सागर परियार
बुधवार, पुष १८, २०७५

भौगोलिक विकटताकै कारण कर्णालीका अधिंकाश जिल्ला विकासको पहुँचमा पुग्न सकेका छैनन् । भौगोलिक विकटताकै कारण कर्णालीको हुम्लामा अहिलेसम्म सडक नै पुगेको छैन भने अन्य जिल्लामा पुगेका सडक जोखिमपूर्ण हुँदा समस्या भएको छ । सल्यान, जाजरकोट, सुर्खेत, जुम्ला नाग्न मुगु सडक खण्ड निकै जोखिमपूर्ण छन् ।

835
विप्लव काफ्ले
बुधवार, पुष १८, २०७५

चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी एसियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम सुरु भएको छ ।

986
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

बाँकेका विभिन्न स्थानीय तहले योजना छनोटमै ढिलाइ गरेका छन् । उनीहरूले अहिलेसम्म पनि पहिलो चरणका योजना छनोट गरेका छैनन् । योजना छनोट प्रक्रिया सुरु नहुँदा सर्वसाधारण भने सामाजिक, भौतिक योजना सुनाउन नपाएको बताउँछन् ।

796
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

लमजुङमा निर्माण सुरु भएको करिब ८ वर्षपछि मोटरेबल पुल ढलान भएको छ । दुई वर्षमा सक्नुपर्ने पुल निर्माण सुरु भएको ७ वर्ष ८ महिनामा ढलान सुरु भएको हो ।

770
प्रकाश पाक्साँवा
सोमवार, पुष १६, २०७५

जिल्लाको पूर्वी क्षेत्रसँग जोडिने एकमात्र पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोरुङ्गा खोलामा अस्थायी पुल निर्माणकार्य सुरु भएको छ । ६ वटा स्थानीय तह रहेको जिल्लाको फेदाप र आठराई गाउँपालिका जोडने सडक खण्डअन्तर्गत खोरुङ्गा खोलामा पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणका लागि फेदाप गाउँपालिकाको सहयोगमा निर्माणकार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।

831
भीम गौतम
सोमवार, पुष १६, २०७५

नेपाल विद्युत् प्राधिकरणले अब सहायक कम्पनीमार्फत मात्रै जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको विद्युत् प्राधिकरणले कम्पनीमार्फत मात्र जलविद्युत्मा लगानी गर्न लागेको हो । प्राधिकरणका अनुसार पाँच वर्षभित्र २ खर्ब २९ अर्ब ५४ करोड लगानी गर्ने योजना छ ।

1062
दिलबहादुर केसी
सोमवार, पुष १६, २०७५

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–बाह्रविसे ४ सय केभी प्रसारण लाइनको ठेक्का तोडिएको छ । ठेक्का लिएको २ वर्ष बितिसक्दा पनि ठेकेदारले कामप्रति कुनै चासो नदेखाएपछि प्राधिकरणले ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरेको छ ।

985
कारोबार संवाददाता
सोमवार, पुष १६, २०७५

सरकारले रक्सोल–काठमाडौं रेलमार्गको रुट परिवर्तन गरेको छ भने ब्रोडगेज रेलमार्गको सट्टा स्ट्यान्डर्ड विद्युतीय रेलमार्ग बनाउने भएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हाल विकासको ‘मल्टीमोडेल’ आवश्यक रहेको तथा यसका लागि रक्सोल–काठमाडौं रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्ग जोड्न आवश्यक रहेको बताए । साथै, रेलमार्ग काठमाडौंको चोभारमा जोड्नेगरी अध्ययन भइरहेको पनि उनले बताए ।

1172
कारोबार संवाददाता
आइतवार, पुष १५, २०७५

बाँकेमा निर्माणाधीन हुलाकी सडकको मुआब्जाको विषयमा देखिएको वर्षौंदेखिको विवादमा सर्वपक्षीय सहमति भएको छ । नेपालगन्जदेखि कट्कुर्इंयासम्मको सो सडक राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियामा सडक नक्सांकन र मुआब्जा विवादका कारण निर्माणकार्य लामो समयदेखि अवरुद्ध भएको थियो ।

815
अनुपमा खनाल
आइतवार, पुष १५, २०७५

गोरखा–बारपाक सडक निर्माणमा ढिलाइ गर्ने नागार्जुन–त्रिशूली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । फरक फरक ठेकेदार कम्पनीमार्फत चार प्याकेजमा गोरखा–बारपाक सडक खण्डको काम थालेको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले पहिलो खण्डको जिम्मा लिएको नागार्जुन त्रिशूली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

916
दिलबहादुर केसी
आइतवार, पुष १५, २०७५

खाडीचौर–चरिकोट सडक फागुनदेखि कालोपत्रे हुने भएको छ । सडक विस्तार आयोजनाले बुधबार प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको कार्यकक्षमा आयोजना गरेको बैठकमा निर्माण व्यवसायीले फागुनदेखि कालोपत्रे सुरु गर्ने प्रतिबद्धता गरेका हुन् ।

1192
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ ।

819
रासस
शुक्रवार, पुष १३, २०७५

भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

657
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

रोकिएका सडकका योजना सुचारु कारोबार संवाददाता दोलखा, १२ पुस दोलखामा ३ महिनादेखि रोकिएका सडकको काम सुचारु हुने भएको छ । पुराना ठेक्का लागेका काम संघ र प्रदेश कुन सरकारले हेर्ने भन्ने अन्योलतापछि रोकिएका सडक योजनाका काम पुनः सुचारु हुन लागेको हो । यसअघि नियमित काम भइरहेका सडकसमेत सडक विभागकै परिपत्रका आधारमा रोकिएका थिए । सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले अब कुनै पनि काम नरोकिने जानकारी दिए । “विगतमा अन्योलताकै कारण काम रोकिएको थियो,” उनले भने, “अहिले प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले नै पत्र लेखेर प्रदेशका संरचना नबनेको अवस्थामा मिलेर काम गर्न आग्रह गरेकाले अब सडक डिभिजनमार्फतै ति काम हुन्छन् ।” जसले गरे पनि नेपाल सरकारकै बजेट खर्च गर्ने भएकाले यसमा विवादको कुनै औचित्य नहुने बताए । सडक विभागले परिपत्र गरी पुल र राजमार्ग मर्मतबाहेकका सबै काम रोक्न निर्देशन दिएको थियो । प्रदेश सरकारको प्राविधिक र कार्यालयका संरचना तयार नहुन्जेल संघीय सरकारकै कार्यालयले नै हेर्ने भएका छन् । काम गर्ने सिजनमा काम नहुँदा सडक विभागका इन्जिनियर कामविहीन भएका थिए । उता सरकारको पुँजीगत बजेटसमेत खर्च हुन सकेको थिएन । अब दोलखाको लामाबगर–चीन सडकसँगै, जिरी–ढिंगी, जिरी–खिम्ती, दोलखा–चरिकोट सडक विस्तार, चरिकोट–कालिञ्चोक, गुरुम्फी–मस्तिङलगायत एक दर्जन योजना अलपत्र परेका छन् । राजमार्ग र दुई देश जोड्ने सडक योजना संघीय मन्त्रालयअन्तर्गत राख्ने विगतमा सूचना आएको छ । यस्ता योजना दोलखा र सिन्धुपाल्चोकमा गरी ४० वटा योजना अलपत्र छन् । डिभिजन प्रमुख झाका अनुसार आफू आउने बित्तिकै विगतमा अलपत्र परेका दोलखा–चरिकोट कालोपत्रे र फिल्म सिटी जाने सडकको काम सुरु भएको छ । अन्य सडकको पनि सुचारु हुन्छ । कामका मूल्यांकन गरेर संघ वा प्रदेश जुनबाट भुक्तानी पाउनु पर्ने हो निर्माण व्यवसायीले पाउने उनले बताए । काम रोकिँदा निर्माण व्यवसायी दैनिकजसो कार्यालयमा गुनासो लिएर पुग्ने गरेका छन् । भुक्तानीको अन्योलताले दसैं अघिसम्म काम गरेका करोडौं रुपैयाँसमेत विभागबाट भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीको गुनासो छ ।

718
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

पूर्वीपहाडी जिल्ला भोजपुरले विकासको मुहार फेर्न थालेको छ । भोजपुरमा भएका सडक धमाधम कालोपत्रे हुन थालेपछि भोजपुरले विकासको मुहार फेर्न थालेको हो ।

1012