कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
571

मुगु-समयमै विरुवा काँटछाँट र मलजलको व्यवस्था भएपछि यस वर्ष मुगुमा स्याउ उत्पादन राम्रो भएको छ । गर्त वर्ष समयमै हिउँ र पानी नपर्दा तथा फल लाग्ने समयमा असिनापानी पर्दा उत्पादन घटेको थियो । तर यो वर्ष गतवर्षको तुलनामा राम्रो उत्पादन भएको छायानाथ रारा नगरपालिका–५ का किसान बाँच्या महताराले बताए ।
स्याउ उत्पादन राम्रो भएपछि केही व्यापारीले किसानको घरमै पुगेर स्याउ खरिद गर्न थालेका छन् । किसान महताराले व्यापारीहरू गाउँमै पुगेर प्रतिकिलो २० देखि ३० रूपैयाँमा स्याउ खरिद गर्न थालेको बताए । तर किसानले भने नेपालगन्ज र सुर्खेत पु-याएर स्याउ बिक्री गर्ने लक्ष्य राखेका छन् । मुगुमा स्याउ भण्डारण गर्ने ठाउँ नभएर कतिपयलाई भने समस्या भएको छ ।

मुगुमै बिक्री गर्दा स्याउले उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ । भण्डारण गर्ने ठाउँ नहुँदा लाखौं मूल्य बराबरको स्याउ खेर जाने अवस्थासमेत रहेको किसान हरिबहादुर रोकायाले बताए । छायानाथ रारा नगरपालिका–१२ का वडाध्यक्ष सुवासचन्द्र बुढाले सदरमुकाम आसपासका किसानले केही मूल्य पाए पनि टाढाका किसानलाई बिक्री गर्न समस्या हुने गरेको बताए । उनले घरमै खाएर नसकिने भएकाले कुहिएर खेर जाने अवस्था आउने बताए ।
जिल्ला कृषि सम्पर्क ज्ञान केन्द्र मुगुका निमित्त प्रमुख सुकीराम नेपालीले विगतका वर्षमा भन्दा यस वर्ष स्याउ उत्पादन राम्रो भएको बताए ।
दानबहादुर बुढा
मुगु, ३० साउन
समयमै विरुवा काँटछाँट र मलजलको व्यवस्था भएपछि यस वर्ष मुगुमा स्याउ उत्पादन राम्रो भएको छ । गर्त वर्ष समयमै हिउँ र पानी नपर्दा तथा फल लाग्ने समयमा असिनापानी पर्दा उत्पादन घटेको थियो । तर यो वर्ष गतवर्षको तुलनामा राम्रो उत्पादन भएको छायानाथ रारा नगरपालिका–५ का किसान बाँच्या महताराले बताए ।