लक्ष्मी सापकोटा
आइतवार, कार्तिक १७, २०७६
2283

पछिल्लो पाँच वर्षमा मुलुकको निर्यात व्यापारमा तीव्र उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७१-७२ पछि बल्ल गत आर्थिक वर्षदेखि निकासीले लय समातेको छ । आयातको तुलनामा निर्यात वृद्धि नभएपनि निर्यात अनुपात हेर्दा बढ्दो क्रममा देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग बढ्दै गएकाले पनि निर्यात बढ्दै गएको सरकारी तथ्यांकले देखाएको हो । निर्यात प्रवद्र्धनका लागि विभिन्न मुलुकमा हुने प्रर्दशनी, स्वदेशी वस्तुको माग बढ्दै गएकाले पनि निर्यातमा सामान्य सुधार देखिएको हो । निर्यातमा सामान्य सुधार देखिपनि आयात अनुसार निर्यात बढ्न सकेको छैन । गत वर्ष ९७ अर्ब १० करोड ८८ लाख १३ हजार रुपैयाँको निर्यात हुँदा आयात भने १४ खर्ब १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार रुपैयाँको आयात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङकले देखाएको छ । सो अवधिमा १३ खर्ब २१ अर्ब ४५ करोड ६ लाख १८ हजार रुपैयाँ बराबरको व्यापारघाटा छ ।

यसैबीच, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा पनि निर्यात बढेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ ।
व्यापारघाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ । गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा बेहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो ।
पूर्वसचिव पुरुषोतम ओझा आयातको अनुपातमा अझै पनि निर्यात बढ्न नसकेको बताउँछन् । आयातको अवस्था भयावह भएकाले ठूलो व्यापारघाटा कम गर्न निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात बढाउनुपर्ने उनको भनाइ छ ।अन्तर्राष्ट्रिय बजारमास्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले समय समय विभिन्न मुलुकमा प्रर्दशनी गर्दै आएको छ ।
मुलुकबाट छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै निर्यात हुनेगर्छ ।विशेषगरी मुलुकबाट आइरन एण्ड स्टील, धागो, जडीबुटी, अलैंची,अदुवा,चिया, तयारी पोशाक, छाला तथा जुटका उत्पादन, चाउचाउ, जुस, भटमासको तेल निर्यात हुने गर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात बढाउनका लागि २८ वटा वस्तुहरू पहिचान गरेको छ । पहिचान गरिएका वस्तुमा अलैंची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडारधागो, लेदर, जुत्ता, च्याङ्ग्रा पस्मिना, गलैंचा कफीलगायतराखिएको छ  । यस्तै, तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट ब्याग, छुर्पी, रुद्राक्ष पहिचान गरिएको छ ।स्वदेशी वस्तुले निर्यातका लागि विभिन्न मुलुकले नेपाललाई दिएको सुविधा उपभोग गर्न सके निर्यात बढ्न सक्ने विज्ञको भनाइ छ । अमेरिका, चीनलगायतका अन्य मुलुकले नेपाली वस्तु निर्यातमा भन्सार छुटको व्यवस्था गरेपनि सो सुविधा लिन सकिएको छैन ।