विप्लव काफ्ले
आइतवार, बैशाख ८, २०७६
270

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले लगानीको वातावरण बनाउन अस्पष्ट नति संशोधन छिट्टै गरिने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले भरतपुरमा २ दिन चलेको निजी क्षेत्रसँगको अन्तत्र्रिmयाको समापन गर्दै उनले विकासलाई गति दिन अस्पष्ट नीति सुधार्न तयार रहेको बताए । “नीतिगत स्पष्टता नभई हामीले चाहे अनुसारको काम गर्न नसक्ने अनुभव गरिसकेका छौँ,” उनले भने, “कहाँ कसरी संसोधन गर्ने सुझाव दिनुस्, लगानीको वातावरण बनाउन हामी तयार छौँ ।” उनले काम गर्ने संकल्प लिएकाले समाजवाद अर्थतन्त्र बनाउन लागिपर्ने बताए । “हामी एक्सनमा केन्द्रित छौँ, गफ र भाषणमा मात्रै सिमित हुदैनौँ”, उनले भने, “विगतमा काम गर्ने शैली, नीति गलत थिए, अब यी सबै बदल्नुपर्छ, नयाँ ढंगले अगाडी बढ्नेछौँ ।” ३ नम्बर प्रदेशको उन्नति प्रगतिमा सहभागिता जनाउने निजी क्षेत्रको प्रतिवद्धताको स्वागत गरे । “लगानी गर्न सबै इच्छुक हुनुहुन्छ, तर लगानी गर्ने उचित वातावरण चाहिने बहस सुन्यौँ”, उनले भने, “निजी क्षेत्रले दिएका सुझाव, सल्लाह ग्रहण गरेका छौँ ।” मुख्यमन्त्री पौडेलले आगामी बजेट तथा नीति कार्यक्रम बनाउने गोरेटो तयार भएको बताए ।
“नीति तथा कार्यक्रम बन्ने क्रममा छ, योजना छनौट हँुदैछन्”, उनले भने, “यी सुझाले बजेट केन्द्रीत गर्न सघाउनेछ, विकासलाई गती दिन सहज हुनेछ ।” उनले प्रदेशको सम्भावनाबारे बृहत छलफललाई विषयगत रूपमा थपअध्ययन गरी पुनः सुझाव संकलन गरिने बताए । उनले प्रदेशलाई देशकै अग्रणी प्रदेश बनाउने गरी लगानीको वातावरण बनाइने बताए ।

आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले पञ्चवर्षीय आवधिक योजना अनुसारको आर्थिक वृद्धिदर हासिल गर्न ३२ खर्ब ३७ अर्ब ६३ करोड आवश्यक हुने बताए । उनका अनुसार ६२ प्रतिशत लगानी निजी क्षेत्रबाट, करिव ७ प्रतिशत सहकारीबाट, करिव २ प्रतिशत सामुदायिक क्षेत्रबाट लगानी हुने अनुमान छ । उनले अन्र्तक्रियाबाट प्राप्त सुझावको अभिलेख गरि राखिने बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले लगानीमैत्री वातावरण बन्नेमा आशाबादी रहेको बताए । “जहाँ ‘इभेण्ट’ हुन्छ, त्यहाँ ‘इनर्जी’ हुन्छ”, उनले भने, “यो प्रदेशले सक्रियता देखाएको छ, लगानी नीति सुधारेर जानुपर्छ ।” उनले प्रदेशतहबाटै समस्या र योजना ल्याएर नयाँ ‘ट्रयाक’ लिएको अनुभुति भएको बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्र उत्साहित बनेको बताए । “लगानीको सम्भावना र प्रदेशले खेल्नुपर्ने बारेमा आश्वस्त पार्ने काम भएको छ”, उनले भने, “प्रदेशले तथारुकता देखाएको छ, समस्या समाधान गर्न नीतिगत रूपमै अघाडी बढ्ने विश्वास लिएका छौँ ।” उनले राजनीतिक स्थायीत्वसँगै पुराना आर्थिक नीतिहरू संसोधन भैरहेकाले आशा जागेको बताए । “विगतमा असजिलो कहाँ थियो भनेर सोच्नुपर्ने अवस्था हटेको छ, असजिलो ठाउँमा संशोधन गर्न प्रदेश सरकार तयार छ”, उनले भने, “लगानी सुरक्षित हुन्छ, प्रतिफल प्राप्त हुन्छ, त्यस्तो भएमा लगानी बढ्छ ।”
निजी क्षेत्रसँगको अन्र्तक्रियामा व्यवसायी, उद्योगी, किसानका अगुवा मात्रै सहभागि भएनन्, मुख्यमन्त्री, प्रदेशका मन्त्री, सांसदहरू, मन्त्रालयका कर्मचारी समेत सहभागि बने । शनिबार ४ शत्रमा बहस चलाइएको थियो । औद्योगिकरण, घरेलु उत्पादन र आयात प्रतिस्थापन, पूर्वाधार तथा ऊर्जाः आत्मनिर्भर आर्थिक विकास, आर्थिक सबलताका लागि व्यवसायीक कृषि, विशिष्टकृत सेवा र मानव संसाधन, गुणस्तरीय सेवा प्रवाह तथा सक्षमता विकास विषयक कार्यत्रपत्रमाथि छलफल भएको थियो ।
प्रदेशका कृषिमन्त्री दावा दोर्जे लामाले किसान निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे । “किसानहरू निराश नहुनुस्, लगानीकर्ता पनि नतर्सिनुस्”, उनले भने, “उत्पादनमुखी क्षेत्रमा लगानीको वातावरण बनेको छ, समृद्ध बनाउने महाअभियानमा सबै सहभागि बनौा ।” उनले सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए । पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद सुरेन्द्र पाण्डेले क्षेत्रको बस्तुस्थिति अध्ययन गरेर लगानी गरिनुपर्ने बताए । “चितवनमा पोल्ट्री, काभ्रे र धादिङमा तरकारी उत्पादनमा ठुला लगानी आवश्यक छ”, उनले भने, “त्यही अनुसार प्राथमिकता दिनुपर्छ ।” उनले उत्पादानमुखि क्षेत्रमा ठुलो लगानी गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउनुपर्ने बताए ।