कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
662

छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर घट्दै आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार)छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० र चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।  सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर घट्दै आएको छ ।