लक्ष्मी सापकोटा
बिहिवार, फाल्गुन २३, २०७५
658

पछिल्लो समय तयारी पोसाकको निर्यातमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले निर्यातमा सामान्य वृद्धि भएको हो ।  चालू आर्थिक वर्षको ६ महिनामा तयारी पोसाकको निर्यातमा ९ प्रतिशतले वृद्धि  भई ३ अर्ब ३७ करोड रुपैयाँबराबरको निर्यात भएको  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ । ६ महिनामा निर्यातमा सामान्य सुधार देखिए पनि पछिल्लो पाँच वर्षमा तयारी पोसाकको निर्यात स्थिर रहेको तथ्यांकले देखाएको छ ।
तयारी पोसाक संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले तयारी पोसाकको निर्यातमा सामान्य सुधार आएको बताए । अन्तर्राष्ट्रिय बजारमा तयारी पोसाकको माग बढ्दै गएकाले चालू आर्थिक वर्षको ६ महिनामा निर्यातमा वृद्धि भएको बताए ।  अहिले निर्यात बढे पनि सन्तोषजनक अवस्था होइन, उनले भने, “तयारी पोसाकको निर्यात बढाउनका लागि सरकारी तवरबाट पहल गरिनुपर्छ ।”पछिल्लो समय तयारी पोसाकको निर्यातमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले निर्यातमा सामान्य वृद्धि भएको हो ।  चालू आर्थिक वर्षको ६ महिनामा तयारी पोसाकको निर्यातमा ९ प्रतिशतले वृद्धि  भई ३ अर्ब ३७ करोड रुपैयाँबराबरको निर्यात भएको  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ । ६ महिनामा निर्यातमा सामान्य सुधार देखिए पनि पछिल्लो पाँच वर्षमा तयारी पोसाकको निर्यात स्थिर रहेको तथ्यांकले देखाएको छ । तयारी पोसाक संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले तयारी पोसाकको निर्यातमा सामान्य सुधार आएको बताए । अन्तर्राष्ट्रिय बजारमा तयारी पोसाकको माग बढ्दै गएकाले चालू आर्थिक वर्षको ६ महिनामा निर्यातमा वृद्धि भएको बताए ।  अहिले निर्यात बढे पनि सन्तोषजनक अवस्था होइन, उनले भने, “तयारी पोसाकको निर्यात बढाउनका लागि सरकारी तवरबाट पहल गरिनुपर्छ ।”तयारी पोसाक बनाउनका लागि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सके लागत मुल्य घट्न सक्ने उनको भनाइ छ ।

अहिले उद्योगी आफैंले बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरेर तयारी पोसाक निर्यात भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको सम्भावना राम्रो भएपनि विविध कारणले निर्यात बढ्न नसकेको उनको भनाइ छ । अमेरिकामा तयारी पोसाक निर्यातमा भन्सार छुटको सुविधा पाए पनि निर्यात बढ्न सकेको छैन ।  अमेरिकाले नेपाली ७७ वटा वस्तु निर्यातमा भन्सार छुटको सुविधा दिएको छ । अमेरिकमा निर्यात हुनेमा गलैंचा तेस्रो स्थानमा छ ।  निर्यातलाई बढाएर पहिलो स्थानमा पु¥याउनका लागि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सके लागत कम पर्ने उद्योगी बताउँछन् ।  नेपालमा सन् २००२ अघि तयारी पोसाकको बजार र निर्यात राम्रो भए पनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको व्यवसायी बताउँछन् । अहिले पनि दुई हजारभन्दा बढी सिलाइका उपकरण त्यसै थन्किएर बसेको छ । ती उपकरणलाई सञ्चालनमा ल्याउन सरकारको सहयोग आवश्यक रहेको आर्यालको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पोसाक स्वदेश भित्रै उत्पादन गरिए ती उपकरण पुनः सञ्चालनमा आउन सक्ने व्यवसायीहरू बताउँछन् । तयारी पोसाकको उत्पादन लागत महङ्गो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक गर्न कठिन भएको व्यवसायीको भनाइ छ ।  
केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले तयारी पोसाकमार्फत आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न सकिने बताए । तयारी पोसाक के गर्दा निर्यात बढाउन सकिन्छ त्यसका लागि सहयोग गर्न तयार रहेको उनको भनाइ छ । “निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मुलुकमा हुने मेलामा सहभागि गराउनका लागि सहयोग गरिहेका छौं, उनले भने, “उत्पादनलाई विविधिकरण गरेर निर्यात बढाउन सकिन्छ ।” अमेरिका, र्जमनी बेलायत, फ्रान्स, इटाली क्यानडा, जापान स्पेन भारतलगायतका मुलुकमा तयारी पोसाक निर्यात हुनेगर्छ ।
अमेरिकामा तयारी पोसाकको प्रदर्शनी यसैबीच, आगामी मार्च १७ देखि अमेरिकामा हुने अन्तर्राष्ट्रिय मेलामा तयारी पोसाकको प्रदर्शनी गरिनेछ । स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ तयारी पोसाकको प्रर्दशनी  गर्न लागेको हो । प्रदर्शनीमा  ६ वटा स्टर राखिनेछ । प्रदर्शनीमा तयारी कपडाहरू राखिनेछ । केन्द्र र तयारी पोसाक संघको आयोजनामा नेपाली उत्पादनको प्रदर्शनी राखिनेछ । प्रदर्शनी चार दिनसम्म चल्ने केन्द्रले जानकारी दिएको छ । 

आर्थिक वर्ष रकम (अर्बमा)
२०७४-०७५ ५.९७ 
२०७३-०७४ ५.३० 
२०७२-०७३ ५.८८
२०७१-०७२ ५.२८
२०७०-०७१ ५.६०
स्रोत : व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र