कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
533

धनकुटा-व्यावसायिक रूपमै गाजर खेतीमा लागेका धनकुटाको भीरगाउँका किसानले आकर्षक आम्दानी गरिरहेका छन् । उत्पादन राम्रो भए पनि व्यापारीकै भाउमा बिक्रि गर्नु पर्ने बाध्यताले अन्य किसानजस्तै गाजर उत्पादक पनि मारमा परेका छन् ।
चार रोपनी क्षेत्रफलमा खेती गरिरहेका धनकुटाको भीरगाउँका नवीन कार्की गाजर बेचेरै वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छन् । नवीन जस्तै भीरगाउँको बस्नेतटोल, चोक्रोक र किन्ताङका एक सय भन्दा बढी किसान व्यावसायिक गाजर खेतीमा संलग्न छन् । उत्पादन राम्रो भएपनि बजार अब्यबस्थाका कारण ब्यापारिकै भाउमा बिक्री गर्नुपर्ने बाध्यताले उत्पादनले उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ । कृषक नवीन कार्कीले भने उत्पादन किसानले गर्ने भए पनि त्यसको बजार मूल्य किसानले नतोकी व्यापारीले तोक्ने गर्दा किसान आफ्नो उत्पादनको मूल्य नै नपाउने साथै आफुले दुख गररेर उत्पादन गरेको कृषि उपजको बजार मूल्उ अरुले तोक्ने मूल्यमा दिने अबस्थामा हुनु सारै दुख लाग्दो अवस्था रहेको बताउछन् । त्यसैले किसानले उत्पादन गरेको बस्तुको मूल्य आफै तोक्न सक्ने अबस्था र राम्रो बजार व्यावस्था सरकारले गरिदिनु पर्ने उनिहरूको माग रहेको छ । वर्षमा तीन फसलसम्म गाजरको उत्पादन लिन सकिन्छ ।
गाजर खेतीमा किसानको आकर्षण देखेर र साथै आम्दानीको राम्रो स्रोत भएकोले वडा कार्यालयले पनि पकेट क्षेत्र घोषित गरि किसानलाई अनुदानमा उन्नत बीउ उपलब्ध गराउन व्यावस्था मिलाएको र आगामी दिनमा यस लाई अझै प्रभावकारी बनाउन स्थानिय सरकारको सहयोग किसानलाई हुने धनकुटा नगरपालिका २ भिरगाँउका वडाअध्यक्ष चन्द्रलाल तामाङ बताउछन् । उनले भने आफू समेत राजनितीर कृषि दुबै क्षेत्रमा रहेकोले किसानको मार आफूले राम्रोसँग बुझेकोले कृषि क्षेत्रको विकासका लागि आफू किसानलाई सहयोग गर्न सधैँ तयार रहेको र गाजर खेतीका लागि समेत आफूले नयाँ सोच ल्याएको छु । किसानहरूले उत्पादन सँगै भरपर्दो बजार ब्यबस्थाका लागि सघाउन सरकारसँग आग्रह गरेका छन् । उन्नत बीउ, प्राविधिक, सुनिश्चीत बजार र उत्पादन पछिको भण्डारनका लागि पूर्वाधारको ब्यबस्था गर्न सके यहाँका किसानको आयस्तरमा बृद्धि हुने थियो ।

 विकास घिमिरे