कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
406

चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएका सहुलियत पसलमा विग मार्टकै मूल्य कायम गरिएको छ ।
उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरिएका सामानको मूल्य बजार मूल्य सरह नै रहको पाइएको छ । सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ । विगमार्टमा चिनी प्रतिकेजी ७२ रुपैयाँ छ । उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरेका पसलमा बजार मूल्य बराबरकै सामान राखिएको हुँदा उभपोक्तालाई कुनै राहत नमिलेको उपभोक्ताबादीको भनाई छ । ‘अन्य खाद्यान्न पनि बजार मूल्यकै हाराहारीमा सुपथ पसलमा राखिएको छ’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘सहुलियत दिने भनेर सरकारले कर्मकान्डी गर्ने काम गरेको छ ।’

सहुलियतका नाममा कम गुणस्तरका सामान विक्रि हुने गरेको उनको भनाई छ । सोमबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत पसलको उद्घाटन गदै बजारमा व्यवस्थित गर्नुका साथै उपभोक्ता नठगिउन भनेर सुपथ पसल सञ्चालन गरेको बताए ।
काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका संयोजनमा साल्टट्रेडिङ्ग कर्पाेरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डिडिसि)ले सहुलियतमा सामान उपलव्ध गराएका छन् ।
सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिएको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन । डिडिसिले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिने छ
सुपथ पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँ, जापानिज चामल प्रतिकेजी ६१, अरुवा जिरा मसिनो चामल, ५०, सोना मन्सुली चामल, ४२, बास्मति चामल, ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो चार हजार रुपैयाँ मूल्य राखिएको छ । यस्तै घिउमा प्रतिकेजी ८ सय ५० कायम गरिएको छ । यस्तै कर्णालीको सिमी प्रतिकेजी एक सय २०,फापर ७० रुपैयाँ रहेको छ ।
चाडपर्वमा बजारमा अस्वभाविक मूल्य वृद्धि भई उपभोक्ता ठगिन सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिएको मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन ।
। डिडिसिले उपत्यकामा लैनचौर, न्यूरोड र खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ, पनिर विक्रि गर्ने भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हैटौडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा विक्रि कक्ष राखिने छ ।
सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि गत वर्षदेखि बजेटमै रकमको व्यवस्था गदै आएको छ । यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि एक करोड ७५ लाख र साल्ट्र टे«डिङ्ग कर्पाेरेशनको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गदै आएको छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो । सुपथ पसल छठसम्म सञ्चालन हुने छन् ।