सागर परियार
बुधवार, फाल्गुन ७, २०७६
660

जुम्ला-तिला गाउँपालिकाका प्रेम बस्नेत आफ्नै नर्सरीमा उत्पादन गरेका किरब ३ सय बढी स्याउका विरुवा निर्यात गर्ने तयारीमा छन् । गाउँपालिकाको कृषि अनुदान केहि आफ्नो लगानीबाट नर्सरी व्यवसाय गरेका बस्नेतले स्याउका विरुवाबाटै वर्षेनि लाखौ कमाउदै आएका छन् । यता, गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यस वर्ष आफ्नो नर्सरीबाट करिब ६ सय स्याउका बिरुवा सोलुखुम्बु पठाएका छन् ।
बाहिरी जिल्लामा जुम्ली स्याउका विरुवाको माग बढ्दै गएकाले फेरी पनि पठाउने तयारीमा छन् । अहिले विरुवाको गोडमेल तथा काँटछाँट भईरहेको छ । त्यस्तै पातारासीका किसान लक्षिराम खड्काले पनि करिब ५ सय बढी स्याउका विरुवा बाहिर जिल्लामा पठाएका छन् । उनले पनि स्याउका विरुवा बेचेरै बार्षिक रुपमा ५ लाख बढी आम्दानी गर्दै आएका छन् ।

प्रेम, रुद र लक्षिराम मात्रै होइन, पछिल्लो समय जुम्लाका अधिंकाश किसानका आफ्नै स्याउ नर्सरी छन् । जुम्लामा स्याउ उत्पादन गर्ने क्षेत्र बढ्दै गएपछि ताजा स्याउसँगै बिरुवा बेचेर उनीहरूले मनग्गे आम्दानी गरिरहेका छन् । जुम्लामा उत्पादित बिरुवाको माग जिल्लाबाहिर बढी भएका कारण पनि नर्सरी व्यवसायमा लागेको तिलाका प्रेम बस्नेत बताउँछन् ।
२ करोडका विरुवा निर्यात
जुम्लामा पछिल्लो समय स्याउ उत्पादनको क्षेत्र बढ्दै गएको छ । नगदेबाली स्याउ जुम्लीको जीविकोपार्जनको प्रमुख स्रोत पनि हो । स्याउखेतीमा स्थानीयको आर्कषण बढ्दै गएपछि स्याउ उत्पादन हुने क्षेत्रफल बढेको छ । पाँच वर्षको अवधिमा जुम्लामा करिब ७ लाख स्याउ विरुवा उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ ।
भने, यस वर्ष मात्रै जुम्लाबाट करिब २ करोड ४० लाख बराबरको स्याउका बिरुवा बिक्री निर्यात भईसकेको कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।
व्यवसायीक रुपमा स्याउ खेती गरिहेका सबै किसानका आफ्नै स्याउ नर्सरी छन् , उनले भने, जुम्ली किसानतले स्याउ संगै नर्सरीबाट पनि दोहोरो आम्दानी गरिहेका छन् ।
भने, जिल्लामा करिब ५ प्रतिशत मात्रै बिरुवा खपत हुन्छ, ८० प्रतिशत उत्पादनको बजार जिल्लाबाहिरै हो । (डेलिसियस) जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित गरिएको उनले जनाए । भने, जुम्लाबाट सोलुखुम्बु, मनाङ मुस्ताङ, बझाङ, बाजुरा, रसुवा, डोल्पा, मुगु, हुम्ला र कालीकोट लगायत धेरै जिल्लामा जूम्लाबाट स्याउका विरुवा निर्यात भईरहेको छ ।
११० व्यावसायिक नर्सरी दर्ता
जुम्लाका आठै स्थानीयतहमा स्याउ खेतीको सम्भावना राम्रो छ । अहिले जुम्लाको ३ हजार १ सय बढी हेक्टर जमिनमा स्याउ खेती भईरहेको छ । करिब साढे १६ हजार बढी घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको बढ्दो मागले जुम्लामा अहिले सम्म करिब १ सय १० व्यवसायीक नर्सरी दर्ता भएका छन् । व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरिद गरिरहेका छन् । दुई वर्षअघि २५ रुपैयाँमा बिक्री हुने गरेका बिरुवाको मूल्य अहिले ४० पुगेको छ । अझै माग बढेकाले आम्दानी पनि राम्रो हुने पातारासीका लछिराम बताए ।
जुम्लामा उत्पादित स्याउका बिरुवा देशैभरि पुग्ने चन्दननाथ नगरपालिकास्थित तलिउमका नर्सरी सञ्चालक नरबहादुर रावतले बताए । ‘जुम्लामा एक घर, एक बगैंचा कार्यक्रम सुरु भएसँगै स्याउको नर्सरी थालेको हुँ उनले भने, ‘कर्णाली राजमार्ग खुलेसँगै स्याउका बिरुवाले बजार पाए  ।
कलमी प्रविधिबाट उत्पादित बिरुवा पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म पुगेको उल्लेख गरे । उनले यस वर्ष आठ सय स्याउका बिरुवा बाहिर पठाइसकेका समेत जानकारी दिए । अझै पाँच सयभन्दा बढी बिरुवा बिक्री हुने उनको भनाइ छ । जुम्लामा दर्ता भएका १ सय १० नर्सरी व्यवसायी स्याउ संगै नर्सरीबाटै दोहोरो आम्दानी गरिहेका छन् ।
यहाँका आठै स्थानीयतहले स्याउखेती कार्यक्रमलाई प्रथामिकता दिएका छन् । भने, किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन पनि अनुदान दिने गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले बताए । अझ स्याउखेतीलाई विस्तार गर्न अनुदानमा विरुवा वितरण गरिएको उनको भनाई छ ।
बिरुवा काटछाँटमा बेस्त किसान
यतिबेला जुम्लाका किसान स्याउका विरुवा काटछाँटमै बेस्त छन् । बोटको कोपिला पलाउने र फुल्ने मौसम सुरु हुन थालेपछि उनको बारीमै व्यस्तता बढेको हो । तातोपानी २ का विष्ण अधिकारी भन्छन्, यति बेला राम्रो काटछाँट नभए स्याउले उत्पादन राम्रो नदिने बताए ।
त्यसैले पनि सबै किसान स्याउका विरुवा काँटछाँटमै बस्ेत छन् । हिउँका डल्ला स्याउका फेदमा राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कमली गर्ने, गोडमेल गर्ने, बोडो पेष्ट लगाउने लगायतका काम जुम्लाका किसानले गरिसहेका छन् ।