रासस
मंगलबार, भदौ १९, २०७५
1295

भद्रपुर- भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका छन्  । 
बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै भने, “नेपालसँग विद्युत् किन्न बङ्गलादेश तयार छ तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको छ ।” उनले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताए । 

मेची भन्सार कार्यालयको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयले साउन १ गतेदेखि स्तरोन्नति भई भन्सार कार्यालयको दर्जा पाएको हो । भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुईवटा भन्सार कार्यालय भएका छन् ।