रासस
बिहिवार, आश्विन १६, २०७६
560

मंगलबार केही गिरावट आएको सुनको मूल्य बुधबार स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ ।
छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर ८ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।