कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
408

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा ७७ प्रतिशत मात्र खर्च गरेको छ ।
गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा नगरपालिकामा प्राप्त ६५ करोड ९० लाख ८५ हजार ९ सय तीन रुपैयाँ मध्ये चालुतर्फको खर्च ३२ करोड,९१ लाख ३६ हजार ६ सय १६ रुपैयाँ र पूँजीगत तर्फको खर्च १८ करोड ९२ हजार ८ सय ७५ रुपैयाँसहित कुल ५० करोड ९२ लाख ८ सय ७५ रुपैयाँ खर्च हुँदा खर्चको प्रगति ७७ प्रतिशत भएको हो ।

समीक्षा कार्यक्रममा सहभागी अधिकांश वडा अध्यक्षहरुले नगरपालिकाको विषयगत कार्यालयहरुमार्फत् भए गरेका कामहरु आफूहरुलाई थाहै नभएको गुनासो गरेका छन् । उनीहरुले स्थानीय ढुंगा गिटी र बालुवाको वातावरणीय प्रभाव मुल्याङनलगायतका विभिन्न कार्यहरुमा आफूहरुलाई थाहै नभएको आरोप लगाए ।
नगरपालिकाका ईन्जिनियर कुशुम भट्टराईले नगरापालिकाले हालसम्म गरेको स्वास्थ्य, शिक्षा, खानेपानी, पुर्बाधार र लक्षित बर्गको कार्यक्रम त्यसका लागि भएको खर्च तथा घटना दर्ताका बारेमा जानकारी गराउनुका साथै आगामी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले नगरपालिकाले कार्यपालिकाका सदस्यहरु र नागरिकको गुनासो नआउने गरी काम गर्नुपर्ने बताए । उनले दशैं र तिहार जस्ता चार्डपर्वमा मानिसहरुको आवतजावत बढी हुने भएकालेवर्षाम क्षपतग्रस्त भएका सडक मर्मत गरी यातायातलाई सहज बनाउन आग्रह गरे ।