कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
530

  लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ । शुक्रबार प्रतितोला  ७१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७० हजार ७ सय कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला ६ हजारसम्मले बढेको थियो । यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार ५ सयमा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टकराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५१८ डलर नाघेको छ ।   लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ । शुक्रबार प्रतितोला  ७१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७० हजार ७ सय कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला ६ हजारसम्मले बढेको थियो । यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार ५ सयमा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टकराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५१८ डलर नाघेको छ ।