सुब्बा कार्की
आइतवार, फाल्गुन २६, २०७५
671

रौतहट-सरकारले समृद्ध तराई मधेश कार्यक्रमका लागि थप ३ अर्ब ५२ करोड रकम विनियोजन गरेको जनाएको छ । रौतहटको गरुडामा आयोजित नेकपा प्रदेश नंं २ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रधामन्त्री केपी शर्मा ओलीले तराई मधेशमा विकासको मूल फुटाउने हुलाकी सडक र रेलमार्गका लागि सरकारले ३ अर्ब ५२ करोड थप विनियोजन गरिएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “मधेशका सदरमुकामहरूसँग जोडिने हरेक राजमार्ग ४ लेन बन्नेछन्, त्यसैगरी पूर्वपश्चिम महेन्द्र राजमार्ग पनि ६ लेनको बनाउने सरकारले लक्ष्य छ ।” तराईमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रुत मार्गलगायतका परियोजनाले अब तराई मधेशका जनता पनि आर्थिक रूपले समृद्ध हुने र यसबाट समृद्ध नेपालको नारासमेत सार्थक पार्ने ओलीको भनाइ छ ।

देशलाइ समृद्ध बनाउने जिम्मेवारी नेकपाको भएको भन्दै उनले स्थानीय तहमा विकासको लहर फुटाउन कार्यकर्तालाइ आग्रह पनि गरे । आफू ४६ वर्षअघि रौतहटबाटै पक्राउ परेको स्मरण गर्दै देशको राजनीतिक आन्दोलनमा यस जिल्लाको अतुलनीय भूमिका रहेको उनले बताए । सरकारलाई समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले एक पटकलाई जनतालाई झुक्काएर मत पाएँ भन्दैमा ठूलो कुरा नगर्न चेतावनी पनि दिए । अबको निर्वाचनमा प्रदेश नं. २ मा पनि नेकपाको बहुमतको सरकार बन्ने उनले दाबी गरे । स्वतन्त्र मधेशको नारा लगाउँदै हिँडने सिके राउतसमेत देशको संविधानअनुरूप राजनीतिक मूलधारमा आएको बताउँदै प्रधानन्त्री ओलीले २१ आंै शताब्दीको देश बनाउन एकजुट भएर हिँडनुपर्ने धारणा राखे । प्रदेश नं. २ ले अघि सारेको बेटी बचाऔं, बेटी पढाऔं भन्ने नाराको प्रशंसा गदै ओलीले भने, “यस्ता समाज सम्बृद्ध बानाउन अभियानहरू ल्याउनेलाई संघीय सरकारले सक्दो सहयोग गर्नेछ ।”
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेकपाले चाह्यो भने प्रदेश नं. २ को सरकार पनि आफंै बनाउन सक्ने दाबी गरे । तर, हाल नेकपाको चाहना सरकार बनाउने भन्दा पनि देश र त्यसमा पनि २ नम्बर प्रदेशमा विकास गरेर जनताको मन जित्ने भएकोले आगामी निर्वाचनसम्म पुग्दा २ नम्बर प्रदेशमा ८० प्रतिशतभन्दा बढी स्थानमा निर्वाचन जित्ने लक्ष्य रहेको बताए ।