नीरज पिठाकोटे
सोमवार, मंसिर ३०, २०७६
376

आफ्ना पिताले स्थापना गरेको उद्योग व्यवसाय होस् वा व्यापार नै किन नहोस, त्यसलाई दोस्रो पुस्ताले हेर्ने र सम्हाल्ने क्रम नेपालमा पछिल्लो समयमा बढ्दै गएको छ । विदेशी ज्ञान र सीप लिएर स्वदेश फर्किएका युवा (छोरा वा नाति) पुस्ताले आफ्ना पितापूर्खाले गरेको व्यवसायलाई आधुनिक तरिकाबाट अगाडि बढाउँदा त्यसले सफलता पनि पाएको देखिन्छ । कतिपय अवस्थामा पहिलो पुस्ता अर्थात् बुबाहरु सक्रिय रुपमा दैनिक दौडधुप गर्न नसक्ने वा सक्रिय राजनीतिमा लाग्न थालेपछि व्यवसायको जिम्मा स्वतः दोस्रो वा तेस्रो पुस्तामा सरेको देखिन्छ भने अहिले छोरा वा नातिलाई व्यवसायप्रति आकर्षित गर्न पनि कलिलै उमेरमा जिम्मेवारी दिन थालिएको पाइन्छ ।

विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र घोषणागरेसँगै विरासतमा पाउँदै आएको राज्य सञ्चालनको पुस्ता हस्तान्तरणको अन्त्य भयो । विभिन्न चरणमा भएको आन्दोलनकै उभारले नेपालको राजनीतिक इतिहासमा२४० वर्षको एकल जातीय पुस्ता हस्तान्तरणको शासन व्यवस्था अन्त्य त भयो । तर, ती शासन व्यवस्था अन्त्य गर्न आन्दोलनको अग्रमोर्चामा रहेका तीनै राजनीतिक व्यक्तिहरुकै वरिपरी अझै पनि नेपालको राजनीति घुमिरहेको छ । अझ भनौं २००७ सालको परिवर्तनका लागि लडेको व्यक्तिहरुकै राजनीतिक सक्रियता अहिलेको शासन व्यवस्थामा पनि प्रभाव जमाएर बसेको छ । शासन व्यवस्था परिवर्तन भएपनि अवस्था भने उही छ । तुलनात्मक रुपमा केही परिवर्तनको संकेतहरु देखिएपनि अपेक्षाकृत परिवर्तन नहुनुमा भने पुराना पुस्ताका राजनीतिक व्यक्तिहरुको प्रभाव र सक्रियता अथवा पुस्ता हस्तान्तरण नहुनु नै हो । अर्थात राजनीतिमा पुस्ता हस्तान्तरणको विकास नहुनु नै परिवर्तन र विकासको बाधक मान्न सकिन्छ ।तर,०४६ को दशकपछि नेपालमा भएको औद्योगिक क्षेत्रको विकाससँगै नेपालमा निजीक्षेत्रका उद्योग व्यवसायमा भने पुस्ता हस्तान्तरण तीव्र भएको छ । यसकै फलस्वरुप उद्योग व्यवसायमा व्यापक परिवर्तन आएको छ । खासगरी प्रथम ऐतिहासिक जनआन्दोलन पश्चात परिवर्तन भएको बहुदलीय व्यवस्थापछि नेपालमा उद्योग व्यवसायको विकास भएको हो । उद्योग व्यवसायको विकाससँगै निजीक्षेत्रमा पुस्ता हस्तान्तरणले पनि आर्थिक विकास चलायमान भएको विश्लेषकहरुले बताउने गरेका छन् । राजनीतिमा पूराना मानसिकताका व्यक्तिहरुकै प्रभावका कारणले परिवर्तन हुन नसकेको र निजीक्षेत्रको उद्योग व्यवसायमा नयाँ पुस्ताको सक्रियता र पुराना पुस्ताले पनि सहजै पुस्ता हस्तान्तरण गर्दा परिवर्तनमा सहजता आएको छ । आफ्ना पिताले स्थापना गरेको उद्योग व्यवसाय होस् वा व्यापार नै किन नहोस, त्यसलाई दोस्रो पुस्ताले हेर्नेर सम्हाल्ने क्रम नेपालमा पछिल्लो समयमा बढ्दै गएको छ । विदेशी ज्ञान र सीप लिएर स्वदेश फर्किएका युवा (छोरा वा नाति) पुस्ताले आफ्ना पितापूर्खाले गरेको व्यवसायलाई आधुनिक तरिकाबाट अगाडि बढाउँदा त्यसले सफलता पनि पाएको देखिन्छ ।कतिपय अवस्थामा पहिलो पुस्ता अर्थात् बुबाहरु सक्रिय रुपमा दैनिक दौडधुप गर्न नसक्ने वा सक्रिय राजनीतिमा लाग्न थालेपछि व्यवसायको जिम्मा स्वतः दोस्रो वा तेस्रो पुस्तामा सरेको देखिन्छ भने अहिले छोरा वा नातिलाई व्यवसायप्रति आकर्षित गर्न पनि कलिलै उमेरमा जिम्मेवारी दिन थालिएको पाइन्छ । कतिपय उद्योगी÷व्यवसयीले आफ्नो व्यापारव्यवसायलाई अघि बढाउन मात्रै होइन, व्यवसायलाई समयसापेक्ष बनाउँदै अघि लैजान पनि दोस्रो पुस्ताले नेतृत्व लिनुपर्ने धारणाहरु पनि राखेका छन् । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताका युवाहरुको सीप, जोस जाँगर र विकसित सूचना प्रविधिको पहुँचले पनि पुस्ता हस्तान्तरणपछिको उद्योग व्यवसायहरु चलायमान भएको पाइन्छ ।

व्यवसायलाई परिमार्जित र विस्तार गर्न सकिन्छ
गणेश लाठ
(गणेश ट्रेडिङ सेण्टर) वीरगन्ज  
स्व. गोरखराम लाठ, स्व. वृजलाल लाठ र स्व. विहारीलाल लाठ परिवारबाट उद्योग व्यवसायमा आएका गणेश लाठ वीरगन्ज उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्ष एवं हाल उद्योग वाणिज्य संघ प्रदेशको सदस्य पनि हुन् । उनी व्यवसायमा लागेको चालिस वर्ष भएको छ ।खाद्यान, कृषि मेशिनतथाउपकरणको आयात, सोयावडी तथा कपडा उद्योग, मार्वल, टायल्स, सेनेटरी समानको आयात गर्ने गरेका लाठ नेपालभरीथोक तथा खुद्रामा मालसमान बिव्रीवितरण गर्ने गर्छन् । उनको झण्डै ३५ साल पुरानो चामलमिलथियो । भारतीयचामलसँग बढ्दो प्रतिस्पर्धा गर्न नसकेर अहिले बन्द गरेका छन् । त्यस्तै ३० साल पुरानो चकलेट कारखानाथियो । त्यसमापनित्यहीविदेशी चकलेसँग प्रतिस्पर्धा गर्नुपर्ने रश्रम कानुनपनि जटिल हुँदै गएपछिलामो समयसम्म हड्तालको मारमा हार खाएर बन्द गरे । तत्पश्चात् मार्वल, टायल्स, सेनेटरी समानको आयातमा लागेका हुन् । उनका बुबाले सुरु गर्नुभएको गणेश ट्रेडिङ सेन्टरत्यसपछि उनी र उनका दाइ अशोककुमार लाठको जिम्मामाआयो । अहिले तेस्रो पुस्ताअर्थात भतिज र छोरा (आशिष, मनिष)को जिम्मामा सरेको छ । व्यवसायमा पुस्ता हस्तान्तरणले फरक पर्ने उनी बताउँछन् । उनको बुझाइमा नयाँ पुस्ताले नविनतम सोच बोकेको हुन्छ । नयाँउर्जा र जाँगरका साथचलाउनखोज्छ । नयाँ विचार, व्यवस्थापन, सीप प्रविधि पनि भित्र्याउन ठूलो सहयोग पु-याएको उनले बुझेका छन् ।परम्परागतव्यवसाय आमुल परिवर्तन ल्याउन नसक्ने उनको तर्क छ । एक हदसम्म पहिलेको संरचनाबनिसकेको हुन्छ । त्यही संरचनाभित्र बसेर मात्रपरिवर्तन सम्भव नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘परम्परागत व्यवसायमा एक सुरक्षाकवचलागेको हुन्छ । चुनौतीअथवाजोखिमका सम्भावनाअपेक्षाकृत रुपमाकम हुन्छन् । तर आधुनिकव्यवसायमा सुरुदेखि नै नयाँ संरचना तयार गर्नुपर्ने हुन्छ । यस कारण तपाइँका योजनालाई साकार पार्न अपेक्षाकृत रुपमा सजिलो हुन्छ । यस कारण आधुनिकव्यवसायमाअवसरहरु पनिव्यापक नै उपलब्ध हुन्छन् । तथापिचुनौतीहरुपनिउतिकै हुन्छन् ।’संसारमाकुनै पनितत्व सास्वत नहुने उनको जिकिर छ । परम्परागतव्यवसायको अवस्थापनि उस्तै त हो । परम्परागतव्यवसायलाई बेलैमा परिमार्जित गर्दै आधुनिकव्यवसायमा समाहितगर्न सकियो भने परम्परागतव्यवसायजोगाउन सकिने धारणा राख्छन्, गणेश लाठ । अन्यथा परम्परागतव्यवसायपनिइतिहासको पानामा मात्रै सीमित बेर लाग्दैन ।

पुस्ता हस्तान्तरणले समय सापेक्ष परिवर्तन आएको छ
आशिष लाठ
(गणेश ट्रेडिङ सेण्टर) वीरगन्ज
लाठ परिवारबाट उद्योग व्यवसाय सम्हाल्ने जिम्मा पाएका नयाँ पुस्ताका व्यवसायी आशिष लाठ भन्छन्, ‘व्यवसायमा पुस्ता हस्तान्तरणले निःसन्देह ज्ञानको साथसाथै अनुभवपनिमहत्व राख्द्छ । नयाँ पुस्तानयाँनयाँ ज्ञान बटुलेर आएका हुन्छन् । सो अनुरुपउनीहरुको कार्यशैलीपनिअपेक्षाकृत रुपमा बढी आक्रमक हुन्छ । तथापीप्रारम्भमै अत्यधिकआक्रमककार्यशैली राखियो भने दुर्घटनाको जोखिमपनिउतिकै हुन्छ ।’ अनुभव र नविनतम ज्ञान दुवैको समिश्रण गर्न सकियो भने गजबको लाभहुँदो रहेछ भन्ने अनुभव लाठसँग छ । ‘पुरानो पुस्ताले अनावश्यक रुपमा छेकबार लगायो, प्रतिबन्धको घेरामा राख्यो, बलजप्mतीआप्mनो छाँयामा राख्यो’ यस्ता कुराले नयाँ पुस्तालाई अप्ठेरो पर्दो होला । तथापीत्यस्ता छेकबार अथवाप्रतिबन्धअनाहकमै लगाइएकाहुँदैनन् । समयक्रमसँगै नयाँ पुस्ताले अनुभवगर्दै जाने कुरो हो । मूल कुरो परस्पर समझदारीको कुरो हुनुपर्ने उनको धारणा छ । नयाँ युवा व्यवसायी आप्mनो पारिवारिक व्यवसायमा संलग्नमात्रहुनचाँहदैनन्, बरु अधिकतमउचाइसम्म लैजाने चाहाना पनि राखेका हुन्छन् । तर आप्mनै बलबुता र विवेकमा समेत नयाँकामको थालनीगर्ने योजनापनिबनाएका हुन्छन् । समग्रमाआप्mनो नयाँपहिचानकायम गर्नपनि नयाँ पुस्ताको चाहाना रहेको उनी बताउँछन् । नयाँ पुस्ताले पुरानाव्यवसायमा पाउने सफलता सकारात्मक नै मान्छन् उनी । समय परिस्थितिकोबस भनौं अथवा सरकारको उदासिनता, केहीउद्योगहरु बन्दगर्नु परेको तीतो अनुभव उनीसँग पनि छ । तर लगतै नयाँव्यवसायिक प्रतिष्ठानको स्थापनापनिगरेका छन् । नयाँ पुस्ताले परम्परागतव्यवसाय नै गर्नुपर्छ भन्ने मान्यता नराखेका आशिष ईश्वरबाहेक कुनै पनिचिजअजर, अमर अथवाअविनाशीहुँदैन भन्ने विचार राख्छन् । यसर्थ नयाँले पनि परम्परागत व्यवसायमा समयसापेक्ष परिवर्तन ल्याएको र यस्ता परिवर्तन आगामीदिनहरुमा समेत जारी रहने उनको भनाइ छ ।

पूरानो अनुभवको आधारमा नयाँ पद्धतिमा व्यवसाय भइरहेको छ
अशोक टेमानी
अध्यक्ष, यश ग्रुप (वीरगन्ज)
अघिल्लो पुस्ताले गरेको व्यापार व्यवसायलाई चटक्कै छोडेर एकैपटक उद्योगमा लगानी गरेका यश ग्रुपको अहिले चौथौ र पाँचौ पुस्ता हो । महादेव प्रसादका सन्तान हजुरबुवा श्रीरामलाल र बुवा भगवती प्रसादको छोरा अशोक टेमानीको अहिले व्यवसायमा पनि पुस्ता हस्तान्तरण भइसकेको छ । ४० वर्षदेखि व्यापार व्यसायमा लागेका टेमानीले चक्लेट उद्योगदेखि व्यवसाय सुरु गरेका उनी होलसेलको व्यवसाय, केमिकल निर्यात, बैंक तथा वित्तीय संस्थाको व्यवसायमा पनि हात हालेका छन् । त्यसको साथै लजिष्टिक सेवामा समेत उनले व्यवसाय विस्तार गरेका छन् । उनको व्यवसायको विस्तारसँगै छोरा यस टेमानीलाई अहिले लजिष्टिकको जिम्मेवारी दिएका छन् । पहिलेको तीन पुस्ता कृषि व्यवसायमा संलग्न थिए । ‘कृषि व्यवसायको अतिरिक्त बुबाले कपडाको व्यापार र किरानाको पसल गर्नुभयो’,उनलाई भने, ‘किराना पसलमा इच्छा नलागेर नै चकलेट उद्योग, होलसेल व्यावसाय गरे आयात निर्यातको काम पनि सुरु गरियो ।’पहिलाको पुस्ताले गरेको व्यापार व्यावसाय सानो र खुद्रा व्यवसाय थियो । कृषिमा आधारित थियो ।पहिलेदेखि नैकृषिमा सरकारको कुनै ध्यान नपुगेको र प्राविधिक शिक्षाहरु पनि नदिएकोले पारम्पिरिक कृषिबाट भविष्य उनले देखेनन् । त्यसैले पनि उनले पुस्तैनी व्यावसायबाट अलग भएर आफ्नै शैलीको व्यवासायमा लागे । उद्योग व्यवसायमा पुस्ता हस्तान्तरणले धेरै फरक पार्ने टेमानीको तर्क छ । उनको बुझाइमा पहिला शिक्षाको आवश्यकता थिएन जीवनशैली साधारण थियो । आकांक्षाहरु सामान्य थियो । समाजको रहन सहन सामान्य थियो । पछिल्लो पुस्तामा शिक्षाको विकाससँगै उच्च शिक्षा हासिल गर्दै गए । उनीहरुसँग नविनतम सोचहरु आए, नयाँ व्यवसायिक अवधारणाहरु आउन थाले र स्थानीय, क्षेत्रीय, केन्द्रीय हुँदै अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवाय हुन थाल्यो । सूचना प्रविधिको विकासले विश्व नै साँघुरो घेरामा आयो । उच्च शिक्षा हासिल गरेपछि सूचना प्रविधिमा पनि अभ्यस्त बने त्यसले स्थानीय व्यवसाय भन्दा अन्तर्राष्ट्रिय स्तरमै व्यापार व्यवसाय किन सक्दैनौं? भन्ने सोच आयो रनयाँ पुस्ताको आफनै सोच परिवर्तन हुन थाल्यो । त्यसैले व्यापार रव्यसायमा पनि फरक पन आउन थाल्यो । पुरानो पुस्ताबाट कुन शैलीमा व्यवसाय गर्नुपर्छ भन्ने अनुभव थियो । पहिला हातले खाता बहीमा लेखा राखिन्थ्यो । कुनै कुराहरु गर्नुपर्दा सूचना आदान प्रदानमासमस्या थियो । विस्तारै नयाँ पुस्ताहरुलाई सेवा उद्योगहरुको अवधारणाको विकास हुन थाल्यो । काम गर्ने शैली सबै नयाँ भए। शिक्षाले पनि फरक पर्छ । व्यावस्थापन र दक्षताले धेरै प्रभाव पारेको छ । टेमानी भन्छन्, ‘व्यापारीक घरानाको हिसाबमा पुराना पुस्ताको सोच व्यापार गर्नुपर्छ । रोजगार दिनुपर्छ भन्ने नै सोच थियो । नयाँ पुस्तामा भने रोजगारदाता बनौ भन्ने नै रहेको छ । परम्परागत व्यवसायमा अध्ययन अनुसन्धान र प्रविधिको विकास भएको थिएन । आज हरेक कुरामा समय परिवर्तन भएको छ ।’उनी नयाँ पुस्ताले च्यालेञ्ज दिन सक्नुपर्छ । पुराना पुस्ता सल्लाहाकारको रुपमा हुनुपर्छ भन्नेतर्क गर्छन् । उनीहरुमा सन्तानमा पनि पुराना पुस्ताका कोहीपनि व्यवासयमा सक्रिया छैनन् । सबै सल्लाह सुझाव दिने ठाउँमा मात्रै सीमित छ । पुरानो अनुभव आदान प्रदान गर्नुहुन्छ ।अनुभवलाई संगालेर नयाँ पद्दतीमा व्यापार व्यवसाय गर्न सके सफल हुने र पुरानो सिस्टम प्रणालीबाट अगाडि बढ्यौं भने व्यापार व्यवसाय पनि फेल हुने उनको ठोकुवा छ ।

नयाँ जोश र पूरानो अनुभव व्यवसायका परिपूरक
यश टेमानी
यश लजिष्टिक टर्मिनल (प्रबन्ध निर्देशक)
यश टेमानी व्यावसायमा लागेको तीनवर्ष मात्रै भएको छ । केमिकलको व्यवसाय र लजिष्टिक सेवा प्रदान गर्दै आएको उनी पाँचौ पुस्ताका व्यवसायी बनेका छन् । उनको विचारमा व्यवसायमा पुस्ता हस्तान्तरणले फरक पार्छ । नयाँ पुस्तासँगै नयाँ जोश, नयाँ शैली, नौलो परिवर्तन र आधुनिक प्रविधि पनि आउने उनको भनाई छ । नयाँ पुस्ताले स्वच्छ व्यवसाय चाहाने र नेपालमा चलिरहेको व्यवसाय प्रणालीमा सरकारले गरेका प्रोत्साहनहरु पनि व्यापार क्षेत्रको लागि धेरै कमी भएको उनी ठान्छन् । उनी भन्छन्, ‘त्यहाँ सँधै एउटा कारक हुन्छ जहाँ तपाईं जहाँसुकै र जहाँतही पनि काँडाहरू सहित तानिन्छ । हामी यसको मुल्यांकन गर्ने कोही छैनौं । तर पुरानो पुरानो अनुभव र नयाँ प्रविधिले तपाईलाई लामो जीवन दिनेछ । त्यसैले नयाँ पुस्ता पुरानो पुस्ताको हातले काम गर्दैछ । यो एउटा आणविक हतियार जस्तै हो । यसले सम्पूर्ण बजारलाई जित्न सक्छ ।’ त्यहाँ एक भन्दा बढी कारक छन् जसले हाम्रो कामलाई असर गर्ने थियो। तर यो एक संगठन को मजबुत आधार हो। त्यसकारण व्यवसायमा प्रयोग गरिएका विधि नयाँ र प्रविधिमा स्तम्भहरू हुन्। परिवारबाट व्यवसाय अधिग्रहणको लाभसँग गम्भीर कमी छ। कुनै नयाँ विधिहरू सजिलैसँग कार्यान्वयन गर्न सकिँदैन। नयाँ अध्ययनहरू जुन कठिन छन्। धेरै खाल्डोहरु व्यवहारिक संसारमा काम गर्दा पुर्नुपर्ने हुन्छ । नयाँ पुस्ताको जोश र पूरानो पुस्ताको अनुभव नै व्यापार व्यवसायका लागि एकअर्काको सहयोगी भएको उनको तर्क छ ।
उद्योग व्यापारमा पुस्ता हस्तान्तरण गर्नेहरु थुप्रै छन् । शालिमार समुहका अध्यक्ष एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैदको पनि पुस्ता हस्तारन्तरणको क्रम जारी छ । नथमल वैदका सन्तान अशोकको अहिले छोरा हेमन्त वैद पनि जिम्मेवारीमा आइसकेका छन् । उनले पनि व्यवसायमा जिम्मेवारी लिएर काम गरिरहेका छन् । छोटो समयमा उद्योग व्यवसायमा सफल भएका रवि ग्रुपका अध्यक्ष रविन्द्र वर्णवालको पनि पुस्ता हस्तान्तरण भएको छ । आउँदो भविष्यमा व्यवासायिक समुहको नेतृत्व तयारीका लागि पनि वर्णवाले छोरा प्रतीकलाई व्यवसायमा प्रवेश गराएका छन् । उनका छोरा प्रतीक अहिले प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल (पटवारी) पनि पुस्ता हन्तान्तरणकै सोचमा छन् । उनको पनि छोराले उच्च शिक्षा अध्ययन गरी तयारी अवस्थामा रहेकोले अब पुस्ता हस्तान्तरणको सोचमा रहेका छन् ।

पुस्ता हस्तान्तरणमा अभिभावकत्व सही हुनुपर्छ
अशोक वैद
शालिमार समूह
सन् १९७० बाट व्यापार व्यावसायमा लागेको वैद परिवारको आधा दशक पूरा भएको छ । नथमल वैदले आयात निर्यात, टेड्रिङ व्यापारलगायत कपडाको पनि व्यापार गरे । उनका छोरा अशोक वैद १८ वर्षदेखि नै व्यापार व्यावसायमा लागेको भएपनि नथमल वैदको जीवनकालसम्म उनकै रेखदेखमा व्यापार व्यसाय हुँदै आएको थियो । शालिमार समूहका अशोक वैद दोश्रो पुस्ताका उद्योगी व्यावसयी हुन् । उनी पुस्तैनी व्यवसाय भन्दा फरक उद्योगक्षेत्रबाट व्यवसायमा प्रवेश गरेका हुन् । तर, अप्रत्यक्ष रुपमा भने बुबा नथमल वैदले नै हेने गथ्र्यो । काँटी उद्योगबाट व्यावसाय शुरुवात गरेका वैदले बुबाले गरेको आयात निर्यातको व्यापारको अनुभवबाट फेरि सिमेन्ट र फलामे डण्डीका उद्योगहरुको स्थापना गरे । त्यसपछि मेटल, पेट्स उद्योग हुँदै आवास भवनको व्यवसायमा पनि हात हाले । बहुराष्ट्रिय कम्पनीहरुसँग पनि साझेदारीमा उद्योगहरुमा लगानी हुन थालेपछि नयाँ पुस्ताका छोरा हेमन्तलाई पनि व्यवसायमा प्रवेश गराएका छन् । हेमन्तले अहिले हाउजिङ कम्पनी हेरिरहेका छन् । उनी भन्छन्, ‘हामीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएनौं, नयाँ पुस्ता आएपछि काम गर्ने शैली पनि नयाँ छ । कामको अनुभव हुँदै आयो । काम गर्ने प्रणालीको विकास भयो । नयाँ पुस्ता आएपछि सामुहिक जनशक्ति पनि बढ्यो ।’ पुस्ता हस्तान्तरण भएपनि अभिभावकत्व भने हुन आवश्यक रहेको उनको तर्क छ । उनको बुझाइमा जहाँ अभिभावकत्व राम्रो हँुदैन, त्यहाँ समस्या हुन्छ । सरकारको नीति नियम सही भयो भने खासै समस्या नआउने वैद बताउँछन् । सरकारले लिएको आर्थिक नीतिकै कारणले अहिलेको नयाँ पुस्ता नेपालमा व्यापार व्यवसाय गरेर बस्न नचाहेको उनी बताउँछन् । उनले भने, ‘उद्योग व्यवसाय सञ्चालन गर्न खुला वातावरण चाहिन्छ । उद्योग व्यापार गर्ने सरकारको नीतिले धेरै नयाँ पुस्ता विदेश पलायन भएका छन् । अझै छोडेर जाने क्रममा पनि रहेका छन् ।’

पुस्ता हस्तान्तरणमा अभिभावकत्व सही हुनुपर्छ
अशोक वैद
शालिमार समूह
सन् १९७० बाट व्यापार व्यावसायमा लागेको वैद परिवारको आधा दशक पूरा भएको छ । नथमल वैदले आयात निर्यात, टेड्रिङ व्यापारलगायत कपडाको पनि व्यापार गरे । उनका छोरा अशोक वैद १८ वर्षदेखि नै व्यापार व्यावसायमा लागेको भएपनि नथमल वैदको जीवनकालसम्म उनकै रेखदेखमा व्यापार व्यसाय हुँदै आएको थियो । शालिमार समूहका अशोक वैद दोश्रो पुस्ताका उद्योगी व्यावसयी हुन् । उनी पुस्तैनी व्यवसाय भन्दा फरक उद्योगक्षेत्रबाट व्यवसायमा प्रवेश गरेका हुन् । तर, अप्रत्यक्ष रुपमा भने बुबा नथमल वैदले नै हेने गथ्र्यो । काँटी उद्योगबाट व्यावसाय शुरुवात गरेका वैदले बुबाले गरेको आयात निर्यातको व्यापारको अनुभवबाट फेरि सिमेन्ट र फलामे डण्डीका उद्योगहरुको स्थापना गरे । त्यसपछि मेटल, पेट्स उद्योग हुँदै आवास भवनको व्यवसायमा पनि हात हाले । बहुराष्ट्रिय कम्पनीहरुसँग पनि साझेदारीमा उद्योगहरुमा लगानी हुन थालेपछि नयाँ पुस्ताका छोरा हेमन्तलाई पनि व्यवसायमा प्रवेश गराएका छन् । हेमन्तले अहिले हाउजिङ कम्पनी हेरिरहेका छन् । उनी भन्छन्, ‘हामीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएनौं, नयाँ पुस्ता आएपछि काम गर्ने शैली पनि नयाँ छ । कामको अनुभव हुँदै आयो । काम गर्ने प्रणालीको विकास भयो । नयाँ पुस्ता आएपछि सामुहिक जनशक्ति पनि बढ्यो ।’ पुस्ता हस्तान्तरण भएपनि अभिभावकत्व भने हुन आवश्यक रहेको उनको तर्क छ । उनको बुझाइमा जहाँ अभिभावकत्व राम्रो हँुदैन, त्यहाँ समस्या हुन्छ । सरकारको नीति नियम सही भयो भने खासै समस्या नआउने वैद बताउँछन् । सरकारले लिएको आर्थिक नीतिकै कारणले अहिलेको नयाँ पुस्ता नेपालमा व्यापार व्यवसाय गरेर बस्न नचाहेको उनी बताउँछन् । उनले भने, ‘उद्योग व्यवसाय सञ्चालन गर्न खुला वातावरण चाहिन्छ । उद्योग व्यापार गर्ने सरकारको नीतिले धेरै नयाँ पुस्ता विदेश पलायन भएका छन् । अझै छोडेर जाने क्रममा पनि रहेका छन् ।’