कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

दाङका चार स्थानीय तहले मदन भण्डारी राजमार्ग रेखाङ्कन तथा निर्माणका लागि सहमति गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् ।

917
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागिएको २५ वाट क्षमताको सेती हाइड्रोपावर लिमिटेड लगानी जुटाउन लागि परेको छ । निर्माण तथा सञ्चालनको जिम्मा लिएको भिजन लुम्बिनी लिमिटेडले वीरगन्जमा परियोजनाको बारेमा जानकारी गराएको छ ।

901
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवा निर्देशनालय (डीसीएस)को हेटौंडा क्षेत्रीय कार्यालय र यसअन्तर्गतका शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

480
दिपक बोहरा
शनिवार, मंसिर २९, २०७५

दश वर्षअघिको च्याङथापु बजार र अहिलेको च्याङथापु बजारमा धेरै फेरिएको छ । दश वर्ष अघिसम्म गाडी चढ्न थर्पु बजारसम्म आउने च्याङथापुका मान्छे अहिले आफ्नो घर घरसम्म गाडीमा पुग्ने गरेका छन् ।

637
सुब्बा कार्की
शनिवार, मंसिर २९, २०७५

उद्योग कलकारखाना, यातायात लगायतमा अग्रस्थान ओगटेको २ नम्बर प्रदेश शैक्षिक तथा विकास निर्माणमा भने अन्य प्रदेशभन्दा केही तल देखिएको छ । देशमा संघीयता संस्थागत भएपछि शासन संघीय प्रणालीअन्तर्गत राज्य सञ्चालन सुरु भइसकेको अवस्थामा समृद्ध प्रदेशको कल्पनामा अगाडि बढेको २ नम्बर प्रदेश सरकारले शिक्षालाई विशेष जोड दिएको छ । त्यसै पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि सारेका छन् ।

787
एमके यादव
शनिवार, मंसिर २९, २०७५

तराई मधेस विकासको मेरूदण्ड मानिएको हुलाकी सडक निर्माण काम सुरू भएको वर्षौं बितिसक्दा पनि पूर्णता नपाउँदा यस क्षेत्रका सर्वसाधारण बासिन्दाहरूलाई सधैं पीडा भोग्नुपर्ने बाध्यता कायमै छन् ।

659
कारोबार संवाददाता
शनिवार, मंसिर २९, २०७५

मुलुकमा संघीयता कार्यान्वयन भएसँगै बाराको सिमरा क्षेत्रमा चौतर्फी विकासको सम्भावनाको ढोका खुल्दै गएको छ । मध्य तराईको केन्द्र रहेको सिमरा आसपासका क्षेत्र प्रदेशकै रोजाइमा परेको छ ।

638
मकरराज धामी
शुक्रवार, मंसिर २८, २०७५

बझाङमा जलविद्युत्को अपार सम्भावना छ तर राज्यले बझाङलाई चिन्न नसकेको बझाङवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, कालंगा, सानीगाड, सुनिगाड र बहुलिगाड तथा अन्य साना नदीहरूमा जलविद्युत् आयोजनाका निर्माणकार्यहरू भैरहेका छन ।

605
रामहरि न्यौपाने
शुक्रवार, मंसिर २८, २०७५

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । नेपालमा हाल निर्माणाधीन राजमार्ग मध्येको गाँउदेखि सहरसम्म पूर्वदेखि पश्चिम यो सडकले जोड्दछ । नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछि यो तेस्रो ठूलो राजमार्ग हो ।

825
भीम गौतम
शुक्रवार, मंसिर २८, २०७५

आर्थिक वर्ष २०७१-०७२ देखि सुरु भएको २२० केभीको कोशी कोरिडोर प्रसारण लाइन आयोजना निर्माण प्रक्रिया लाग्यो । नेपाल विद्युत् प्राधिकरणभित्रका साथै वन र वातावरणका विभिन्न प्रक्रिया अड्किएर २०७४ चैत २७ मा मन्त्रिपरिषद्बाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पारित पनि भयो । जब आयोजना सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका वन क्षेत्रमा कटान गर्न पुग्यो, तब करिब ९ हजार रुख कटान गर्नुपर्नेमध्ये अधिकांशको नम्बरिङ मेटिएको थियो । फेरि नम्बरिङ नगरी काम अघि बढ्न नदिने भएपछि यो कार्य अघि बढेको छ ।

582
किरण कर्ण
शुक्रवार, मंसिर २८, २०७५

रामजानकी विवाहपञ्चमी महोत्सवसँगै जनकपुरधाममा विभिन्न किसिमका टिकाटिप्पणीहरू हुन थालेको छ । हुन त जनकपुरधाम हिन्दुहरूको पवित्रस्थल तथा धार्मिक पर्यटकीय नगरीको लागि अग्रसर रहेको बेलामा भएको भारतीय प्रधानमन्त्रीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यालाई जनकपुरधामसँग जोड्नेदेखि लिएर कृषि क्षेत्रमा आधुनिकताको कुरालाई समेत एक अर्कालाई सहयोग गरी धार्मिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न उद्धत रहेको देखिन्छ ।

505
मेगराज खड्का
शनिवार, मंसिर २९, २०७५

दुई दशकअघि रुकुमेलीको दैनिकी यस्तो थियो की आफूलाई आवश्यक परेका सामग्री किनमेलका लागि मात्र होइन गाडि चढ्नका लागि सल्यान, दाङ वा नेपालगन्ज जानुपथ्र्यो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११, गोईरीका अमृत बटालालाई घ्यूको बाकस बोकेरै हिँडेर नेपालगन्ज पुगेको अहिले पनि झलझली याद आउँछ । घरमा उत्पादन भएको घ्यूको बाकस बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरी पुग्ने नुन, लत्ताकपडा र चाडपर्वको घरखर्च ल्याउनु हिजोआजको जस्तो सहज थिएन ।

1782
दिलबहादुर केसी
शनिवार, मंसिर २९, २०७५

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको धेरैको चासो र चर्चाको विषय भनेको विद्युत् कहिले उत्पादन हुन्छ र सेयर कहिले खुल्छ भन्ने नै हो । तर अहिले विद्युत् उत्पादन गर्ने समय थपिदै गए तापनि आयोजना प्रभावित र सर्वसाधारणले भने सेयर पाइ सकेका छन् । तर चाहेजति सेयर पाउँन नसकेपछि भने अधिकाँश सेयरधनीहरु भने असन्तुष्ट छन् ।

1162
कारोबार संवाददाता
शनिवार, मंसिर २९, २०७५

बाँकेको कृषिमा हरित क्रान्ति गर्ने उद्घोषका साथ राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सरकारले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको थियोे । सो आयोजनामा १५ वर्षको अवधीमा सरकारले गरेको १५ अर्ब रूपैयाँको लगानी बालुवामा पानी सरह भएको छ ।

456
भीम गौतम
शनिवार, मंसिर २९, २०७५

जलविद्युत्को इतिहास जतिक्कै छ, जनताले बिजुली पाएको इतिहास पनि । विक्रम संवद १९६८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले फर्पिङको चन्द्रज्योती विद्युत् आयोजना निर्माण पूरा भएपछि पहिलोपटक खोकनाका सिद्धिलाल महर्जनको घरमा परीक्षणको रुपमा बिजुली बालेका थिए ।

607