कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःथापनाका बाँकी काम सम्पन्न गर्न ६ खर्ब रुपैयाँ लाग्ने बताएका छन् ।

690
नीरज पिठाकोटे
सोमवार, आश्विन १, २०७५

वीरगन्ज महानगरपालिकाभित्र पर्ने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सिर्सिया सुक्खा बन्दरगाह (आईसीडी) को क्षेत्र विस्तारका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको छ । हाल वीरगन्ज महानगरपालिकामा रहेको सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकीबीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो ।

665
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

बाराको जितपुर–सिमरा उपमहानगरपालिका विकास निर्माणमा जुटेकोे छ । दोस्रो नगरसभाबाट पारित योजना कार्यान्वयनका लागि उपमहानगर विकास निर्माणमा जुटेको हो ।

871
अनुपमा खनाल
आइतवार, भदौ ३१, २०७५

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ । आयोजनाले गोरखा र धादिङतर्फ एक÷एक सय किमि सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो ।

1068
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको ऐतिहासिकता जोडिएको केपाङ निर्माण सुरु गरिएको छ । जिल्लाको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा १ करोड बराबरको लागतमा केपाङ निर्माण सुरु गरिएको हो ।

706
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

नेपालका लागि चीनका राजदूत यू होङले नेपालमा प्रविधि तथा लगानी विस्तारमा जोड दिने बताएकी छन् ।

1515
भीम गौतम
आइतवार, भदौ ३१, २०७५

सन् २०४१ भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने घोषणासँगै यसका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गरिने भएको छ । बंगलादेश सरकारले आफ्नो योजनामै नेपालबाट बिजुली किन्ने उल्लेख गरेपछि सिधै जोडिने गरी सरकारले नेपाल–भारत–बंगलादेश जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो ।

1947
कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएका बताएका छन् । कारोबार दैनिकले आयोजना ‘कारोबार इकोनोमिक कन्क्लेभ’ मा बोल्दै शुक्रबार प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि उपयुक्त समय रहेको बताएका छन् । उहाँले तीव्र गतिमा आर्थिक विकासका लागि विभिन्न कोणबाट काम भइरहेको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताए ।

1508
कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५

प्रदेश सरकारअन्तर्गतका २ वटा सरकारी कार्यालयल दाङमा स्थापना गरिएको छ । कार्यालयको बिहीबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । प्रदेश सरकारअन्तर्गत जिल्लामा पहिलो पटक यी कार्यालय स्थापना गरिएका हुन् ।

957
विप्लव काफ्ले
शुक्रवार, भदौ २९, २०७५

जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको गेष्ट हाउस चौरमा सिटीहल बन्ने पक्का भएको छ । भरतपुर महानगरले जग्गा उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेपछि जिससले बुधबार दलका प्रमुखको रायसुझाव मागेको थियो । अब गेष्ट हाउस चौरमा ५ हजार क्षमताको सिटी हल बन्ने बाटो खुलेको छ ।

1120
कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युत्मा वैदेशिक लगानीका लागि मुख्य चार समस्या रहेको बताएका छन् ।

1357
अनुपमा खनाल
शुक्रवार, भदौ २९, २०७५

पालुङटार नगरपालिका–१ खोप्लाङ दरौदीफाँटका ६९ वर्षीय भीमबहादुर कुमाल टन्टलापुर घाममा धानको रोपो गोड्दैछन् । घुँडा टेकेर धान गोडेका उनको हिलाले खाएको खुट्टा प्रष्टै देख्न सकिन्छ ।

749
रासस
बिहिवार, भदौ २८, २०७५

प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।

1757
कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५

अछामको कमल बजारमा रहेको वायु तथा सौर्य ऊर्जा अवरुद्ध भएको ७ महिनापछि पुनः सञ्चालनमा आएको छ । २०७४ माघ १० गते चट्याङले क्षति पु¥याएपछि पूर्णरूपमा अवरुद्ध भएको विद्युत् सेवा भदौ २० गतेबाट दैनिक ८ घण्टा सञ्चालनमा आएको कमल बजार वैकल्पिक ऊर्जा विकास समितिका अपरेटर शिवराम अधिकारीले जानकारी दिए ।

878
कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५

काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौं उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ ।

1244