प्रगति ढकाल
मंगलबार, असार २६, २०७५

नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिन लागेको गैंडा चितवनबाट (आज) मंगलबार काठमाडौं ल्याइँदै छ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध बढाउने उद्देश्यका साथ बिहीबार नै चीनलाई १ जोडी गैंडा हस्तान्तरण गरिँदै छ ।

978
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने क्रममा पानीजहाज चलाउनका नयाँ संस्था खडा गर्ने÷नगर्ने बारेमा सरकार छलफलमा रहेको बताएका हुन् ।

1626
रासस
आइतवार, असार २४, २०७५

गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मत एवं निर्माणकार्य सम्पन्न भएको छ ।

804
कारोबार संवाददाता
आइतवार, असार २४, २०७५

निर्माणाधीन सिंगटी खोला जलविद्युत् आयोजनाको प्रगति ७० प्रतिशत भएको छ । आयोजनाले ढिलोमा एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको हेडबक्सको प्रायःजसो काम पूरा भएको छ ।

1391
भीम गौतम
आइतवार, असार २४, २०७५

भारतीय पक्षले बिजुलीको भाउ बढाउन गरेको प्रस्तावलाई नेपाल विद्युत् प्राधिकरणले अस्वीकार गरेको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीइसी)को बैठकमा उत्तर बिहार विद्युत् वितरण कम्पनीले १५ देखि २० प्रतिशतसम्म बिजुलीको भाउ बढाउन गरेको प्रस्तावलाई प्राधिकरणले अस्वीकार गरेको हो ।

1159
भीम गौतम
शुक्रवार, असार २२, २०७५

दुई दशक अघिदेखि पहल सुरु गरिए पनि निर्माण पूरा हुन नसकेको राष्ट्रिय जलस्रोत नीति बल्ल तयार भएको छ । तर, आयोगले तयार पारेको मस्यौदालाई सरोकारवालाले भने संविधानको भावना प्रतिकुल रहेको भनी टिप्पणी गरेका छन् ।

1227
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५

सात करोड ७७ लाख ९२ हजार २७३ रुपैयाँको लागतमा झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएका छन् । झापामा सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रम लागू भएसँगै सात करोड ७७ लाख ९२ हजार २७३ रुपैयाँको लागतमा झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए ।

1105
रेशमराज रोकाया
शुक्रवार, असार २२, २०७५

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किलोमिटरमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको सडक खण्डको चट्टान फुटाउन विस्फोटक पदार्थ भित्रिएको छ । हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्का खोलासम्म १५ किमि सडकको ट्रयाक खुलिसकेको भए तापनि सदरमुकाम सिमकोट जोड्नका लागि च्याछहराको चट्टान र कर्णाली करिडोरको अन्य भागका चट्टान विस्फोटका लागि ३ सय किलो विष्फोटक पदार्थ जिल्ला भित्रिएको हो ।

2150
अनिश शर्मा गैरे
शुक्रवार, असार २२, २०७५

रेसुंगा एयरपोर्ट गुल्मीसहित प्युठान, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाको गौरवको आयोजना हो । यो एयरपोर्ट जिल्लाकै भाग्य र भविष्य पनि हो । बिमानस्थल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने धेरैको विश्वास छ ।

846
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

मेलुङ गाउँपालिकाभित्रका सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । गाउँपालिकाभित्रको सडकको विस्तृत अध्ययन गरी त्यसैका आधारमा सडक निर्माण गर्न लागेको हो । मेलुङ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा व्यवस्था गरेर बजेटसमेत विनियोजन गरेको छ ।

507
सरस्वती ढकाल
बुधवार, असार २०, २०७५

सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनी दिने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई ‘हतारको निर्णय’को संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने कारोबारलाई बताएका हुन् ।

3034
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको शुभारम्भसँगसँगै प्रदेश नं १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरूबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् ।

872
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

म्याग्दी-मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि ३ र ४ नम्बर वडा बरंजा जोड्ने सडकको ट्र्याक खुलेको छ । मंगला गाउँपालिकाले चालू आवमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको अर्मनपोक–सातबिसे–ज्यामिरे तोरीडाँडा हाडेडाँडा हुदै ३ नम्बर वडा कार्यालय जोड्ने नमुना सडकको ट्र्याक निर्माण भएको हो ।

801
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरू सडकमा ओर्लिएका छन् । नागरिक दबाब अभियानको नेतृत्वमा सुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूले वर्षौं अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले दुःख कष्ट पाउँदासमेत सरोकारवाला निकाय मुकदर्शकमात्र भएको बताए ।

1453
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

सरकारले प्रसारणलाइन र सब स्टेसन निर्माणको गुरुयोजना सार्वजनिक गरेको छ । गुरुयोजनामार्फत चीनतर्फ २ र भारततर्फ ६ वटा अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्ने योजना अघि सारिएको छ । गुरुयोजनामा पाँच क्षेत्रका करिडोरमा ‘हव’ स्टेसन पनि तोकिएको छ ।

1090

सातामा धेरै पढिएको