प्रगति ढकाल
सोमवार, भदौ २, २०७६
530

बागमती, विष्णुमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रैकरिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ । बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ ।
बागमती संरक्षण गर्ने मुख्य क्षेत्राधिकार पाएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार वागमती नदीलगायत अन्य सहायक नदीमा हालसम्म७५ किलोमिटर ढल विस्तार, ४० किलोमिटर नदी नियन्त्रण र १६ किलोमिटर करिडोर सडक निर्माण भइसकेको छ । सरकारले नदीको व्यवस्थापन गर्दै सफा सुन्दर र हरियाली बनाउने लक्ष्य लिएको छ । उपत्यकामा बढ्दो जनसंख्याको चाप, अव्यवस्थित सहरीकरण तथा बागमती नदीमा ढल मिसाइएका कारण नदी दुर्घन्धित र फोहोर भएपछि सरकारको ध्यान जान थालेको हो । ढल व्यवस्थापन हुने हो भने नदी प्रदूषण नियन्त्रण हुने र नदीलाई स्वच्छ राख्न सकिने समितिले बताएको छ ।

बजेट अभावका कारण हाल ७ ओटा बागमती र सहायक नदीमा मात्रै ढल व्यवस्थापन, करिडोरमा सडक निर्माण तथा नदी नियन्त्रणको काम गर्न लागिएको समितिले बताएको छ । समितिका अनुसार उक्त आयोजना सञ्चालनका क्रममा जग्गा अधिग्रहणगर्नुपर्ने यसका लागि थप ५ अर्ब आवश्यक पर्नेछ । आगामी ५ वर्षसम्म उक्त परियोजना सम्पन्न हुने समितिको भनाई छ ।
समितिका सदस्य सचिव आशिष घिमिरेलेबागमती नदी स्वच्छता अभियानका लागि अन्य सहायक नदीमा पनि ढल विस्तार, नदी नियन्त्रण तथा करिडोर सडक निर्माण गर्न आवश्यक रहेको बताएका छन् । “सबै नदी क्षेत्रमा एकैपटक काम गर्नका लागि हामीसँग बजेट अभाव छ र हाम्रो क्षमता पनि पुग्दैन, त्यसैले मुख्य बागमतीको सहायक नदी, सहायक नदीका पनि सहायक नदीमा गएका छौं,” उनले भने, “सबै सहायक नदीमा जानुपर्छ तर बागमती नदीलाई बढी प्रथामिकता दिएका छौं, अहिले हामीले ७ ओटा सहायक नदीर बागमती नदीमा ढल व्यवस्थापन, नदी नियन्त्रण तथा करिडोर सडक बिस्तारका लागि करिब५० अर्ब र जग्गा अधिग्रहण गर्न थप ५ अर्ब लागत लाग्ने हाम्रो अध्ययनले देखाएको छ ।”
समितिको मुख्य उद्देश्य नदीलाई जीवन्त बनाउने रहेको र विगतका जस्तैसफा प्राकृतिक अवस्थामा पु¥याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।“हामीले नदीमा जसरी ढल सोझै मिसाएका छौं, त्यसलाई रोक्ने हो रनदीबाट चोरी हुने बालुवालाई रोक्ने हो भने तथा नदीको वहावलाई कायम राख्ने र पहिलाको झै नदीमा जलचर हुने अवस्थामा पु¥याउने उद्देश्य हो,” घिमिरेले थपे, “हामीले नदीको दायाँबाँया ढल बिच्छ्याउँछौं, नदीको बहाव क्षेत्र कायम गर्नका लागि तटबन्धन गरिरहेका छौ, र काठमाडौंको ट्राफिकलाई कम गर्नका लागि करिडोर खोलिरहेका पनि हांै ।”
समितिका अनुसार बागमती नदीको उद्गमस्थल शिवपुरी बाग्द्वार, बिष्णुमती नदी उद्गमस्थल शिवपुरी तारेभीर, धोवीखोला उद्गमस्थल शिवपुरी निकुञ्ज, हनुमन्ते नदी उद्गमस्थल महादेवपोखरी, बल्खु खोला उद्गमस्थल दहचोक, कोड्कु खोला उद्गमस्थल तिलेश्वर डाँडा, नख्खुखोलाको उद्गमस्थल भारदेउ डाँडामा जम्मा १४५.९५ किलोमिटरमा नदी नियन्त्रण, ढल बिसतार र सडक करिडोर निर्माण गरिने योजना छ ।