कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

खानेपानीमन्त्री बिना मगरले मेलम्चीको समस्या अब धेरै समय बाँकी नरहने बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४औं वार्षिकोत्सव समारोह उद्घाटन गर्दै खानेपानीमन्त्री मगरले मेलम्चीको समस्या अब धेरै समय नरहने बताएकी हुन् । उनले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छन् ।

441
भीम गौतम
शुक्रवार, बैशाख ६, २०७६

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमले सुनकोसी–२ र ३ जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न आशयपत्र पेस गरेको छ । १५ र १६ चैतमा भएको लगानी सम्मेलनमा सोकेसको रूपमा राखिएका ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाका लागि आशयपत्र पेस गरेको लगानी बोर्डले जनाएको छ । हाल विद्युत् विकास विभागले दुवै आयोजनाको अध्ययन गरिरहेको छ ।

689
कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूचि तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

348
केशव समर्पण
बिहिवार, बैशाख ५, २०७६

मकवानपुरका स्थानीय तहले साना र कम लागतका धेरै योजना बनाएर बजेट बाँडेका कारण पुँजीगत र भौतिक प्रगति न्यून भएको पाइएको छ । स्थानीय तहहरूले सयौं योजनामा ५० हजारदेखि २ लाख रूपैयाँसम्म विनियोजन गरेका छन् ।

364
कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले असारअघि नै विद्युत् उत्पादन गर्ने भएका छन् ।

620
अनिश शर्मा गैरे
बिहिवार, बैशाख ५, २०७६

मुसिकोट नगरपालिका–७ वामी र वडा–३ बडागाँउ जोड्ने झेंदीमा निर्माणाधीन बडिगाड खोलामाथि भत्किएको पुलको विज्ञ टोलीले अध्ययन गरेको छ ।

521
भीम गौतम
बिहिवार, बैशाख ५, २०७६

नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको सौर्य ऊर्जा (सोलार) मा लगानी र प्रतिबद्धता गर्ने क्रम बढे पनि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि भने चुनौती देखिएको छ । सरकारले सार्वजनिक गरेको १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअन्तर्गत १५ प्रतिशतसम्म नवीकरणीय ऊर्जाको हिस्सामात्र प्रणालीले धान्न सक्ने भएकाले बढ्दो लगानी र प्रतिबद्धताले चुनौती देखिएको हो ।

337
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

बजेट निकासा रोकिएपछि जिल्लाभित्र सञ्चालित दर्जनौं बहुवर्षीय योजना अलपत्र अवस्थामा छन् । ठेक्कामार्फत कार्यान्वयन थालिएका त्यस्ता योजनाको बजेट निकासा नहुँदा निर्माणको काम अधुरै छ । ठेकेदारले भुक्तानी पाउने नपाउने निश्चित नहुँदा काम गर्न नसकेको बताउँदै आएका छन् । अघिल्ला आर्थिक वर्षमा संघीय सरकारले बहुवर्षीय योजना ठेक्का लगाएको थियो । सरकारले थालेका आयोजना गत वर्ष नै बजेट अर्थ मन्त्रालयले प्रदेश सरकारलाई पठाइसकेको बताए पनि निकासा नआउँदा चालू वर्षमा ती आयोजनाको काम रोकिएको हो ।

369
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को अमिलिखर्कबाट खोटाङ जिल्लाको धाप्लाङसम्म जोड्ने ४२ किलोमिटर सडक निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा सडक निर्माण हुन लागेको हो । मंगलबार सडक निर्माणको शिलान्यास गर्दै प्रदेश सांसद विमल कार्कीले ७ मिटर चौडाइ रहने उक्त सडकको चालू आवभित्रै ५ किमि काम सम्पन्न हुने बताए ।

391
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

खानेपानीमन्त्री बिना मगरले जनतालाई मालिक बनाउन सहलगानीका आयोजना सुरु गरेको बताएकी छन् । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गर्दै उनले सहलगानी आयोजना सुरु गरिएको बताएकी हुन् । तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानी अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु-याउने उद्देश्यले पानी ट्यांकी शिलान्यास गरिएको हो ।

328
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

नेपालमै पहिलोपटक सुरुङ खन्ने विशाल उपकरण टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय स्वीच थिचेपछि बाँकी रहेको दुई मिटर सुरुङ खन्दै गत साल कार्तिक २० गते बबईबाट भित्र पसेको टीबीएम मेसिन आयोजनाको ड्याम निर्माणस्थल भेरीगंगा ११ चिप्लेमामा निस्किएको हो । राष्ट्रिय गौरवको उक्त आयोजनाको सुरुङ जम्मा १२ किलोमिटर २ सय मिटर लामो छ ।

637
कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६

पुल बनाउन हतारिने तर पुलसम्म पुग्ने पहुँचमार्ग नहुँदा केही पुल उपयोगविहीन देखिएका छन् । करोडौं लगानी गरेर बनेका पुलजस्ता पूर्वाधारमा पहुँचमार्ग नहुँदा पुल उपयोगविहीन बनेका हुन् । मुआब्जा तथा जग्गा विवादलगायतले पुलनजिकका पहुँचमार्ग बनाउन अवरोध हुँदै आएको पनि छ । नेपाल–भारत सीमामा निर्माण भएको द्विदेशीय पुलमा पनि पहुँचमार्ग नहुँदा प्रयोगमा आएको छैन ।

232
भीम गौतम
मंगलबार, बैशाख ३, २०७६

नेपाल विद्युत् प्राधिकरणले गत मंसिरसम्ममा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक ग¥यो । आर्थिक वर्ष २०७४-०७५ मा २०.४५ प्रतिशत रहेकोमा चालू वर्ष २०७५-०७६ मा १८.५ प्रतिशतमा झार्ने लक्ष्य थियो तर प्राधिकरणले पाँच महिनामै ५ प्रतिशत घटायो । तथ्यांक सही छ भने विद्युत् प्राधिकरणले ठूलो समयमा ठूलो उपलब्धि हो ।

325
रासस
मंगलबार, बैशाख ३, २०७६

बनेपा- जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो ।

321
कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६

सल्यानको थारमारे र कोटमौलालाई जोड्ने बुरेलीघाटमा झोलुंगे पुल निर्माण गरिएको छ । जिल्लाको बागचौर नगरपालिकाको वडा नम्बर १ र ८ लाई जोड्ने शारदा नदीको बुरेलीघाटमा निर्माण गरिएको पुलको पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले उद्घाटन गरे ।

197