कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई वर्षभित्र नेपालका सबैलाई ऊर्जाको पहुँच पु¥याउने बताएका छन् ।

380
कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

तिलोत्तमा नगरपालिका रुपन्देहीले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भू–उपयोग मापदण्ड–२०७६ जारी गरेको छ । कृषि, वन, नापी, तथा सरोकारवालाको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

204
कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोशियारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् ।

766
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

जलविद्युत् क्षेत्रमा कम्पनीहरूको नियमन नभएको गुनासो भएकाले नेपाल धितोपत्र बोर्डले बुधबार निर्देशन दिँदै प्राथमिक सेयर निष्कासन गर्नु पूर्व विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने बताएको छ ।

292
भीम गौतम
शुक्रवार, जेठ १०, २०७६

लगानी सम्मेलनको क्रममा लगानी बोर्डमा सोकेस गरिएका ३० सहित ४१ परियोजनामा लगानीका लागि ७१ प्रस्ताव परेको छ । चैत १५ र १६ मा काठमाडौंमा भएको लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि यो प्रस्ताव परेको हो । परियोजनाका लागि सुरुमा २० अप्रिलसम्म आवेदन दिन पाउने व्यवस्था रहेकोमा बोर्डले एक महिना थप गरेपछि सो अवधिमा यति प्रस्ताव परेका हुन् । सरकारले सरकारीतर्फ ५० परियोजना शोकेस गरेकोमा २३ खर्ब बराबरका ३० का लागि ६० आवेदन तथा शोकेस नगरिएका करिब ८ खर्ब बराबरका ११ परियोजनाका लागि ११ प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ ।

669
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधान विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन सुरु गरेको छ । आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले बिहीबार संघीय सरकारअन्तर्गतको सम्बन्धित निकायमा, सात वटै प्रदेश महासंघले सम्बन्धित प्रदेश प्रमुखकोमा र ७७ जिल्ला संघले जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाएका छन् ।

335
हरिश चन्द
शुक्रवार, जेठ १०, २०७६

वजेटको अभावमा अलपत्र अवस्थामा परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशिक सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । संघीयता कार्यान्वयन भएसँगै संघीय सरकार मातहतमा निर्माण भइरहेका वहुवर्षीय प्रादेशिक सडक सुदूरपश्चिम प्रदेश सरकार मातहतमा आए पनि बजेट नआउँदा डडेल्धुरा र डोटीका साना ठूला गरी ३४ प्रादेशिक सडकको निर्माण कार्य अलपत्र परेको थियो ।

268
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

तिलोत्तमा नगरपालिका रुपन्देहीले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भू–उपयोग मापदण्ड–२०७६ जारी गरेको छ । कृषि, वन, नापी, तथा सरोकारवालाहरूको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको नगर प्रमुख वासुदेब घिमिरेले बताए ।

212
दिलबहादुर केसी
शुक्रवार, जेठ १०, २०७६

सिंगटीदेखि लामोसाँघुसम्मको प्रसारणलाइन नबन्दा नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाहरूलाई हर्जना तिर्नुपर्ने भएको छ । जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्ने बेलासम्म पनि प्रसारणलाइन नबने प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने अवस्था आउने भएको हो ।

502
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का विष्णु भुसालले नयाँ जग्गाधनी प्रमाणपत्र पाउँदा खुसी भए । व्यावसायिक कृषि पेसामा लागेका भुसालले घरजग्गा राखेर बैंकबाट ऋण निकाल्नसमेत पाएका थिएनन् । उनले नयाँ पुर्जा पाएसँगै कृषिखेती गर्दा ऋण निकाल्नका लागि सजिलो हुने बताए ।

212
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

राष्ट्रिय प्राथमिकता र गौरवका आयोजनाअन्तर्गत ‘कालीगण्डकी–तिनाउ डाइभर्सन’ परियोजनाको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं. ५ अन्तर्गत तराईका तीन जिल्लामा सिँचाइसँगै विश्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने बहुउद्देश्यीय परियोजनाको प्रक्रिया अघि बढेर अन्तिम चरणमा पुगेको हो ।

457
दीननाथ बराल
शुक्रवार, जेठ १०, २०७६

पोखराको फेवातालवरिपरि मापदण्डविपरीत निर्माण भएका होटल तथा रेस्टुराँ, घरटहरासहितका भौतिक संरचना भत्काउने तयारी भएको छ । पोखरा महानगरपालिकाले पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालवरिपरि मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना हटाउने तयारी गरेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

253
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडा वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउन लागेको बताएका छन् । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनसँग बुधबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा क्रममा उनले वैदेशिक नीति सहज बनाउन लागेको बताएका हुन् । मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे ।

270
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

सुदूरपश्चिम प्रदेशका सांसदहरूले आगामी वर्षका लागि योजना छनोट प्रक्रियाको विरोध गरेका छन् । प्रदेशसभामा जारी पूर्वबजेट छलफलका क्रममा सांसदहरूले प्रदेश सरकारले गलत प्रक्रियाबाट योजना छनोट गरेको आरोप लगाएका छन् । उनीहरूले सरकारले विधि र प्रक्रिया मिचेर योजना छनोट गरेको आरोप पनि लगाए । सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदहरूले सरकारले योजना छनोट प्रक्रियामा सांसदहरूलाई सहभागी नगराएर झ्यालबाट योजना छानेको बताए ।

171
गोपाल पोखरेल
बुधवार, जेठ ८, २०७६

३७ वर्षअघि सुरु गरिएको योजना अझै सम्पन्न हुन नसक्दा त्रियुगा नगरपालिका–८ र १६ का सर्वसाधारण खानेपानी समस्यामा छन् । २०३८ सालमा २० हजार रुपैयाँ बजेटबाट सुरु गरिएको साहीखोला खानेपानी आयोजना हालसम्म पनि सम्पन्न हुनसकेको छैन । आयोजना सम्पन्न नहुँदा यहाँका १ हजार ८ सय घर परिवारले वर्षौंदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् ।

311