हरिश चन्द
बिहिवार, श्रावण १७, २०७५

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले १२ सय बढी पोल वितरण गरेको छ । आर्थिक बर्ष २०७४ र ०७५ को ग्रामिण बिद्युती करण अन्तर्गत पाँच करोड ६० लाख बजेट बाट १२ सय देखि १३ सय पोल वितरण गरेको जनाएको छ । आवश्यकता अनुसार गत बर्ष बिजुलीका पोल बाँडिएको प्राधिकरण डडेल्धुराले जनाएको हो ।

537
सरस्वती ढकाल
शुक्रवार, श्रावण १८, २०७५

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

2086
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

एसियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनामा भइरहेको ढिलाइमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको छ । एडीबीले ती आयोजनाको प्रगति निकै सुस्त भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको हो ।

688
भीम गौतम
बिहिवार, श्रावण १७, २०७५

नेपालमै पहिलोपटक भित्र्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिले सबैभन्दा संवेदशनशील क्षेत्र पार गरेको छ । भेरी बबई आयोजनाको सुरुङ निर्माणका क्रममा मेसिनले यो क्षेत्र पूरा गरेको हो ।

4813
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि सञ्चालित प्रसारणलाइन र सबस्टेसन निर्माणको ६० प्रतिशत काम सकिएको छ ।

667
भीम गौतम
बुधवार, श्रावण १६, २०७५

सरकारले सन् २०४० भित्र ६ खर्ब ३७ करोड रुपैयाँ लागतमा ६ हजार ८ सय ३७ किलोमिटर बनाउने महत्वकांक्षी गुरुयोजना अघि सारेको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तयार पारेको नेपालको प्रसारण प्रणाली विकासबारेको गुरुयोजनामा ५ क्षेत्र बनाएर १ सय ११ प्रसारण लाइन आयोजना अघि बढाउने गरी गुरुयोजना अघि सारेको हो ।

1344
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलाखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज)देखि संकलन सुरु हुँदैछ ।

1771
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ । अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ । 

1173
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताए ।

1687
भीम गौतम
मंगलबार, श्रावण १५, २०७५

नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला विभिन्न ३० नगरपालिकामा “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरिएको छ ।

1417
रासस
सोमवार, श्रावण १४, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले आज शिष्टाचार भेट गरेका छन् । 

1268
रासस
सोमवार, श्रावण १४, २०७५

आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।

871
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारतले अनुदान रकममध्ये पहिलो किस्ता शुक्रबार हस्तान्तरण गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई शुक्रबार २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गरे ।

2219
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणकार्यका लागि निर्माण कम्पनी छनोट गरिएको छ ।

871
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

कञ्चनजंघा हिमालको काखमा अवस्थित फक्ताङ्लुङ गाउँपालिका ‘विद्युत् हब’ बन्ने भएको छ । गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित तमोर नदीबाट मात्रै करिब ८ सय मेगावाट विद्युत् उत्पादन गर्न सम्भव पाइएसँगै विद्युत् हब बन्ने भएको हो ।

1093