विप्लव काफ्ले
आइतवार, असार ८, २०७६

भरतपुर महानगरपालिकाले हरेक वडामा पठाउने बजेट बढाउने तयारी गरेको छ । प्रत्येक वडामा ५ लाख बढी पठाउँदैछ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले चालू वर्षको तुलनामा वडातहको बजेटको ‘सिलिङ’ बढाउने तयारी भएको बताइन् । “अब हरेक वडामा ५ लाख बढी बजेट विनियोजन हुन्छ,” उनले भने, “बढेको सिलिङकै आधारमा योजना मागेका छौं ।”

150
सागर परियार
आइतवार, असार ८, २०७६

जुम्लाको सिञ्जा गाउँपालिका–५ स्थित शनिगाउँ स्वास्थ्य चौकी र वडा कार्यालयमा खानेपानीको धारा निर्माण गर्न रकम खर्च भए पनि पानी नआएको गुनासो छ । बर्थिङ सेन्टरसमेत भएको शनिगाउँ स्वास्थ्य चौकीमा खानेपानीदेखि सरसफाइका लागि पानी आवश्यक भए पनि अभाव छ । खानेपानी निर्माण उपभोक्ता समितिले सबै रकम भुक्तानी लिएर पनि धारा निर्माण नगर्दा यस्तो समस्या भएको हो ।

248
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

कुनै बेला खानेपानीको जोहो गर्न घण्टौं बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका–३ चिसापानीका स्थानीयले अब भने मुक्ति पाएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर–घरमा धारा जडान भएपछि स्थानीयलाई खानेपानी सहज भएको छ ।

240
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

भौगोलिक कठिनाइका बाबजुत हिमाली जिल्ला मनाङमा तीन करोड रूपैयाँभन्दा बढीका खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी जिल्लाका विभिन्न क्षेत्रमा १२ वटा आयोजना निर्माणको अन्तिम चरणमा पुगेका हुन् ।

230
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

छायानाथ रारा नगरपालिकाको वडा नं. ८ स्थित झ्यारी गाउँका १ सय २८ घरलाई खानेपानी पुरयाउने लक्ष्यसहित खानेपानी आयोजना निर्माण गरिने भएको छ । एक घर एक धारा अवधारणाअनुसार झ्यारी गाउँका बासिन्दालाई लक्षित गरी निर्माण गर्न लागिएको आयोजनाको शिलान्यास गरिएको छ ।

209
भीम गौतम
आइतवार, असार ८, २०७६

नेपालमा उत्पादन हुने बिजुली बेच्नका लागि सरकारी र निजी क्षेत्रले भारत र बंगलादेश पुगेर पहल अघि बढाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको नेतृत्वमा बंगलादेश पुगेको टोलीले नेपाल र बंगलादेशबीच तथा विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड गठन गरेका निजी प्रवद्र्धकहरूले भारत पुगेर विद्युत् व्यापारका लागि पहल गरेका हुन् ।

260
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

जुम्लाको सिञ्जा गाउँपालिका–५ स्थित शनिगाउँ स्वास्थ्य चौकी र वडा कार्यालयमा खानेपानीको धारा निर्माण गर्न रकम खर्च भए पनि पानी नआएको गुनासो छ ।

231
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

कुनै बेला खानेपानीको जोहो गर्न घण्टौं बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका–३ चिसापानीका स्थानीयले अब भने मुक्ति पाएका छन् ।

199
विप्लव काफ्ले
शुक्रवार, असार ६, २०७६

इच्छाकामना गाउँपालिकाले आगामी वर्षका योजना छनोट कार्य तीव्र बनाएको छ । टोल, वडाभेला गरेर योजना संकलन गर्ने काम भइरहेका छन् ।

190
प्रकाश लम्साल
शुक्रवार, असार ६, २०७६

पथलैया—वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन वीरगन्ज पथलैया ६ लेनको व्यापारिक सडक मार्गमा १० वटा आकासे पुल निर्माण गरिने भएको छ । ट्राफिक प्रहरी, सरोकारवाला, जनप्रतिनिधि र उद्योगीले सर्वसाधारण यात्रुको सुरक्षालाई ध्यानमा राख्न माग गरेपछि आयोजनाले आकासे पुल निर्माणमा चासो देखाएको हो ।

249
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

गत सोमबार परेको भीषण वर्षाका कारण संखुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा ठूलो क्षति भएको छ । सदरमुकाम खाँदबारीबाट करिव ६० किलोमिटर टाढा पर्ने मकालु गाउँपालिकामा ठाउँठाउँमा पहिरो खस्दा दर्जनौंको संख्यामा जंगली जनावर, पशु चौपाया, अन्नबालीमा क्षति पुगेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिइन् ।

150
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुचारु हुने भएको छ । केही महिनादेखि ठप्प रहेको आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य सुरु गरेको हो ।

162
घनश्याम पौडेल
शुक्रवार, असार ६, २०७६

अर्घाखाँचीको सितगंगा नगरपालिकामा चुरे संरक्षण अभियान सुरु भएको छ । रिचार्ज पोखरी निर्माण गरी नगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको सहयोगमा चुरे संरक्षण अभियान सुरु गरिएको हो ।

118
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

दुई वर्ष अगाडि पहिरोबाट विस्थापित परिवारका लागि घर बन्ने भएको छ । पहिरो गए यता भत्किएको घर र पालमा आधा–आधा समय बिताइरहेका पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ का पहिरो पीडितले नयाँ घर पाउने भएका छन ।

107
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

वन विज्ञहरूले वन क्षेत्रभित्र खेती गर्ने सरकारी योजना उचित नभएको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि गरेको छलफलमा वन विज्ञहरूले वन क्षेत्रभित्र खेती गर्न उपयुक्त नहुने बताएका हुन् ।

121