दीपेन्द्र थापा
आइतवार, कार्तिक ३, २०७६
1870

नेपालको पहिलो सुरुङमार्गको सिलान्यास सोमबार हुने भएको छ । नेपाल र जापान सरकारको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेका यो सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्ने छ ।
गत असोज ६ गते नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानको हाज्मा एन्डो कर्पोरेसनबीच सोमबार सम्झौता भएसँगै निर्माणको आधार बनेको थियो।सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी र नेपाल सरकारबीच निर्माणका लागि सम्झौता भएसँगै निर्माणको आधार बनेको हो ।सुरुङमार्ग २.७ किलोमिटर लम्बाईको हुनेछभने मेन ३ लेनको सुरुङमा प्रत्येक लेन साढे ३ मिटरका दुई लेन बीचमा साढे १, सोल्डरहरू आधा–आधा मिटरको गरेर कुल साढे ९ मिटरको चौडाई रहने छ भनेसाथै १ सर्भिस लेनसमेत बन्नेछ।

काठमाडौंको बलम्बुबाट सडक निर्माण भएर नेपाल आयल निगमको डिपोभन्दा उत्तरमा रहेको टुटेपाखाबाट सुरुङमार्ग सुरु हुन्छ भने २.७ किलोमिटरको सुरुङमार्गमा २६ सय मिटर थानकोटतर्फ र धादिङमा ५सय मिटरको नयाँ सडकमार्ग निर्माण गरी सिस्ने खोलामा नागढुंगाको तल्लोपट्टी निस्केर खत्रीपैवाको ५सय मिटर सडकले राजमार्गलाई जोड्ने छ ।
सुरुङमार्गसँगै यस क्षेत्रमा ४ सय मिटर लम्बाईको पहिलो फ्लाइओभरसमेतबलम्बुमा निर्माण हुनेछ ।मुलुककै पहिलो यो फ्लाइओभरले त्रिभुवन राजपथको ट्रफिकलाई अवरोध नगरी सवारीसाधन आवजजावत गर्न मिल्नेछ । सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार अर्काे ओभरपाससमेत बन्नेछ । यसरी सुरुङबाट निकालिएको माटोले पुरेर धादिङकोसुरुङमार्गबाट निस्केको माटोलाई सदुपयोग गरि धादिङ तर्फ सिस्नेखोला पहिलो राजमार्ग सेवा केन्द्र(रोडसाईट सर्भिस स्टेशन) स्थापान हुने थापाको भनाइ छ । जस्मा अन्तर्राष्ट्रिय स्तरको चमेना गृह र व्यापारिक कक्ष बनाईनेछ ।
“सर्भिस सेन्टरमा शौचालय,रेष्टुरेन्ट,स्थानिय उत्पादन सामाग्री सहितको विक्री केन्द्र सरकारी तवर बाट प्याकेजमा निमार्ण हुने छ”प्रमूख थापाले भने,“यात्रुको लागि यस्तो खालको सेवा केन्द्र नेपालमा पहिलो हो सरकारले पाइलटिङ प्रोजेक्ट अन्र्तरगत पहिलो पटक निमार्ण गर्न लागकेको हो।”
करिब भ्याट सहित १६ अर्ब खर्च लाग्ने उक्त सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य निमार्ण कम्पनीले लिइएको छ,६ अर्ब रुपियाँ बलम्वु देखी सुरुङमार्ग सम्म धादिङको तर्फको जग्गा अतिक्रहणजोर्डने पूर्वाधार तायार गर्न ६ अर्ब गरि कुल २२ अर्ब रूपैयाँ लागत लाग्ने प्रमुख थापको भनाई छ ।उने भने“ काम थालेर ४२ महिनामा निर्माण कार्य सकेर हस्तान्तरण गर्ने छ ।” जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाइका)ले सन् २०१४ मा सुरु गरेको सर्भे सन् २०१५ मा सकाएको थियो ।
सन् २०१६ डिसेम्बर २२ मा १६ अर्ब ६३ करोड ६० लाख जापानी येन बराबरको ऋण सम्झौता भएको थियो ।
तत्कालिन समयमा ४० वर्षका लागि ०.०१ प्रतिशत ब्याजदरले ऋण सम्झौता भएको थियो । जसमा नेपाल सरकारले जग्गा प्राप्ती र अन्य प्रशासनिक खर्च बेहोर्ने सम्झौता भएको थियो ।
नागढुंगा सुरुङको डिजाइनको काम सन् २०१७ अप्रिलमा सुरु भएर सन् २०१८ को अप्रिलमा सकिएको थियो ।सुरुङ चन्द्रागिरी नगरपालिका र धुनिबेसी गाउँपालिकाको क्षेत्रमा पर्छ ।
पूर्व पच्मि एप्रोज रोड समेत निमार्ण हुने छ । पूर्व तिर २३ सय ७ मिटरको र पच्मि तर्फ ५ सय ६५ मिटरको लामो सडक निमार्ण हुने छ । दुई इन्टर चेन्ज(फ्ल्याइ ओभर) एउटा सतुङगतबाट अर्का सुरुको मुखमा नेपाल आयाल निगमको ढिपोको तल फ्लाई ओभर बन्ने छ । ७ ओटा पुल साना साना पुल र ११ बक्स कल्वर्ट वनाउनु पर्ने आयोजनाले जनाएको छ । मर्मत संभार,ट्रफिक मोनिटरि विल्डीङ निमार्ण हुने छ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । सुरुङ मार्ग निमार्ण सँगै नागढुंगाबाट घुमेर जानुपर्ने लामोबाटोको विकल्प निमार्ण भै करिव ४० मिनेट बचत हुने छ,भने ८ किलोमिटर मार्ग कम हुने छ र १० देखी १२ मिनेटमा नैविसे पुग्न सकिने छ । जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रूपैयाँ ०.०१ प्रतिशत ब्याजमा सहुलियत ऋण दिएको हो भने २२ अर्ब लागत मध्य सरकारले ६ अर्ब रूपैयाँ लगानी गर्ने छ । जापानी राजदुतको उपस्थितीमासुरुङमार्गको प्रधानमन्त्री केपिशर्मा ओलीले गर्ने छन् ।

 

ई–अर्जुनजंग थापा
विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख
नेपालको पहिलो सुरुङमार्ग,पहिलो दुई इन्टर चेन्ज(फ्ल्याइ ओभर) सडक माार्गमा (रोडसाईट सर्भिस स्टेशन) निर्माण हुदैँछ । हाज्माले विगतमा पनि समयमानै निमार्ण सकेको हुनाले यो आयोजना पनि समयमानै सक्ने विश्वास लिएका छौँ ।


सातामा धेरै पढिएको