फागुनसम्म दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ऊर्जामूलक ४० प्रतिशत, सेवामूलक १९, उत्पादनमूलक १८, पर्यटन १६ र निर्माणमा १ प्रतिशत लगानी रहेको छ । उद्योग दर्ताका आधारमा भने सबैभन्दा धेरै विदेशी लगानीका उद्योग ३३ प्रतिशत सेवा क्षेत्र, पर्यटन ३१ प्रतिशत र उत्पादनमूलकमा २४ प्रतिशत छन् । त्यसैगरी विदेशी लगानी स्वीकृति पाएका उद्योगमध्ये चीन सबैभन्दा अगाडि छ । चीनको ४४, भारत ३० प्रतिशत रहेको तथ्यांक छ । संख्यात्मक रुपमा हेर्दा पनि चीनको सबैभन्दा धेरै ३३ प्रतिशत र भारतको १६ प्रतिशत रहेको छ । सबै विदेशी लगानीबाट स्थापित उद्योगहरूमा २ लाख  ६७ हजार रोजागारी सिर्जना हुने अनुमान सर्वेक्षणले गरेको छ । सुरुदेखी आर्थिक वर्ष २०७६-७७ फागुनसम्ममा दर्ता भएका विदेशी लगानीका उद्योग सबैभन्दा धेरै बागमती प्रदेशमा ८१ प्रतिशत छन् भने बाँकी १९ प्रतिशत अन्य प्रदेशमा छन् । सर्वेक्षणअनुसार हालसम्म ४ सय ९ सय ९९ उद्योगमा ३ खर्ब २४ अर्ब ५ लाख बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । जसमध्ये साना उद्योग ८३ प्रतिशत, मझौला ११ प्रतिशत र ठूला उद्योग ६ प्रतिशत रहेका छन् । । चालू वर्षको ८ महिनासम्म उद्योग दर्ता र लगानी प्रतिवद्धता उत्साहजनक भएपनि कोरोना भाइरसका कारण आवको बाँकी अवधिमा भने नकारात्मक असर पर्न जाने सर्वेक्षणले जनाएको छ । १६ हजार ९ सय कम्पनी दर्ताचालू वर्षको आठ महिनामा १६ हजार ९ सय उद्योग दर्ता भएका छन् । गत वर्षको  तुलनामा यो संख्या झन्डै ९ हजारले कमी हो । गत गर्षमा २५ हजार ४ सय ८६ कम्पनी दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा २२ हजार २ सय, ०७३-७४ मा १८ हजार ६ सय र ०७२-७३ मा १४ हजार ८ सय कम्पनी दर्ता भएका थिए  । प्रदेशगत रुपमा सबैभन्दा धेरै कम्पनी बागमती प्रदेशमा दर्ता भएका छन् । बागमति प्रदेशमा एक चौथाई कम्पनी दर्ता भएकोमा सबैभन्दा कम कर्णाली प्रदेशमा १.१ प्रतिशत मात्रै कम्पनी दर्ता भएको सर्वेक्षणमा उल्लेख छ ।