कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
446

नेपालको अन्नभण्डार मानिने तराई क्षेत्रका ९५.१३ प्रतिशत धानखेतमा रोपाइँँ सम्पन्न भएको छ । कषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार भदौ १ गतेसम्म उच्च पहाडमा ९७.९३ प्रतिशत र मध्य पहाडमा ९१.९५ प्रतिशत रोपाइँ भएको छ ।
यो वर्ष हालसम्म मुलुकभर ९४.४३ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । रोपाइँको यो प्रतिशत गत वर्षकै हाराहारीमा हो । गत वर्ष यही समयमा ९५.३ प्रतिशत रोपाइँँ भएको थियो । मनसुन सामान्य अवस्थाभन्दा १० दिन ढिला सुरु हुँदा असार महिनामा सुस्त देखिएको रोपाइँँको गतिले साउनको अन्तिमसम्म आइपुग्दाभने गत वर्षको क्षेत्रफल भेटेको हो ।
सदुरपश्चिम प्रदेशमा गतवर्ष झैं यो वर्ष पनि सत प्रतिशत रोपाइँँ सम्पन्न भएको छ । उपत्यका सहित मध्य तराइका जिल्ला समेटिएको ३ नम्बर प्रदेशमा ९६.९५ प्रतिशत रोपाइँ सकिएको छ भने प्रदेश ५ मा ९६.३९ प्रतिशत रोपाइँँ सकिएको छ र कर्णाली प्रदेशमा ९६.१६ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा बढी धान उत्पादन हुने दुई प्रदेश प्रदेश २ मा ९३.३१ र ९३.४९ प्रतिशत रोपाइँँ सकिएको छ ।