कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

नयाँ संविधान जारी भएसँगै लगानीको लहर चलेको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा लागेका छन् । उद्योगीले क्षमता विस्तार गरेका छन् । विदेशमा रहेका विदेशी लगानीकर्तासहित नेपाल फर्किएर लगानी गर्ने क्रम सुरु भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणको अन्त्य भएको छ । संविधान जारी भएर स्थिर सरकार बनेसँगै लगानीको वातावरण तयार भएको हो ।

343
केशव समर्पण
बिहिवार, आश्विन ४, २०७५

सिद्धान्ततः कुनै पेशा, व्यवसायको लागि तालिम र अनुभवको आवश्यकता पर्छ । तर मकवानपुरका चेपाङ र तामाङ समुदायले भने चराउन ल्याइएका मौंरीबाटै मौरीपालनको ज्ञान र सीप हासिल गरेका छन् । चरनमा देखेर ज्ञान र सीप आर्जन भएपछि उनीहरुले पनि मौरीपालन सुरु गरेका छन् । मौंरीपालनबाट उनीहरुले हजारौं होइन, लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

328
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

हिन्दकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर बढी पर्ने भएकाले ती क्षेत्रको अर्थतन्त्र प्रणालीमा सुधार आउन नसक्ने भन्दै समयमै जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रम लागू गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । हिमनदी पग्लने र यसले हिमाली अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणका लागि हिन्दुकुश हिमालय क्षेत्रका मुलुकबीच भएको काठमाडौं घोषणापत्रमार्फत हिमालय क्षेत्रमा जलवायुको असर न्यूनीकरण गर्न विकास साझेदार निकायबाट लगानीको आशा गरिएको छ ।

360
शिव बोहरा
बुधवार, आश्विन ३, २०७५

सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीहरूले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । असोज ५ देखि बुकिङ खुलाउने तयारी भइरहेका बेला सरकारले अचानक इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीहरूले बुकिङ नखोल्ने जनाएका हुन् ।

590
निरु अर्याल
बुधवार, आश्विन ३, २०७५

सरकारले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब २० अर्ब राजस्व संकलन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा १ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ खर्च गरिएको जानकारी दिएका हुन् ।

497
रासस
बुधवार, आश्विन ३, २०७५

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो ।

258
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पछिल्लो ६ महिनामा एक दर्जन कृषिसम्बन्धी ऐन र नीति ल्याएको जनाएको छ । मन्त्रालय गठनको ६ महिनाका मुख्य उपलब्धि सार्वजनिक गर्दै मंगलबार यो जानकारी दिइएको हो ।

236
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

धनुषाको एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडले उखुको भुक्तानी नदिँदा किसान समस्यामा परेका छन् । किसानले उधारोमा बेचेको उखुको रकम हालसम्म नपाउँदा नजिकिँदै गरेको दसैं–तिहार पर्व मनाउन समस्या हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

568
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्तासमक्ष संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव गरेको छ । महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक कोअपरेशनले आयोजना गरेको दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रममा लगानीको प्रस्ताव गरेका हुन् ।

633
प्रगति ढकाल
मंगलबार, आश्विन २, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी ग्लोबल टेण्डर आह्वानको तयारी गरिरहेका बेला आयोजनाको विरोध सुरु हुन थालेको छ । पर्यटन मन्त्रालयले २ हजार ५ सय ५६ हेक्टर जग्गामा रुख काट्ने आदेशका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेसँगै पर्यावरणविद्हरूले ठूलो वातावरणीय विनास गरेर विमानस्थल निर्माण गर्न लागिएको भन्दै विरोध गरेका हुन् ।

1906
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादित सिलटिमुर विदेशी वजारमा जान थालेको छ । इलामका लेकाली भेगमा उत्पादित सिलटिमुर युरोपेली मुलुकमा जान थालेको हो । औषधि र अचारमा प्रयोग हुने सिलटिमुर स्वाद र वासनाका लागि पनि लोकप्रिय मानिन्छ । हालसालैदेखि सिलटिमुर युरोपका विभिन्न मुलुकमा परीक्षणका रूपमा जान थालेको छ ।

470
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

394
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

जिल्ला समन्वय समिति धनुषाको दोस्रो जिल्ला सभाबाट आव ०७५÷७६ का लागि वार्षिक कार्यक्रम तथा बजेट र सोको अवस्था सार्वजनिक गरेको छ ।

91
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

पुँजीबजारमा सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीले प्रभावकारी भूमिका निर्वाह नगरेको उनीहरूको भनाइ छ ।

234
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

सप्तरीबाट वैदेशिक रोजगारीमा जाँदा विभिन्न एजेन्टबाट ठगिएकाहरूले चालू आर्थिक वर्ष २०७५-७६ को डेढ महिनामा ५८ लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गत वर्ष पीडितहरूले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुपैयाँ क्षतिपूर्ति पाएका थिए । सुरक्षित आप्रवासन परियोजनाले राजविराज गरेको समीक्षा तथा आगामी कार्ययोजना विषयक छलफलमा सो जानकारी दिइएको हो ।

226