काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रभावित दोलखावासीको माग धान्न नसक्ने भएपछि सेयर आवेदनका लागि ७ दिन म्याद थप भएको छ । धितोपत्र बोर्डले बिहीबार निर्णय गरेर अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयरका लागि आवेदन गर्ने समय बढाएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहु प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज मंसिरदेखि सञ्चालनमा आउने भएको छ ।
उपत्यकामा बुधबार र बिहीबार वायु प्रदूषण कम भएको छ । उपत्यकाको वायु प्रदूषणको तथ्यांक हेर्दा प्रदूषण गराउने सवारी साधन बुधबार र बिहीबार जोर बिजोर प्रणालीमा चलाएको र उपत्यकामा धुलो सफाइ गरेसँगै अघिल्ला दिनको तुलनामा वायु प्रदूषणको मात्रा घटेको हो ।
पर्यटकीय नगरी बन्दीपुरमा निर्माण हुन लागेको केवलकारको काम तीव्र गतिमा भइरहेको छ । केवलकारको गत साउन ५ गते शिलान्यास भएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज मंसिरदेखि सञ्चालनमा आउने भएको छ ।
पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएको छ । ७ सय ५० मेगावाटको आयोजनामा लगानी गर्ने भनिएको चिनियाँ कम्पनीले आर्थिक प्रतिफल कम भएको तथा जग्गा र पुनर्वासको समस्या देखाउँदै हात झिक्ने संकेत गरेको हो । आयोजना निर्माणका लागि चिनियाँ कम्पनी र नेपाल लगानी बोर्डबीच भएको वार्ता असफल भएको छ ।
बुधबार बसेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्रिस्तरीय बैठकले विद्युत् प्रसारणलाइन अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड कनेक्सन) सहमतिपत्र सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
गौरीशंकर गाउँपालिका–१ राजपुका प्रकाश बस्नेत दशकपछि घर फर्किए । उनको नागरिकता जन्मस्थान दोलखा जुँगू भए पनि उनी रोजगारी र व्यवसायको सिलसिलामा २ दशकदेखि भारतको सिक्किम बस्दै आएका छन् ।
बहुचर्चित ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना निर्माणको टुंगो लगाउन बसेको मंगलबारको बैठक निष्कर्षविहीन बनेको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री–गोर्जेज इन्टरननेसनल कर्पोरेसन (सीटीजीआई) को टोलीबीच भएको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ । निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।
कर्णाली क्षेत्र भौगोलिक रूपमा विकट क्षेत्र हो । हिमालै हिमालको बाटोमा लेकबेंसी गर्ने यहाँका नागरिकको दिनचर्या नै हो । वर्षाको सिजनमा गाईवस्तु लेकमा राख्ने र दैनिक आउने जाने गर्ने काम भइरहन्छन् ।
घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन क्षेत्रको अध्ययन भइरहेको जनाएको छ । अहिले संरचना निर्माणमा हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको काम समेत अन्तिम अवस्थामा पुगेको घोराही उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए ।